खड्क सुनार
मुगु । छायानाथ रारा नगरपालिकाले भने यसको घाउमा मलम लगाउने गरेको छ । जिल्ला बाहिर गएका आफ्ना नगरवासीलाई उद्धारमा लागेको छ । लगडाउनकै कारण सुर्खेत र नेपालगञ्जमा अलपत्र परेका नगरपालिकाका स्थानीयवासीलाई स्थानीय सरकारले उद्धार गरेको हो ।
बाहिरी जिल्ला बाट मुगुसम्म पुग्नको लागि बस भाडा तिरेर उद्दार गरेको र हाल सम्म नगरपालिकाले ३ सय भन्दा बढी नगरवासीको उद्दार छायानाथ रारा नगरपालिका मुगुले जनाएको छ ।
औषधी उपचार, पढ्न गएका विद्यार्थीहरु, व्यापारलगायत अन्य कामको सिलसिलामा नेपालगञ्ज र सुर्खेतमा रहेका मुगु जिल्ला छायाँनाथ रारा नगरपालिकाका ३ सय भन्दा बढी स्थानीयवासीहरुलाई ३ दिन लगाएर ५ वटा सवारी साधनमार्फत नगरपालिकाले उद्धार गरेको हो ।
उद्दार गरिएका नगरवासीहरुलाई कोरोना भाइरस सम्बन्धी नगरपालिकाले सञ्चालन गरेको स्वास्थ्य हेल्प डेक्समा स्वास्थ्य परीक्षण गराएको छ ।
यस्तै काठमाडौमा रहेका नगरवासीहरु अहिलेसम्म ६ सय भन्दा बढी जना सम्र्पकमा आएको र उनीहरुलाई पनि ३/४ दिनपछि उद्दार गर्ने तयारी भइरहेको छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख हरिजङ्ग शाहीले जानकारी दिए ।
छायाँनाथ रारा नगरपालिकाले नेपालगञ्ज र सुर्खेतबाट मुगुसम्म पुग्न बस भाडा नगरपालिकाले व्यवस्थापन गरेको छ । संकटको बेला स्थानीय सरकारले गरेको सहयोगबाट स्थानीयवासी खुसी देखिएको नगर प्रमुख शाहीले बताए ।
जिल्लाका अन्य ३ गाउँपालिका मध्ये खत्याड गाँउपालिकाले काठमाडौं,नेपालगन्ज,सुर्खेत र अन्य जिल्लामा रहेका स्थानीयवासीहरुको लगत संकलन गरी जो जहाँ बसेका छन् सोही ठाउँमा राहत उपलब्ध गराउने निर्णय गरेको छ । यस्तै सोरु र मुगुमकार्मारोङ्ग गाउँपालिकाले अलपत्र परेका नागरिकहरुको लगत संकलन गरी बस भाडा तिरेर आफ्ना स्थानीयवासीलाई घर फर्काउने तयारी गरेका छन ।