हस्त बुढा
जुम्ला । जिल्लाका स्थानिय तहले कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण नियन्त्रणका लागि जारी लकडाउनका कारण हुन सक्ने खाद्य संकटलाई मध्य नजर गर्दै खाद्य बैंक स्थापना गरेका छन् ।
लामो लकडाउनले भविष्यमा उद्योग कलकारखानामा पनि चामल, नुन तेलको अभाव हुन सक्ने भएकाले खाद्य बैंक स्थापनामा जुटेका हुन् । ६ महिना पनि खान नपुग्ने कर्णालीका दुर्गम बस्तीमा खाद्य संकटको अबस्था आउन थालेको छ ।
जुम्लाका आठै स्थानीयतहले कोरोना खाद्य बैंक स्थापना गरी एकद्धारप्रणालीबाट राहत वितरण्को तयारी गरेको जिल्ला समन्वय समितिका प्रमुख लाल बहादुर सार्कीले बताए । हाल सम्म एक नगरपालिका सहित सातै गाउँमापालिका खाद्य बैंक स्थापना भईसकेका छन् । भने गुठिचौर गाउँपालिकाले भने, खाद्य बैंकबाट पालिकाभरी राहत वितरण गरिसकेको छ ।
यता तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेका अनुसार अहिले नै गाउँमा भोकमरी भएका छैन । यहाँका अधिकांश नागरिक खेतीपाती गर्छन् । तर लकडाउन लामो भएमा खाद्य संकट सृजना हुने सम्भवना छ । पालिकाभरी विपन्न परिवारको लागत संकलन सकिएको र करिब ८ सय बढी विपन्नको नाम आएको छ ।
कार्यपालिकाको बैठक बसेर विपन्न छनौट गरी राहत उपलब्ध गराईने छ । जसका लागि ५ लाखको २ सय क्वीईन्टल चामल, तेल, साबुन, मास्क, लगायतको खाद्य बैंक स्थापना गरिएको जानकारी दिए । भने, ३९ लाख राहत स्थापना भएको छ ।
यसैबाट खाद्य बैक स्थापना देखि यहाँका नागरिकलाई माक्स, सावुन, स्वास्थ्यकर्मीलाई सुरक्षित स्वास्थ्य सामग्री खरिद गरी वितरण गरिएको गाउँपालिका प्रशासन प्रमुख अंगराज डाँगीले बताए । लकडाउनका कारण गरिव तथा बिपन्न ४ सय २३ घरधुरीलाई राहत वितरण गर्ने तयारी गरेको हो ।
तिला गाउँपालिका अध्यक्ष रतननाथ योगीले कार्यपालिका र विपद् व्यवस्थापन समितिको बैठकको निर्णय अनुसार वडास्तरबाट विपन्न बर्गको तथ्यांक संकलन गरी राहत वितरण गर्ने तयारी गरिएको गाउँपालिका अध्यक्ष रतननाथ योगीले बताए । दैनिक उपभोग्य बस्तु खाद्य बैंकमा राखिएको छ ।
उता सिंजा गाउँपालिकाले पनि खाद्य बैक स्थापना गरेको छ ।
सिंजा गाउँपालिका अध्यक्ष देवलसिंह रावलका अनुसार अहिले ८ सय कुन्टल चामल खाद्य बैकमा जम्मा गरिएको छ । भने, नुनको डिपोमा म्याद नाघेको नुन भएकोले अहिले लिएका छैनौँ नयाँ नुन आएपछि लिने तयारी गरेका छौँ । भने, तेल, चिनी र दाल पनि खरिद गर्दछौँ ।
एक करोड ९ हजारको कोरोना राहत कोष स्थापना गरेका छौँ । पाँच सय ५ घरधुरीलाई अतिगरिब परिचान गरी राहत वितरणको तयारी भईरहेको छ । राहत वितरण कार्यविधि अनुसार फाराम भरेर नागरिकताको आधारमा राहत वितरण गर्ने तयारी गरिएको उनले बताए ।
कनकासुन्दरी गाउँपालिकाले पनि खाद्य संकलन गरेको छ । गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विपेन्द्र प्रसाद अधिकारीले े एक सय र द आर्ट अफ लिर्भिङ सेन्टर काठमाडौँको सहयोगमा एक सय गरी दुई सय कुन्टल चामल राहतका लागि संकलन भएको बताए ।
अहिले तथ्यांक संकलन गर्ने काम भईरहेको छ उनले भने वडापालिकाले सिफारिस गरेका ५ सय ५ घरधुरीको तथ्यांक दावी विरोधका लागि तीन दिने सूचना प्रकाशित गरिएको छ ।
पातारासी गाउँपालिका अध्यक्ष लक्षिमन बोहोरका अनुसार राहतका लागि एक सय ७० क्युन्टल चामल र एक सय कुन्टल नुन खाद्य बैकमा जम्मा गरेका छौँ । विपन्न घरधुरी पहिचान हुदै छ उनले भने यहाँका सवै नागरिक विपन्न छौँ भन्छन् छनोट गर्न समस्या भइरहेको छ । ५५ लाखको कोरोना राहत कोष स्थापना भएको छ । यसै रकमबाट सवै खर्च व्यवस्थापन गर्ने काम भइरहेको उनले बताए ।
हिमा गाउँपालिकाले पालिकाभरीका २३ सय घरधुरीमै खाद्यन्न वितरण गरी सकाएको छ । भने, अझै भोलि अति विप्नन नागरिकलाई राहतका लागि खाद्य बैंक स्थापना गरिएको छ । चन्दननाथ नगरपालिकाले पनि राहत वितरणका लागि लागत संकन गरिरहेको जनाएको छ ।