काठमाडौं । सरकराले ल्याएको अध्यायदेश फिर्ता लिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य जनार्दन शर्माले आग्रह गरेका छन्।
कानून जनताले स्वीकार गर्दा मात्रै लागू हुने भएकाले यसले जनताको मनोविज्ञानलाई नकारात्मक बनाइदिएको बताएका शर्माले सरकारको कामप्रति प्रश्न खडा भएकोले जनमत बुझेर गल्ती सच्याएर अगाडि बढ्नुपर्नेमा जोड दिए।
ुअध्यादेश आयो यो कस्तो बेलामा आयो भने सबै संकटमा भएको बेलामा,लकडाउनमा बसिरहेको बेलामा विपत्ति भएको बेलामा आएको छ तर यसको कुनै आवश्यकता थिएन र सन्दर्भ पनि मिलेको छै,‘शर्माले भने, ‘यो आउने तरिका र ल्याइएको विषयवस्तुका हिसाबले अत्यन्त आपत्तिजनक कुरा हो।’
देशलाई एकताबद्ध गरेर जानुपर्ने बेलामा पार्टीभित्र र पार्टी बाहिर विवाद हुने गरी आएकाले यो कुनै पनि कोणबाट राम्रो नभएको उनको बुझाइ छ।
अहिलेसम्म किन गरेको भनेर नै कसैले बुझ्न नसकेको भन्दै उनले यसले राजनीतिक अस्थिरता बढाउने बताए।
ुयसले पार्टीभित्र विवाद बढ्छ अरू पार्टी फुटाएर के फाइदा हुन्छ आफ्नै त झन् किन फुटाउने हो,त्यो पनि थाहा छैन,ुउनले भने,ुजे भए पनि यो संकेत राम्रो होइन।ु
संवैधानिक परिषदमा प्रतिपक्षलाई नराख्ने निर्णय पनि लोकतन्त्रका लागि हानिकारक रहेको उनको भनाइ छ। संसदमा सरकारले लैजाने र छलफल गर्ने अनि पारित हुने्नहुने एउटा पाटो भए पनि अनावश्यक समयमा सरकारले अनावश्यक काम गरेको शर्माको आरोप छ।