सुर्खेत । कर्णाली प्रदेश सभाका प्रतिपक्ष दलका नेता जीवनबहादुर शाहीले प्रदेश सरकोको आगामी बजेट तथा नीति कार्यक्रम श्रमीकको जीवन निर्वाह गर्ने तर्फ केन्द्रित गर्न माग गरेका छन् ।
मे दिवश अर्थात १३१ औं अन्तराष्ट्रिय श्रमिक दिवशका अवसरमा शुभकामना शन्देश जारी गर्दै नेता शाहीले श्रमिक वर्गले लामो संर्घष पश्चात आफना अधिकार स्थापित गरेको यस ऐतिहाँसिक दिनको अवसरमा श्रमिकको स्वास्थ्य, सुरक्षा र रोजगारीको सुनिश्चितताको लागि सरकारसँग अनुरोध गरेका छन् ।
'देश कोरोना प्रकोपसँग सर्घषरत रहेको अवस्थामा भएको बन्दाबन्दीको कारण श्रमिक वर्गको रोजगारी गुमिरहेको छ ।' उनले शुकामना सन्देशमा भनेका छन्, 'श्रमिक वर्गले कष्टकर स्थिति भोगिरहनु परेको छ । दैनिक श्रम गरेर जिवन गुजारा गर्ने श्रमिकहरुको जिवन खाद्यान्नलगायत अन्य अत्यावश्यक वस्तुको अभावमा थप कष्टकर हुन गएको छ ।'
शाहीले जारी गरेको शुभकामना शन्देश जस्ताको तस्तै ः
शुभकामना !
मे १ अर्थात १३१ औं अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा देश तथा विदेशमा रहनु भएका सम्पूर्ण श्रमजिवी समुदायमा सुख, शान्ति, सु स्वास्थ्य, दिर्घायू र प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु । श्रमिक वर्गले लामो संर्घष पश्चात आफना अधिकार स्थापित गरेको यस ऐतिहाँसिक दिनको अवसरमा श्रमिकको स्वास्थ्य, सुरक्षा र रोजगारीको सुनिश्चितताको लागि सरकारसँग अनुरोध गर्दछु ।
देश कोरोना प्रकोपसँग सर्घषरत रहेको अवस्थामा भएको बन्दाबन्दीको कारण श्रमिक वर्गको रोजगारी गुमिरहेको छ । श्रमिक वर्गले कष्टकर स्थिति भोगिरहनु परेको छ । दैनिक श्रम गरेर जिवन गुजारा गर्ने श्रमिकहरुको जिवन खाद्यान्नलगायत अन्य अत्यावश्यक वस्तुको अभावमा थप कष्टकर हुन गएको छ ।
यस अवसरमा दैनिक ज्यालामजदुरी गरेर जिवन निर्वाह गर्ने राजधानीलगायत देशका विभिन्न सहरहरुमा रहेका श्रमजिवी वर्गको जिवन सुरक्षाका लागि आगामी बजेट तथा कार्यक्रममा श्रमिक केन्द्रित एवं विशेष राहत प्याकेजका कार्यक्रमहरु ल्याउन सरकारको ध्यानाकर्षण गराउदछु ।
साथै, विभन्न स्थानमा अलपत्र अवस्थामा रहेका मजदुर वर्गको सुरक्षित रुपमा उद्यार कार्यमा तदरुपकताका साथ लागि पर्न पनि अनुरोध गर्दछु ।
जयनेपाल !
(जीवनवहादुर शाही)
नेता,संसदीय दल