सिमकोट । उच्च हिमाली जिल्ला हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा खाद्य संकट भएको छ । चीनसँग सिमा जोडिएको नाम्खा गाउँपालिकाका अधिकांस वडाका गाउँहरुमा चामल, नुन, तेल लगायतका खाद्य वस्तुको अभाव भएको हो ।
चीनको हुवानबाट सुरुभएको कोरोना भाइरस (कोभिड १९)को महामारीले गर्दा सिमानाका बन्द भएपछि खाद्य संकट चुलिएको हो ।
सोही पालिका वडा ४ चाला गाउँका स्थानीय दोर्जे लामाका अनुसार नागरीकता मात्रै नेपालको भएपनि अन्य रहन सहन र खाद्य वस्तु चीनबाट आयात हुनेभएपनि अहिले हिल्सा नाका बन्द हुँदा खाद्य संकट भएको बताए । नाम्खा गाउँपालिकाका तिल, जाङ्ग, चाला, यारी लगायतका गाउँका नागरीकले चीनबाट कमाई गरी ल्याएको खाद्यन्नबाट दैनिकी चलाउनुपर्ने बाध्यता भएपनि अहिले त्यसो नभएको लामाले जानकारी दिए ।
चैतको अन्तिम देखि वषौ देखि चाला गाउँका स्थानीयले चीनको ताक्लाकोटमा गएर खाद्य वस्तु निर्यात गर्ने भएपनि यो वर्ष सिमानाका बन्द हुँदा संकट भएको अर्का स्थानीय टसि लामाले बताए । उनले भने भोट माग्न मात्रै आउछन् हामीहरुलाई भोकै छ कि खाएको छ भनि कसैले वास्ता नगरेको पनि उल्लेख गरे । भौलिक विकटाताले गर्दा सदरमुकाम सिमकोट खाद्य वस्त लिन आउँदा पनि बाटो सहज नभएको उनले जानकारी दिए । करिब ३० देखि ३५ घरधुरी रहेको चाला गाउँमा उत्पादित हुने बाली आलु, फापर बाली उत्पादन हुने भएकाले पनि खानपिनमा समस्या बनाएको स्थानीले गुनासो गरेका छन् ।
उत्तरी नाम्खा गाउँपालिका मध्ये चाला गाउँ निकै भौगोलिक विकटता भएको गाउँ भएकाले पनि खाद्यन्न संकट भएको छ । अहिले चाला गाउँमा बाहिरबाट गएका स्वास्थ्यकर्मी लगायत अन्य कर्मचारीलाई खाना खाने खाद्य वस्तको चरम संकट भएको चाला स्वास्थ्य संस्था इन्चार्ज गणेश रोकायाले जानकारी दिए । स्वास्थ्यकर्मी रोकायाका अनुसार चाला गाउँ निकै विकट गाउँ र सबै उठबस चीनबाटै हुनेभएकाले अहिले खाद्य संकट रहेको छ ।
चाला उत्पाद हुने फापरको खाना विहान बेलुका र नास्ता त्यहि खादा स्वास्थ्यमा समस्या देखिने चिन्ता रहेको स्थानीयले गुनासो गर्नका थालेका छन् । उता गाउँपालिकाले यस विषयमा कुनै चासो नदिएको उनिहरुको बताएका छन् । सोही गाउँमा फोन गर्नको लागी नेटर्वक पनि नभएको फोन गर्नको लागी एक घण्टाको पैदल हिडेर सञ्चारमा जोडिनु पर्ने बाध्यता रहेको स्वास्थ्यकर्मी रोकायाले बताए ।