एजेन्सी । कोरोना संक्रमित विरामीहरुको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुमा संक्रमणको खतरा धेरै छ । आवश्यक सुरक्षा सामाग्री अभाव या प्रयोग दुवै अवस्थामा थुप्रै डाक्टर र नर्सहरुको कोरोनाकै कारण मृत्यु भएका थुप्रै खबरहरु पनि हामीले सुन्न पाएका छौं ।
त्यसैले कोरोना संक्रमणको खतारा बिरामी पछि स्वास्थ्यकर्मीहरुलाई बढी हुने गरेको देखिएको छ । यही जटिल अवस्थालाई ध्यानमा राख्दै विश्वका कतिपय अस्पतालहरुमा रोबोटको प्रयोग सुरु भएको छ । उपचाररत विरामीलाई ठिक समयमा औषधी दिनु पर्छ । यसका लागि चिकित्सकहरु आफै जाँदा हुने खतरालाई कम गर्न रोबोटलाई प्रयोग गरिएको छ ।
यसलाई डेलिभरी रोबोर्ट भनिन्छ । यसले डाक्टरले निर्धारित गरेको समयमा बिरामीसम्म औषधी पुर्याउँछ र औषधी खान प्रेरित पनि गर्छ । अत्याधुनिक प्रविधिबाट निर्मित यो रोबोटले आईसोलेसन वार्डमा उपचार गराईरहेका कोरोना संक्रमित विरामीहरुसम्म औषधीका अलावा खाना, पानी लगायतका अत्यावश्यक बस्तुहरु पनि पुर्याउँछ ।
यो रोबोटले एकसाथ तीनजनाको काम गर्न सक्छ । त्यसैगरि डाक्टर र नर्सलाई सघाउनका लागि पनि रोबोटको निर्माण गरिएको छ । यसलाई कोरोना रोबोट नाम दिईएको छ । यो रोबोटले विरामीको चेकजाँचमा चिकित्सकलाई सघाउँछ । यसले अल्ट्रासाउण्ड, सलाईभा परीक्षण, तापक्रम नाप्ने, विरामीको शरिरका विभिन्न अंगहरुबाट आउने आवाज सुन्ने काम गर्छ ।
यो रोबोटले विरामीको परीक्षण गरेपश्चात आफु स्वयंलाई सेनिटाइज पनि गर्छ । त्यसैगरि अर्को रोबोट हो, युवीडी रोबोट । यसले युभी लाईट अर्थात अल्ट्राभायोलेट लाईटको माध्यमबाट अस्पतालका वार्डहरुलाई सेनिटाईज गर्छ । यसमा प्रयुक्त अल्ट्राभायोलेट लाईटले कोरोना भाईरसलगायत सबैखाले भाईरस र ब्याक्टेरियाहरुलाई नष्ट गर्न सक्छ ।
यो रोबोटलाई एकपटक चार्ज गरेपछि आठ घण्टासम्म काम गर्न सक्छ । त्यसैगरि अर्को रोबोटको नाम हो कीनोन रोबोट । यसले भुँई पुछ्नेदेखि लिएर खाना, औषधी र कागजातहरु ओसारपसार गर्ने काम गर्छ । यसमा स्प्रे नोजल पनि जडान गरिएको छ ।
यसबाट आवश्यक स्थानमा औषधी छरेर भाईरस र ब्याटेरियाहरु मार्ने काम पनि गर्छ । यो सामाग्री ईन्स्टीच्युट अफ ईलेक्ट्रीकल एण्ड ईलेक्ट्रोनिक्स ईन्जीयर्स नामक अमेरिकी संस्थाद्वारा प्रकाशित ई म्यागजीन स्पेक्ट्रमबाट साभार गरिएको हो ।