सागर परियार
जुम्लामा भारत तथा तेस्रो मुलुकबाट भित्रिएका ३ सय २४जनाको कोरोना परीक्षणका लागि (स्वाब) संकलन गरी हेलिकप्टरमा काठमान्डौ पठाइएको । चैत ११ गतेयता भारत तथा तेस्रो मुलुकबाट जुम्ला भित्रिएका ३ सय २४ जनाको गुम्ती शिविर मार्फत ‘स्वाब’ संकलन गरी कोरोना परिक्षणका लागि पठाइएको हो ।
मंगलबार जुम्ला विमानस्थल, सिंजा कनकासुन्दरीको लासीपाटन र हिमा गाउँपालिकाको देवारगाउँमा घुम्तीविशिर मार्फत ‘स्वाब’ संकलन गरी पठाइएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाजेडेले बताईन् । उनका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर र काठमान्डौदेखि आएका हेलि मार्फत डाक्टरले तीनै ठाउँमा पुगी ‘स्वाब’ संकलन गरेको हुुन् । २ सय ५३ जनाको स्वाब संकलन गर्ने भनिएपनि पछि गरी एक सय जना बढीको पनि संकलन गरी पठाइएको छ ।
चन्दननाथ नगरपालिका, तिला तातोपानी, पातारासी र गुठिचौर गाउँपालिकाको गरी जुम्ला विमानस्थलबाट १ सय ५० जना हिमाबाट देवागाउँ बाट १ सय २४ कनकासुन्दरीबाट ५० जनाको गरी ३ सय २४ जनाका. स्वाब संकलन गरी नेपाली सेनाको स्काईटर ०६३ जहाजबाट परिक्षणका लागि काठ्मान्डौ पठाइएको प्रतिष्ठानका अस्पताल निर्देशक डाक्टर मंगल रावलले बताए ।
भारतबाट आउनेहरुबाटै कर्णाली कोरोना संक्रमणकोे जोखिममा छ । डाक्टर रावलले भने, सरकार संग समन्वय गरी जुम्ला भित्रिएका ३ सय २४ जनाकै ‘स्वाब’ संकलन गर्ने व्यवस्था गरेका हौ । संघीय सरकारअन्तर्गतको कोरोना भाइरस (कोभिड–१९) संकट व्यवस्थापन अप्रेसनको हेलिकोप्टरमा घुम्ती मेडिकल टोली आएर ‘स्वाब’ संकलन गरी लिएको हो ।
भारत आउनेहरुबाट कर्णाली जोखिम भएकाले संघिय सरकारले चासो देखाएर सबैको कोरोना परिक्षणका लागि केन्द्रबाटै हेलिकोप्टरमा घुम्ती मेडिकल टोली पठाएको हो । भारत तथा तेस्रो मुलुकबाट भित्रिनेको संख्या धेरै भएकै कारण जुम्लालाई कोरोना भाइरस संक्रमणको रिक्स जोनमा राखिएको समेत डिएसपी लाल बहादुर बताए । कोरोना परिक्षणका लागि ‘स्वाब’ पठाइएको साढे दुईजनाकै रिर्पोटमा एक हप्ताभित्र आउने छ । नजिता अनुसार जिल्लामा कोरोना रोकथाम तथा नियन्त्रणको तयारीलाई अघि बढाईने भएको छ ।