काठमाडौं । २०७४ साल मंसिर १० गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा सबैलाई छक्क पार्दै स्वतन्त्र रूपमा निर्वाचन हत्याएका हुम्लाबाट प्रतिनिधित्व गर्ने प्रतिनिध सभा सदस्य छक्कबहादुर लामा अहिले नेपाल सरकारले देशभर लगाएको लकडाउन (घरवास)लाई छक्काउँदै काठमाडौं, नेपालगञ्ज, सु्र्खेतलगायतका क्षेत्रमा रहेका हुम्लाका बिरामी, विद्यार्थी, मजदुरलाई गृह जिल्ला हुम्ला पठाउने काममा व्यस्त छन् ।
दोस्रो चरणको लकडाउन चलिरहेका वेला सरकारमै सामेल केही मन्त्री र नेकपाका नेताहरूले आ–आफ्ना गृह जिल्लाका नागरिकलाई आन्तरिक रूपमा वस रिजर्भ गरेर पठाउने काम गरेपछि रिसिएका प्रतिनिधि सभा सदस्य लामाले राष्ट्रिय सडक सञ्जालमा नजोडिएको दुर्गम हिमाली जिल्ला हुम्लाका नागरिकलाई घर फर्काउने पहल थाले ।
विभिन्न क्षेत्रमा रहेका जिल्लाका नागरिक अगुवाहरूको साथमा काठमाडौंमै शुरू गरेको ‘हुम्ला–काठमाडौं कोभिड–१९ क्विक रेस्पोन्स टिम’लाई पूर्ण साथमा लिएर प्रतिनिधि सभा सदस्यद्धय लामा र रंगमती शाहीले सरकारका मन्त्री र उच्च पदस्थ अधिकारीसँग निरन्तर पहलकदमी थाल्यो । परिणाम स्वरूप, वैशाख १४ गते बसेको मन्त्री परिषद्को बैठकले देशभरको सबै हवाई उडान आगामी जेठ २ गतेसम्म ठप्प पार्ने निर्णय समेत ग¥यो । तरपनि हुम्लाका लागि उडान हुने बाँकेको नेपालगञ्ज र सुर्खेतको सुर्खेत विमानस्थल केही दिनका लागि खुला राख्ने निर्णय सांसद लामा र शाहीकै पहलमा भयो ।
सुर्खेत, नेपालगञ्ज, काठमाडौंलगायतका विभिन्न शहरबाट घर जान नपाएका हुम्लाका नागरिकलाई हवाई मार्गबाट घर जाने बाटो सरकारबाट खुलाउन सफल भयो , सोही सयमामा देशैभर लकडाउनको पूर्णपालना नगरेको भन्दै सरकारले गृहमन्त्रालय मार्फत ७७ वटै जिल्ला प्रशासन कार्यालय र सातवटै प्रदेश सरकालार्य परिपत्र गर्दै लकडाउनमा थप कडाईका साथ पालना गर्ने निर्णय ग¥यो । जुन हुम्लाका नागरिकलाई नेपालगञ्ज र सुर्खेत पु¥याउने निर्णयको पक्षमा थिएन । त्यसपछि निरन्तरको सिंहदरबार र मन्त्रीहरूलाई दवावव दिएका संसदद्धय लामा र शाहीले मंगलबार दिनभर गृह सचिव महेश्वर न्यौपाने, स्वास्थ्य मन्त्री भानुभक्त ढकाल, पर्यटन मन्त्री योगेश भट्टराई लगायतका अधिकारीसँगको छलफल र दवावले देशका अन्य क्षेत्रमा अत्यावश्यक सवारी साधन बाहेकका सबै यातायातका साधन बन्द भएकै बेला हुम्ला जिल्लाका यात्रुका लागि मात्रै काठमाडौं देखि नोपलगञ्ज र सुर्खेत जाने यात्रुबाहक बस जाने निर्णयमा सहमत गराए ।
एकै दिन साढे चार सय यात्रु काठमाडौं बाहिरिए
मंगलबार गृहमन्त्रालयमा झण्डै चार घण्टा भएको बैठकबाट हुम्लाका यात्रु बोकेका यात्रुबाहक बसलाई मात्रै चल्न दिने मौखिक निर्णय गराउन सफल सांसदद्धय लामा र शाहीकै पहलमा संघीय राजधानी काठमाडौंबाट दश वटा बसमा हुम्लाका साढे चार सय बढी यात्रु काठमाडौंबाट बाहिरिएका छन् ।
चंखेली गाउँपालिकाका नागरिकका लागि ना ६ ख २५५८, ना ८ ख १३४, २० ना ८ ख १४४३, ३० बा ४ ख ५२३१, ४० बा ३ ख ५६४८, बा ४ ख ५२३१ नम्बरका यात्रुबाहक वस काठमाडौं बाहिरिएका छन् ।
त्यस्तै, बा ३ ख ५६४८, बा ४ ख ५२३१, बा ५ ख ९८६२, बा ४ ख २६३७, बा ५ ख ८२३९ र ना ५ छ ५७७३ नम्बरका गाडी हुम्लाका यात्रु लिएर मंगलबार राती काठमाडौं बाट बाहिरिए ।
२५ देखि ५० जना यात्रु बोकेका बसहरू मध्ये नाम्खा गाउँपालिकाका २, सिमकोट गाउँपालिकाका ४, चैखेली गउँपालिकाका ३, सर्केघाड गाउँपालिकाको १ बसमा यात्रु गएका छन् ।
अन्य गाउँपालिकाका यात्रु आफैले भाडा तिरेर गएका छन्, भने चंखेली गाउँपालिकाका यात्रुका लागि पालिकाले आफ्नो खर्चमा बस लिएको बताइएको छ ।
बस पठाउन रातभर जाग्राम
काठमाडौंका विभिन्न स्थानमा अलपत्र परेका वा समस्यामा परो नागरिकलार्य पठाउने अनुमती सरकारले दिएपछि प्रतिनिध सभा सदस्यद्धय छक्कबहादुर लामा र रंगमती शाही मंगलबार रातभर जाग्राम बसे । वेलुका अवेर गृहमन्त्रालयमा वस पठाउने सहमती भएपछि काठमाडौंमा हुम्लाका नागरिकलाई गएको दुई सातादेखि सहयोग गरिरहेको भर्चुअल नागरिक सञ्जाल ‘हुम्ला–काठमाडौं कोभिड–१९ क्विक रेस्पोन्स टिम २०१९’ लाई पचिलन गरेका सांसदद्धय लामा र शाहीले काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न स्थानमा प्रहरीको अवरोध हटाउन रातभर जाग्राम बसे ।
काभ्रेको बनेपादेखि भक्तपुरको जडीबुटी हुँदै काठमाडौंको कोटेश्वर, चाबहिल, रामहिटी, महांकाल, महाराजगञ्ज, बसपार्क, स्वयम्भु, कलंकी, थानकोट र ललितपुरको ग्वार्को, सातदोबाटो, सानेपालगायतका क्षेत्रमा रहेका यात्रुलाई लिन गएका वस रोकिएपछि आफू रातभर जाग्राम बसेरै समन्वयको काम गरेको प्रतिनिधि सभा सदस्इ छक्कबहादुर लामाले नेपालबोटलाई जानकारी दिए ।
‘लकडाउनमा कडाई गरेपछि कुनैपनि यात्रु लिएका बस चल्न नदिएका बेला हुम्लाका नागरिको उद्धारमा निकै गाह्रो भयो’ लामाले भने, ‘वस रोकिदै विभिन्न तहका प्रहरी, सांसद र मन्त्रीलाई फोनमा अनुरोध गर्दै मंगलबारको रात बित्यो ।’
ललितपुरको ग्वार्कोमा रोकिएको बस छुटाउन राती ११ बजे नेकपाकी सांसद पम्फा भुसाल र भत्तपुरको जगातीमा रहेको बस छुटाउन भत्तपुरका सांसद महेश बस्नेतसँग कुरा गरेको लामाले जानकारी दिए ।
सामाजिक सञ्जाल मार्फत जोडिएको ‘हुम्ला–काठमाडौं कोभिड–१९ क्विक रेस्पोन्स टिम’को निकै राम्रो सहयोगले हुम्लाका नागरिकलाई काठमाडौंबाट नेपालगञ्ज पठाउन र सरकारको निर्णयमा पैरवी गर्न सहज भएको बताएका लामाले ‘हुम्ला–काठमाडौं कोभिड–१९ क्विक रेस्पोन्स टिम’ का प्रतिनिधीको खटनपटनले बस सहज रूपमा काठमाडौंबाट गन्तव्यमा पुग्न सफल भएको बताए ।
रंगमतीको रचनात्मक ढंग
प्रतिनिधि सभाको बैठकमा नेकपा नेतृत्वको सरकारको आलोचना गर्नका निकै अग्र स्थनमा देखिएकी प्रतिनिधि सभा सांसद रंगमती शाहीले लकडाउनको अवधीमा सरकारलाई रचनात्मक साथ दिएकी छन् ।
कोरोनाको संक्रमण बढ्न नदिन सरकारले गरेको लकडाउनलाई कडाइका साथ पालना गर्न प्रतिवद्ध हुँदै समस्यामा परेका नागरिकलाई सहयोगमा लागेकी सांसद शाहीले हुम्लाका नागरिकलाई जिल्ला पठाउने काममा सत्ता पषका सांसद लामालाई निकै रचनात्मक सहयोग गरिन् ।
‘हुम्ला–काठमाडौं कोभिड–१९ क्विक रेस्पोन्स टिम’ ले जिल्लाका प्रतिनिधिसँग गरेको पहिलो भर्चुअल बैठकमै जिल्लाका नागरिकलाई पठाउने कुरामा सांसद लामासँग एकाकार भएर पहल चाल्ने प्रतिवद्धता व्यक्त गरेकी शाहीले सिंहदरबारमा हुने हरेक बैठक र भेटघाटमा लामालाई बलियो साथ दिइन् ।
उनी भन्छिन्, ‘संकटका वेला सरकार होस् वा कुनै नागरिक, जसको पनि रचनात्मक र राम्रो कामका लागि सहयोग समर्थन गर्ने बानी अनुसार यो पटक म निकै कम्मर कसेरै लागेकी हुँ ।’ काठमाडौंबाट गएका र नेपालगञ्ज, सुर्खेतमा अलपत्र परेका नागरिकलाई जिल्लामा नप¥याउञ्जेलसम्म आफ्नो अहिलेको अभियान नसकिने उल्लेख गरेकी शाहीले हुम्लालाई सरकारको नजरमा ल्याउन आ¥नो पहल सँधै रही रहने बताइन् ।
क्वि रेस्पोन्स टिमको क्विक प्रभाव
काठमाडौंमा रहेका हम्लाका नागरिकलाई सरकारले शुरू गरेको लकडाउनको समयमा अत्यावश्यक समस्या नहोस् भन्नका लागि दुई साता अघि सामाजिक सञ्जाल (फेसवुक) मार्फत जोडिएको स्वयम्सेवी ‘भर्चुअल नागरिक सञ्जाल’ हो– ‘हुम्ला–काठमाडौं कोभिड–१९ क्विक रेस्पोन्स टिम’ ।
शुरूमा सिमति केही व्यक्तीबाट शुरू भएको यो समुहले आफ्नो अवस्था र खेल्न सक्न्े भूमिकाका बारेमा निरन्तर भर्चुअन बैठक बसेर जिल्लाका सात वटै गाउँपालिकाको प्रतिनिधित्व गराउँदै पूर्णता दियो । काठमाडौंमा रहेका हुम्लाका नागरिकको प्रारम्भीक लगत संकलनलाई आफ्नो पहिलो कामको प्रस्थान विन्दुका रूपमा लिएको यो टिमले जिल्लाका जनप्रतिनिधि, नेता, पुर्व सांसद र नागरिक अगुवालाई भर्चुअल बैठक गराएर आफ्नो औचित्य र आगामी कामका बारेमा मार्ग निर्देश लिने काम ग¥यो ।
हरेक दिन समस्यामा परेका जिल्लाका नागरिकहरूको लगत संकलन गर्दै तत्कलिक समस्या (चामल, दाल र औषधी उपचार आदी) समाधानमा तल्लीन रहँदै जो व्यक्ती जुन स्थानीय तहमा बसेको छ । सोही तहबाट राहत उपलब्ध गराउने कामलाई संयोजनकारी भूमिकालाई आफ्नो वास्तविक मार्गका रूपमा अंगिकार ग¥यो । जसअनुरा अहिलेसम्म काठमाडौंका विभिन्न स्थानमा रहेका एक सय २० जना भन्दा बढी हुम्लाका नागरिकलाई विभिन्न किसिमको सहयोग उपलब्ध यस समुहले गराउन भूमिका खेलेको छ ।
सरकारको निर्णयलाई अक्षरस पालना गर्दै हुम्लाका नागरिक मैत्री सरकारी निर्णय बनाउने कुरामा सांसद, नेता र जनप्रतिनिधिलाई पैरवी गर्दै आएको यस समुहले उहाँहरूकै साथमा छोटै समयमा आफूलाई स्वयम् सेवी समुहका रूपमा परिणत गर्न सकेको समुहका अगुवा तथा किर्डाक नेपालका कार्यकारी निर्देशक गोविन्द शाहीले बताए ।
‘लकडाउनको समयमा घरमा बसेर अनुत्पादक काममा समय बिताउनु भन्दा समस्यामा परेका जिल्लाका नागरिकलाई सहयोग गर्ने ध्येयले नितान्त स्वयम्सेवी भावना बोकेका साथीहरूको जमात नै यो समुह हो’ उनले भने, ‘हामीले आफैले कुनै सहयोग गर्नु भन्दा राज्इले प्रदान गरेका सेवा र सुविधामा काठमाडौंमा रहेका हुम्लाका नागरिकलाई पु¥याउने र हुम्लाका नागरिकका समस्यामा नीतिगत पहुँच भएका सांसद र नेता ज्यूहरूलाई सहयोग गर्न हामी एक ठाउँमा आएका हौं ।’
समुहका सदस्य तथा ऐलिस अर्गानिक समुहका सञ्चालक छिरिङ (गोपाल) लामाका अनुसार समुहकै पहलमा समस्यामा परको थुप्रै नागरिकलाई राहत उपलब्ध गराउने, काठमाडौं रकेका हुम्लाका नागरिकको लगत संकलन गरेर नेता र स्थानीय तहलाई उपलब्ध गराउने, सरकारसँग सांसदलाई पैरवी गराउन उपयुक्र्त वातावरण तयार पार्ने, काठमाडौंबाट नागरिकलाई बसमा पठाउने लगाउतका काममा सहजिकरण गरेको छ ।