खड्क सुनार
मुगु । जिल्लाको मानव अधिकारको अवस्था अनुगमन गर्न पाँच सदस्यीय जिल्ला स्तरिय मानव अधिकार अवस्था अनुगमन समिती गठन गरिएको छ ।
जिल्ला बार एशोसिएन जिल्ला शाखा मुगुका संयोजक कुवेरजंग शाहीको अध्यक्षतामा ५ सदस्यीय जिल्ला स्तरिय मानव अधिकारी अवस्था अनुगमन समिती गठन गरिएको हो ।
समितिको अन्य सदस्यहरुमा नेपाल पत्रकार महासंघ मुगु शाखाका अध्यक्ष नृपेन्द्रबहादुर मल्ल, गैर सरकारी सस्था महासंघ मुगु शाखाका अध्यक्ष सुरेन्द्रबहादुर मल्ल, ईन्सेक मुगु प्रतिनिधी जिवन सेजुवाल र नेपाल राष्ट्रिय मानव अधिकार संगठन जिल्ला शाखा मुगुका अध्यक्ष गंगाराज शाही रहनु भएको छ ।
कोरोना भाइरस (कोभिट १९) बाट उत्पन्न वर्तमान जटिल परिस्थतीमा मानव अधिकारको अवस्था अनुगमन गर्न राष्ट्रिय मानव अधिकार आयोग नेपाल बार एशोसिएसन नेपाल पत्रकार महासंघ र गैर सरकारी सस्था महासंघ नेपाल विच सहकार्य गर्ने सहमती केन्द्रिय स्तरमा भए संगै जिल्ला स्तरमा पनि ति संगठनहरुको जिल्ला संगठन सम्मिलित मानव अधिकारको अवस्था अनुगमन गर्न जिल्ला स्तरिय मानव अधिकार अवस्था अनुगमन समिती गठन गरिएको इन्सेक जिल्ला प्रतिनिधि जीवन सेजुवालले जानकारी दिए ।
जिल्ला स्तरिय समितीले लकडाउन (घरवास) को बेला क्वारेटाईनको अवस्था, सेवा, स्वास्थय संस्थामा औषधीको उपलब्धता, यातायातको अवस्था, खाद्य अधिकारको अवस्थाहरुबारे अनुगमन गरि सम्वन्धित निकायलाई सजक गराउनुका साथै राष्ट्रिय मानव अधिकार आयोगमा प्रतिवेदन दिनेछ ।
मानव अधिकारको अवस्था स्थलगत भ्रमण, टेलिफोन वार्तालाभ, िमडिया, भिडियो कल आदी माध्यमबाट सुचना संकलन गरी प्रत्येक हप्ताको शनिबार समिक्षात्मक बैठक बसी सम्वन्धित निकायलाई अवस्था सुधारका लागी सुझाव र प्रतिवेदन मानव अधिकार आयोगमा पठाउने अध्यक्ष कुवेरजंग शाहीले बताए ।