सुर्खेत । कर्णाली प्रदेश सभा प्रमुख प्रतिपक्ष दलका नेता जीवनबहादुर शाहीले कोभिड–१९ को संक्रमणको डरले सरकारले गरेको ‘कडाउन’ मा हुलबाँधेर मान्छे नपठाउन आग्रह गरेका छन् ।
भारत र नेपालका विभिन्न जिल्लाबाट आएर नेपालञ्ज सुर्खेतमा अलपत्र परेका नागरिकको उद्धारका नाममा ‘लकडाउन’का समयमा आधादर्जन बढी गाडीमा सयौ यात्रु पठाएको प्रति इंगित गर्दै नेता शाहीले विकसित देशसमेत कोभिड–१९ को महामारीबाट आक्रान्त बनेको बेला कर्णाली प्रदेश सरकारले हल्का रूपमा बुझन नहुने उल्लेख गरेका छन् ।
आज एक विज्ञेप्ती जारी गर्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य समेत रहेका नेता शाहीले क्वारेन्टाइनमा राख्नु भन्दा बिना तयारी सहरबाट हुलकाहुल नागरिकहरूलाई गाँउ पठाउन लागि पर्नुले प्रदेशवासीमा निराशा छाएको बताएका छन् । सडकमा अहोरात्र खटिएका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको मनोबल गिरेको दावी गर्दै शाहीले प्रदेश सरकारले यस्ता तथ्यमा नजरअन्दाज नगरि लकडाउन नीतिलाई कडाईका साथ लागू गर्दै जो जहाँ छन वा साबिकको स्थानमा खाद्य, स्वास्थ्य सुरक्षा लगाएतका आधारभूत वस्तुको प्रबन्ध मिलाइ गाउ गँउमा प्रयाप्त स्वास्थ्य सामाग्री तथा उपकरणको ब्यवस्थामा ध्यान केन्द्रित गर्न उनले माग गरेका छन् ।
शताब्दीकै ठूलो चुनौतीका रूपमा देखा परेको कोरोना महामारीको नियन्त्रणका लागि प्रदेश सरकारले चालेका सकरात्मक कदमको स्वागत गरेका नेता शाहीले प्रदेश सरकारवाट हुदै आएका गतिविधीहरू प्रति आम नागरिकहरूमा वास्तविक सन्तुष्टिको अनुभूति मिल्न नसकेको प्रतिक्रिया दिएका छन् । पूर्वमन्त्री समेत रहेका शाहीले भनेका छन्, ‘कोरोनाको नियन्त्रणका लागि सरकारी प्रयासहरू सम्पुर्ण नागरिकहरूको रक्षार्थ केन्द्रित हुनु पर्नेमा हिजो आजका केही विभेदकारी गतिविधीहरूले सरकार भएको भान आम नागरिकमा महशुस हुन सकिरहेको मात्र छैन, उक्त कार्यले जनताहरूको पीडालाई थप बल्झाउने काम भएकोछ ।’
सरकार सिंगो संस्था हो, सदस्य पात्र हुन । संस्था टिम वर्कवाट चल्ने हो । तर, यस्तो मानवीय संकटको अवस्थामा सरकारी कोषलाई दुरूपयोग गरी ब्यक्ति प्रधान बन्ने आन्तरिक प्रतिष्प्रर्धामा प्रदेश सरकारका उच्च पदस्थ ब्यक्तिहरूको गतिशीलतामा तिब्रता बढ्नु भनेको बिडम्बना भएको कांग्रैस संसदीय दलका नेता जीवनबहादुर शाहीले दावी गरेका छन् ।
सरकारबाट हुने गलत हर्कतले कोभिड–१९ जस्तो महामारी नियन्त्रण कार्यका लागि प्रभावकारी औजार हुन नसक्ने दावी गर्दै शाहीले यस किसिमका मनोगत प्रचार प्रसारलाई समयमै नियन्त्रण गन कर्णाली प्रदेश सरकारलाई आग्रह गरेका छन् ।
कोरोना भाइरसको हालसम्म औषधी पत्ता नलागी सकेको अवस्थामा यस विरूद्ध लड्ने एक मात्र अचुक अश्त्रसामाजिक दुरीलाई घटाउने, लकडाउनको नीतिलाई कार्यान्वयन गर्ने र सबैमा उच्च मनोबल बढाउने नै हो ।’ विज्ञप्तीमा उनले भनेका छन्, ‘अति विकसित देशहरूले समेत सामाजिक दुरी काययमा हेलचक्र्याइ गरेकै कारण यस्तो भयावह स्थितिको सामाना भोग्नु परि रहेको छ । यहि वास्तविक यर्थाततालाइ हृदयगम गरि स्वास्थ सेवा पहँुच अभाव, भौगोलिक विकटताको मारमा रहेको हाम्रो प्रदेशमा महामारी रोकथाम गर्ने उचित विकल्प यो भन्दा अरू हुन सक्दैन ।’
कर्णाली प्रदेश सरकारका सुस्त गतिविधीले क्वारान्टाइन निर्माण, अस्पताल आदिमा रकम निकाशा गर्ने प्रक्रियामा मात्र व्यस्त भएको आरोप लगाउँदै शाहीले भारत लगाएतका देशहरूवाट आएका नागरिकका कारण गाँउगाँउमा त्रास फैलिएको भन्दै प्रदेशका सबै गाउँहरूमा तयार भएका क्वारेइन्टिनमा राख्ने न्युनतम कार्यहरूको व्यवस्था गर्न माग गरेका छन् ।
आवश्यक पि.पि.ई लगाएत चिकित्सा र स्वास्थ्य उपकरण,परिक्षण किट, गुण स्तरीय मास्क, सुरक्षा उपकरण उपलब्ध गराउन नसकेको प्रति असन्तुष्ट व्यm गरेका शाहीले सरकारलाई कोरना नियन्त्रणका लागि श्रोतको अभाव नभएर ब्यवस्थापनको मात्र अभाव भएको दावी गरेका छन् ।
कोरोना भाइरस नियन्त्रण कार्यमा सरकारलाइ नेपाली कांग्रेसवाट सधै सहयोग र साथ रहेनेछ भन्दै विभिन्न ११ वटा सुझाव दिएका छन् ।
यि हुनु कोभिड–१९ नियन्त्रणका सन्दर्भमा प्रदेश सरकारले कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले दिएका सुवmभा जस्ताका तस्तै ः
१. नेपाल सरकारले लिएको लकडाउन नीतिलाइ कडाइका साथ पालना गर्न, गराउन र यस अवधीमा अत्यावश्यक दैनिक उपभोग्य वस्तु एवं सेवाको सहज आपूर्ति एवं व्यवस्था गर्न ।
२. क्वाराइन्टाइन बनाएर मात्र कोरोना नियन्त्रण नहुने हुदा विदेशवाट आएका नागरिकहरूको लगत संकलन गरि पहुँचका आधारमा सुर्खेत स्थित निर्माण भएका क्वाराइन्टाइन र स्थानीय स्तरमा निर्माण भएका क्वाराइन्टाइनमा कडाइका साथ राख्न ।
३. प्रदेशभरीका स्थानीय स्वास्थ्य केन्द्र, संस्थाहरूमा प्रयाप्त आवश्यक औषधी, उपचार सामाग्री, आइशोलेसन बेड, भेन्टिलेटर लगाएतका उपकरणको तत्कालै व्यवस्था गर्न ।
४. कोरोना महामारी नियन्त्रणमा रातादिन खट्नु भएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीको उच्च मनोबल बढाउन, उनीहरूको जीवन रक्षा र स्वास्थ्य सेवाका लागि आवश्यक पि.पि.ई लगाएत चिकित्सा र स्वास्थ्य उपकरण, परिक्षण किट तथा सुरक्षाकर्मीहरूलाई गुण स्तरीय मास्क, सुरक्षा उपकरणको अबिलम्ब व्यवस्थ गर्न ।
५. कोरोनालाई सामुहिक प्रयासले मात्र प्ररास्त गर्न सक्ने भएकाले आवश्यक संयन्त्र निर्माण गरी पिडितहरूको राहत, उद्यार एवम् प्रकोप रोकथामका कार्यमा स्थानीय तह, नीजि क्षेत्र, संघ संस्थाहरूलाई परिचालन गर्न ।
६. सुकुम्बासी, डेरावाल, बाढीपिडीत, विद्यार्थी, दैनिक ज्यालामजदुरी गरि जिविकोपार्जन गर्ने र प्रकोपावाट उच्च जोखिममा परेका समुदायलाई तत्कालै राहत हुने कार्यक्रमको घोषणा गर्न ।
७. प्रदेश भित्र कोरोना परिक्षण प्रयोगशाला तत्काल निर्माण गर्न ।
८. कोरोना नियन्त्रणका लागि विश्व स्वास्थ्य संगठन र नेपाल सरकारको नीति, निर्देशनहरूको पूर्णपालना गर्न ।
९. कर्णाली प्रदेशका अधिकांश जिल्लाहरू अति विकट भएका हुनाले त्यहाँ विपत व्यवस्थापनलाई नगद नपठाई सामाग्रिको व्यवस्थापन गर्न ।
१०. यतिखेर कसैलाई भिख माग्न तिर आफ्नो समय खेर नफाली आफूसँग भएको यथेष्ठ स्रोत र साधनको बुद्धिमता ढंगबाट परिचालन गर्न ।
११. यस्तो आपतको घडिमा राजनीतिक आश्वासनको भाषा नबोली, बचन दिएका वाचाहरूलाई यथासिघ्र पुरा गर्न ।