हस्त बुढा
जुम्ला । जुम्लाको हिमा गाउँपालिकाले प्रत्येक घरधुरीलाई ३० केजी चामल र २५ केजी नुन वितरण गर्दै आएको छ । गाउँपालिकाको निर्णय अनुसार पहिलो चरणमा चामल र नुन वितरण गर्दै आएको गाउँपालिका अध्यक्ष राजबहादुर शाहीले बताए ।
गाउँपालिका – १, २, ३ र ५ नम्बर वडाका एक हजार ५ सय ६७ घरधुरीलाई बुधबार देखि घरदैलोमै पुगेर राहत ३० केजी चामल वितरण गरिएको छ । गाउँपालिका भरी २ हजार ३ सय ३५ घरधुरी मध्ये यहाँका एक सय ५० घरधुरी अतिविपन्न छन् उनीहरुको लागि थप राहतको पनि व्यवस्थापन गरेको अध्यक्ष शाहीले बताए ।
खाद्य संस्थानकै चालम
कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रणका लागि जारी लकडाउनका समयमा हुन सक्ने खाद्य संकटको पूर्वानुमान गर्दै सिंजाको हिमा गाउँपालिकाले खाद्य बैंक स्थापना गरेको छ । गाउँपालिकाले नेपाल खाद्य संस्थान सुर्खेतबाट चामल खरिद गरी खाद्य बैंक बुधबार साँझदेखि संचालनमा आएको छ ।
गाउँपालिका अध्यक्ष शाहीका अनुसार चामल, दाल, नुन, तेल सवै एकै ठाउमा जम्मा गरी खाद्य संकटको समयमा वितरण गरिने छ । अतिविपन्नलाई पहिलो प्रथामिकता राख्दै आवश्यक भएका स्थानीय व्यक्तिहरुलाई फुट बैकबाट खाद्यन्न उपलव्ध गराउने तयारी गरिएको हिमा गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका भरीका २३ बढी घरधुरीलाई ४७ लाख रुपैया बराबरको खाद्यन्न९चामल० खरिद गरेको प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर बुढाले बताए ।
सुर्खेत खाद्य संस्थानबाट ७ हजार क्वीईन्ट बढी चालम आयात गरेका छौँ । पालिकाभरीका २ हजार ३ सय ३५ घरधुरीलाई ३० केजी चामल, ५ प्याकेट नुन, दाललगायतका खाद्यन्न उपलब्ध गराउनका लागि खाद्य बैकमा जम्मा गरेकाको बुढाले बताए ।