हुम्ला । कोभिड–१९ को महामारीबाट बच्ने स्वास्थ्य सामाग्री लिएर कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सामाजिक विकास मन्त्री दल रावल हुम्ला पुगेका छन् । नेपाल सरकार र प्रदेश सरकारबाट प्रदान गरिने स्वास्थ्य सामाग्री लिएर हेलिकोप्टरमार्फत मूख्यमन्त्री शाही मंगलबार
बिश्वभरि महामारीका रुपमा फैलीएको कोरोना कोभिट –१९को संक्रमणलाई मध्यनजर गर्दै चीनसरकारबाट खरिद गरेको स्वास्थ्य सामाग्री लिएर उक्त सामाग्री हुम्ला पु¥याइएका हुन् । प्रदेश सरकारलाई प्राप्त भएको चौबीस घण्टा नबित्दै सुर्खेतमा पुगे लगत्तै प्रदेश सरकारले पहिलो लडमा कर्णाली प्रदेशका हिमाली जिल्लामा पुर्याएको मुख्यमन्त्री शाहीले जानकारी दिए ।
आज ढुवानी गरेका स्वास्थ्य सामाग्री मध्ये थर्मोगन, पिपिइ, सर्जिकल मास्क, ग्लोब, पिपिई चस्मा, एन नाइन्टिन मास्क, स्प्रिट लगाएत १८ किसिमका उपकरण, औषधी र फारमहरु रहेको कर्णाली प्रदेशका सामाजिक बिकास मन्त्री दलरावलले जानकारी दिए । सिमकोट पुगेपछि संक्षिप्त कुराकानी गर्दै मन्त्री रावलले कोरोना भाईसरको संक्रमणसंग जुध्न खटिएका स्वास्थ्यकर्मीलाई अहिले खाईपाई आएको तलबको एक सय प्रतिसत र सुरक्षाकर्मीलाई पचास प्रतिसत भत्ता दिने प्रदेश सरकारले निर्णय गरेको बताए ।
संक्रमणका बेला चिकित्सकहरुका लागि अति आवश्यक पर्ने पीपीइ, सर्जिकल मास्क र थर्मोगन जिल्लामा अभाब भएको बेला उपलब्ध भएपछि स्वास्थ्यकर्मीहरुले राहत महशुस गरेका छन् । अहिले सबै ठाउमा त्रासी फैलिएका बेला यी उपकरण नहुदा जिल्लामा स्वासथ्यकर्मी र चिकीत्सकहरुले यदि कोरोना संक्रमीत आएमा कसरी उपचार गर्ने भन्ने चिन्तामा थिए । उपकरण जिल्ल पुगेपछि केही हदसम्म आफ्नो मनोबल बढेको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिहले बताए । प्रदेश सरकारले ढुवानी गरेर ल्याएका स्वास्थ्य उपकरणहरु स्वास्थ्य सेवा कार्यालयमा प्रयोग हुने भएकाले जिल्लाका ७ वटै गाउँपालिकाकामा यी उपकरण नभएको अबस्थामा प्रदेश सरकारले तत्काल केहि दिनमै उपकरण ब्यबस्था गरेर पठाउने मुख्यमन्त्री शाहीले बताए ।
अहिलेको अबस्थामा प्रत्येक नागरिकहरुले जमघट, हो(हल्ला र भिडभाडमा नगई आफु सचेत हुने एउटै घरमा पनि परिवारका सदस्यहरु संगै बस्न कठिन हुने बेला बिशेष गरि भारतबाट आएर गाउँ गाउँमा बसेकाहरुसंग सबै सतर्क रहने कोरोना भाइरसको हालसम्म औषधी पत्ता नलागी सकेको अवस्थामा यस विरूद्ध लड्ने एक मात्र अचुक अश्त्र सामाजिक दुरीलाई घटाउने, लकडाउनको नीतिलाई कार्यान्वयन गर्ने र सबैमा उच्च मनोबल बढाउने नै हो जो जता छौ उतै एकान्त बासमा बस्न समेत मुख्यमन्त्री शाहीले आग्रह गरेका छन ।
जिल्लाका बिभिन्न गाउँमा उपकरण बिना नै स्थापना गरिएका हेल्थ डेस्कहरुमा ज्वोरो नाप्ने थर्ममिटर बाहेक कुनै उपकरण छैन । बिश्वभरि फैलीएको कोरोना कोभिट –१९संग जुद्धन जिल्लाका ७ वटै स्थानिय तहका लागि पनि तत्काल उपकरणहरुको ब्यबस्था गर्न खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर रावलले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसंग माग गरेका छन ।
मुख्यमन्त्री शाही समक्ष प्रमुख जिल्ला अधिकराी बिनीता भट्टराईले समग्र जिल्लाको परिस्थिती र कोरोनाको संक्रमणबाट बच्च गरेको तयारी अबस्थाका बारेमा जानकारी गराएकी छन् ।