सिमकोट । देशै स्वास्थ्य संकटमा परेका बेला दुर्ग हिाली जिल्ला हुम्लाको डाँडाफया स्वास्थ्य चौकीका इन्चार्जलगायतका स्वास्थ्यकर्मी चैत महिनाको अग्रीम हाजिरी गरेर लामो समय स्वास्थ्य चौकी बाहिर गएको पत्ता लागेको छ ।
सरकारले स्वास्थ्यकर्मीलाई स्वास्थ्य संस्था नछोड्न पटक पटक निर्देशन दिएपनि ऊ स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीले अटेर गरेर बाहिर बसेपछि लामो समयदेखि सिमकोट गाउँपालिका–७ को डाँडाफया स्वास्थ्य चौकी स्वास्थ्यकर्मी बिहिन बनेको हो । स्वास्थ्य चौकीमा भएको हाजिरमा स्वास्थ्य चौकी इन्चार्ज सहित सात जना स्वास्थ्यर्मीको दरबन्दी भएपनि अहिले करामा रहेकी एक जना अनमी बाहेक अन्य कुनै स्वास्थ्यकर्मी नभएको स्थानीय मन्दिर सिंहले जानकारी दिए। उनका अनुसार गाउँमा फैलिएको रूघाखोकी र ज्वरो आउने समस्या बढ्दै गएपछि देशैभर कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको डरले गाउँका सबै स्वास्थ्य चौकीमा गएपछि यस्तो पत्ता लागेको हो । ‘गाउँमा बिरामीको संख्या बढ्न थाल्यो तर स्वास्थ्य चौकीमा गए औषधी छैन भन्दै सबै रित्तो हात फर्केपछि हामीले जम्मा भएर स्वास्थ्य चौकीमा गएका हौं ।’ नेपालबोटसँग सिंहले भने, ‘स्वास्थ्य चौकीमा भएकी करारमा कार्यरत अनमी संगिता रोकायालाई स्वास्च्य चौकीका कागजात मागेर हेर्दा स्वास्थ्य चौकीका इन्चार्ज शुरविर शाहीललागयतका स्वास्थ्यकर्मीले चैत अन्तिमसम्मको हाजिर गरेर बाहिर गएको पाइयो ।’
सरकारले चीनबाट फैलिएको नोवेल कोरोना भाईरस (कोडिभ–१९) को संक्रमण नेपालमा देखिएपछि स्वास्थ्यकर्मीहरूलाई स्वास्थ्य संस्था नछोड्न निर्देशन दिएका बेला हुम्लाको डाँडाफयामा त्यसको ठिक उल्टो भएको छ । अहिले डाँडाफया स्वास्थ्यचौकीमा औषधिको नाममा एउटा सिटामोल र एक जना करारमा खटिएका अनी मात्रै रहेका छन् । अन्य सरकारी स्वास्थ्यकर्मी स्वास्थ्य संस्था छोडेर निजी काममा व्यस्त देखिएको स्थानीय सिंहले जानकारी दिए ।
डाँडाफया स्वास्थ्यचौकीमा २ जना अहेब, एक जना स्वास्थ्यचौकी इन्चार्ज (एचए), तीन जना अनमी, एक जना कार्यालय सहयोगी गरेर सात जनाको दरबन्दी रहेपनि अहिले करारमा रहेका १ जना अनमी भरमा स्वास्थ्यचौकी चलेको छ ।
चैत ८ गते देखि स्वास्थ्यचौकी संयोजकसहित अन्य स्वास्थ्यकर्मी बिहिन बनेको स्थानीय टसि विकले बताए । आफू रूघाखाकी लागेर गाँमै भएको स्वास्थ्यचौकी पुगेपनि औषधि र कर्मचारी नहुँदा रित्तो हात घर फर्किनु परेको स्थानीय बाँचु शाहीले गुनासो गरिन ।
‘स्वास्थ्य चौकीमा एक जना अनमी संगिता रोकाया सिस्टरले मात्रै हुनुहुन्छ,’ उनले भनिन्, ‘औषधी पनि नभएपछि स्वास्थ्य चौकीमा आउने बिरामी रित्तो हात फर्किनु परेको छ ।’ डाडाफया स्वास्थ्यचौकीमा सिटामोल बाहेक अन्य औषधि नभएको स्थानीयले गुनासो गर्ने गरेका छन् । डाँडाफया स्वास्थ्य चौकीमा केही मात्रामा औषधि भएपनि बालबालिकाका लागी प्रयोग गरिने औषधी केही पनि नभएको अनमी संगिता रोकायाले बताइन् । उनका अनुसार स्वास्थ्य चौकीका कार्यालय सहयोगीलाई औषधी लिनका लागी सदरमुकाम सिमकोट पठाएको भएपनि अहिलेसम्म औषधी लिएर आईनपुगेका छैनन् ।
यसका बारेमा डाँडाफया स्वास्थ्यचौकीका संयोजकलाई फोन गर्दा उनले फोन उठाएन । यस्तै गाउँपालिका संयोजक दानबहादुर बोहरा आफूले पनि यो विषयमा सोध्न खोज्दा फोन नउठाएको बताए । कुनैपनि स्वास्थ्यकर्मीले विदामा नबस्न सरकारले ह्विप जारी गरेका बेला डाँडाफयाका स्वास्थ्यकर्मीलाई सोधेर आवश्यक स्टेप चाल्ने जानकारी दिए । ‘स्वास्थ्य चौकीमा औषधी नभएकौ खबर आएपछि हामीले जिल्लाबाट आइतबार नै औषधी पठाएका छौं ।’ उनले भने, ‘एक घण्टाको पैदन दुरीको उक्त स्वास्थ्य चौकीमा अँझै औषधी पुगेन भन्नु थप समस्इा भर्एको बताए ।’