‘थ्रोड स्वाब’ परीक्षण गरिएका सबैको रिर्पोट नेगेटिभ आएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
कर्णाली प्रदेश सरकारका अनुसार कर्णालीका सबै जिल्लामा २ सय ९२ क्वारेन्टाइन रहेको ती क्वारेन्टाइनमा ४ सय ८३ जना बसिरहेको छन् ।
कर्णाली प्रदेशका बिभिन्न जिल्लामा क्वारेन्टाइनमा बसेर ८ सय ४५ जना घरमा नै फिर्ता भएको सामाजिक विकास मन्त्रालयका का.मु. सचिव धर्मजित शाहीले बताए । ‘कर्णाली प्रदेशका सबै जिल्लामा ४ सय ६६ वटा आइसोलेसन बेडको व्यवस्था गरिएको छ ।’ उनले भने,‘अहिले तीन जनालाई आइसोलेसन बेडमा भर्ना गरिएको छ ।’
सामाजिक विकास मन्त्रालयका अनुसार कर्णालीमा आइसियु वेड १७ वटा र ११ भेन्टिलेटर रहेको जनाएको छ ।
सामाजिक विकास मन्त्रालयले कर्णाली प्रदेश अस्पताल सुर्खेतलाई २ करोड, जिल्ला अस्पताल कालिकोटलाई १ करोड र रुकुमको चौरजहारी अस्पताललाई १ करोड रुपैयाँ क्षमता अभिबृद्धिका लागि रकम बिनियोजन गरिएको जनाएको छ ।
अलपत्र परेका उद्दार गरेर क्वारेन्टाइनमा
मंगलबार राती सुर्खेतको बबइमा अलपत्र परेका ३५ जनाको उद्दार गरेर नेपाली सेनाको व्यवस्थापनमा निर्माण गरिएको वीरेन्द्रनगरको खुलामञ्चस्थित क्वारेन्टाइनमा राखिएको छ । नेपालका विभिन्न जिल्लामा रोजगारीका लागि गएकाहरुलाई मध्यराती क्वारेन्टाइनमा राखिएको हो ।
क्वारेन्टाइनमा राखिएकाहरु मध्य ३३ पुरुष, एकरएक जना महिला र बच्चा छन् । यी मध्ये दैलेखका १०, जाजरकोटका ८, सुर्खेतका ६, सल्यानका ५, जुम्लाका ३, अछामका २ र रुकुमपश्चिमका एक जना छन् ।