खड्क सुनार
मुगु । मुगु जिल्लाको छायानाथ रारा नगरपालिकाले देशका विभिन्न स्थानमा अलपत्र परेको आफ्नो नगर भित्रका नागरिकलाई उद्धार गर्ने भएको छ ।
सरकारले कोरोना भाईरस नियन्त्रण, रोकथाम र उपचारमा सहज होस भनेर गरेको लकडाउनका कारण जिल्ला बाहिर अलपत्र परेका आफना नगरबासीलाई उद्धार गर्ने निर्णय गरेको हो ।
कणाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट नगरपालिकालाई पास प्राप्त भैसकेकाले सम्भवत बुधबारसम्म नेपालगञ्ज र सुर्खेतबाट अलपत्र परेका नगरबासीलाई उद्घार गरिसक्ने र काठमाडौ लगायतका विभिन्न स्थानमा बेखर्ची र बेसहारा भएर अलपत्र परेकाहरुको लगत, सम्पर्क नम्बर संकलन गर्ने काम भैरहेको छाँयानाथ रारा नगरपालिकाले जनाएको छ । अलपत्रमा परेका नागरिकहरुको एकिन सख्या आएपछि बसको व्यवस्था गरि उद्घार गरिने छाँयानाथ रारा नगरपालिकाका नगर प्रमुख हरिजंग शाहीले बताए । उनले भने काठमाडौ देखि मुगुसम्म बस सञ्चालन अनुमतीका लागी प्रधानमन्त्रीको कार्यालय, गृह मन्त्रालयसँम्ग समन्वय भैरहेको बताइएको छ ।
जिल्ला बाहिर सुर्खेत, नेपालगञ्ज र काठमाडौंमा अध्यन, नोकरी, औषधी उपचारलगायत अन्य कामले गएका आफना नागरिक लकडाउनले गर्दा अलपत्र परेर खाना र बस्न समेत समस्या पर्न थालेको खबर गर्न थालेपछि संघिय सरकार र प्रदेश सरकारबाट अनुमती लिएर आफना नगरबासीलाई गृह जिल्लासम्म बसमा उद्घार गर्न लागेको नगरप्रमुख शाहीको भनाई छ । यसरी उद्घार गरिने नगरबासीलाई कम्तिमा १४ दिन नगरपालिकाले निमार्ण गरेको क्वारेन्टाईन वा आफनै होम क्वारेन्टाईनमा बस्ने सर्तमा उद्घार गरिने पनि नगरपालिकाले जनाएको छ ।
लकडाउन लम्बिएपछि वेखर्ची भएका मुगालीहरु काठमाडौ,नेपालगंज र सुर्खेतबाट पैदल हिडेर आएका छन उनीहरुको बाटोमा विजोग भएको खबर आएको छ । उद्घारका लागी हिडेका बसहरुले यसरी बाटोमा अलपत्र परेका मुगालीको पनि उद्घार गरिने भएको छ । सो्रतका अनुसार घर पुग्न हिडेकाहरु छिन्चु , बबई, डुङ्गेश्वर, राकम, छेडागाड, नाग्म, मात्म रहेका छन । उद्घार गरिनेहरुलाई बसको साथै बाटोमा खानबस्नको समेत व्यवस्था नगरपालिकाले मिलाएको छ ।