सिमकोट । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बच्न जिल्लाका क्रियासिल सञ्चारकर्मी र सरकारी कार्यालयलाई स्वास्थ्य सामाग्री वितरण गरिएको छ ।
आधार विकास नेपाल, किर्डाक नेपाल हिमाली शिक्षा र विकास हेड नेपाल लगायतका जिल्लाका गैरसरकारी संस्थाले कोरोनाको संक्रमणबाट बच्ने स्वास्थ्य सामाग्री वितरण गरेका हुन् ।
जिल्ला सदरमुकाम सिमकोटमा आयोजित एक कार्यक्रममा जिल्ला प्रशासन, जिल्ला प्रहरी, नाम्खा गाउँपालिका, रानीवन क्वारेन्टीन, जनस्वास्थ्य कार्यालय, नेपाल पत्रकार महासंघ र सिमकोट विमानस्थललाई सेनिटाइजर, बाल्टी, मास्क, सावुनलगायतका सरसफाई सामग्री सहयोग गरेको हिमाली शिक्षा र विकास हेड नेपालका निर्देशक छिटुब लामाले जानकारी दिए । उनका अनुसार जिल्लामा कार्यरत १५ जनासञ्चारकर्मीलाई सेनिटाइजर, सावुन, मास्क र र जिल्ला सदरमुकाममा सञ्चालित दुई वटा सामुदायिक रेडियोलाई ५ सय एमएलको सेनिटाइजर सहयोग गरेको छ ।
सञ्चारकर्मीका लागि भनिएका उक्त स्वास्थ्य सामाग्री सहयोगि संस्थाका तर्फबाट नेपाल पत्रकार महासंघलाई हस्तारन्तरण गरिएको आधार विकास नेपालका शिक्षा संयोजक कञ्जोक लामाले जानकारी दिए ।
साथै प्रमुख जिल्ला अिधकारी विनिता भट्टराइले प्रदान गरिएका सामाग्री स्थानीय तहले फोटो खिच्नका लागी मात्रै नभएर सदुपयोग भयो कि भएन भनेर अनुगम गर्नतर्फ ध्यान दिन आग्रह गरिन ।