जुम्ला । सिकिस्त बिरामी भएर उपचारमा आथिर्एक अभाव भएका मुगुका पत्रकार सुमन मल्लको उपचार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले गर्ने भएको छ ।
प्रतिष्ठानले मल्लको उपचार निशुल्क रुपमा गर्ने भएको छ । मानसिक रुपमा समस्या आएपछि उपचारका लागि जुम्ला स्थित प्रतिष्ठान पु¥याइएका पत्रकार मल्लको उपचारका लागि सार्वजनिक अपिल गरेपछि प्रतिष्ठानले जिम्मा लिएको हो ।
बिरामी भएपछि एक साता अघि मुगु जिल्ला अस्पतालमा भर्ना गरेपछि सुधार नभएपछि नागरिकदैनिकमा कर्यारक्त मल्ललाई थप उपचारकालागि प्रतिष्ठान पु¥याएको हो ।
आर्थिक अवस्था कमजोर भएका पत्रकार मल्लको उपचारका लागि आवश्यक निदान तथा औषधीको जिम्मा प्रतिष्ठानले लिने भएको प्रतिष्ठानका रजिष्टार विश्वराज काफ्ले जानकारी दिए । उनका अनुसार मल्लको सम्पुण उपचार अब निःशुल्क हुने भएको हो ।
प्रतिष्ठानमा भर्ना भएका मल्लाई भेटेर रजिष्टार काफ्लेले भने, ‘उपचारको लागि चिन्ता नगर्आर्नु होस् । थप उपचार अब हामी (प्रतिष्ठान)ले जिम्मा लिन्छौं ।
मुगुबाट नागरिक दैनिकमा रिर्पोटीङ गर्दै आएका मल्ल पत्रार महासंघ मुगु शाखाका पूर्व अध्यक्ष थिए । उनले खस भाषको कर्णाली दक्षिण बग्दो छ, सुइना कर्णालीका नाटक लेखेर ख्याति कमाएका थिए ।
उपचारमा आथिृक अभाव भएपछि नपाल पत्रकार महासंघ जुम्ला शाखाले यस अघि नै ‘पत्रकार सुमन मल्ल बचाउ अभियान’ शुरु गरेको छ । सबै पत्रकारले आफ्नो इच्छा अनुसार रकम संकलन गरेर आइतबार हस्तान्तरण गर्ने तयारी भइरहेको महासंघ जुम्लाका अध्यक्ष बरमबहादुर महतले जानकारी दिए ।
उनका अनुसार महांसघले मल्लको उपचारमा आर्थिक सहयोग गर्न चाहने व्यक्ति र संस्थाले पत्रकार सुमन मल्लको नाममा रहेको राष्ट्रिय बाणिज्य बैंक मुगु शाखामा रहेको खाता नम्बर ४०६०००७५१५१० मा जम्मा गर्न सकिने छ ।