बाँके । एकै दिन नेपालगञ्जमा १६ जनालाई कोराना पुष्टि भएको छ । आज (आइतबार) पहिलो चरणमा ९ र पुनः ६ जना थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भन्यो ।
छिमेकी मुलुका भारतसँगको सिमाना जोडिएको बाँके जिल्लाको नेपालगञ्जमा कोरोना भाइरसको संक्रमणबाट जोगाउन लकडाउन गरिएको ३८ औं दिनमा शुक्रबार १ जनामा कोरोना संक्रमण पोजेटिभ भेटिएको थियो ।
को हुन् कोरोना संक्रमित ?
लकडाउन शुरु भएको ३८ औ दिनमा नेपालगन्ज ८ स्थित लाहनपुरवास्थित अन्सारी मस्जिदका मोअज्जीन (नमाज पठाउने व्यक्ति) पहिलो पटक नेपालगञ्जमै पहिलो पटक कोरोना भाइरसको संक्रमण भएको पुष्टी भयो ।
लामो समय संक्रमित व्यक्ती नभएको भन्दै आवतजावतमा समेत खुकुलो गरिएको नेपालगञ्जमा पहिलो पटकको पोजेटिभ रिपोर्ट आएपछि संक्रमितलाई खजुरा स्थित आइसोलेसन अस्पतालमा भर्ना गरियो । ६० बर्षका उनी एक महिनाअघि महेन्द्र बहुमुखी क्याम्पसस्थित क्वारेन्टाइनबाट भिडभाडमा निस्किएका थिए । भारतस्थित आफन्त भेटेर आएका उनलाई क्वारेन्टाइनमा राखिएपनि झण्डै ६ सय जनाको हुलमुलमा एक्कासी निस्किएको मौका पारेर उनी आफ्नो घर गएका थिए ।
मोअज्जीनलाई कोरोना देखिएपछि पुरै टोललाई शिल गरेर शनिबार ९० जनाको स्वाब संकलन गरिएको थियो । उक्त स्वाब परीक्षणका क्रममा आइतबार यो समाचार तयार पारुञ्जेल सम्म थप १६ जनामा कोरोना संक्रमण देखिएको छ ।
कोरोना संक्रमित उनकै परिवारका सदस्य हुन् वा टोलका बासिन्दा हुन् भन्ने बारेमा अहिलेसम्म केही बताइएको छैन् । आइसोलेसन अस्पताल खजुराका प्रमुख डा. प्रकाश थापाले पोजेटिभ भेटिएका १६ जनाको पहिचान गरी आइसोलेसन अस्पताल लगिएको जानकारी दिए ।
सात वर्षको बच्चामा पनि कोरोना संक्रमण
नेपालमा पहिलो पटक नेपालगन्जका एक सात वर्षका बच्चामा कोरोना संक्रमण भएको पुष्टि भएको छ। यस अघि १४ वर्षसम्मका व्यक्तिमा कोरोना संक्रमण पाइएको थियो।
उनीसमेत गरी नेपालगन्जमा कोरोना संक्रमित हुनेको संख्या १० पुगेको छ भने आइतबार मात्रै एकै दिन ९ जनामा कोरोना संक्रमण भएको पाइएको हो। जसमा ५ पुरुष र ४ महिला छन्। उनी अहिले पनि शनिबारदेखि पूरै टोललाई बनाइएको क्वारेन्टाइनमै बसेका छन्।
बाँकेमा पहिलो पटक कोरोना संक्रमित व्यक्तिले ट्युसन पढाउने महेन्द्र पार्क नजिकै रहेको नेपालगन्ज उपमहानगरपालिका ८ जोलाहनपूर्वाको इस्लामिया फैजुल इलम मदरमा अध्ययनरत बच्चामा कोरोेना संक्रमण भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए।
‘हामीले सुरुमा जोलाहनपूर्वाका व्यक्तिबाट नमूना संकलन लिन थालेका थियौं’, उनले भने, ‘परिवारका सदस्यको अलि ढिलो नमूना संकलन गरिएको थियो। परिवारका सदस्यको नमूना परीक्षण गर्न अझै बाँकी छ।’
शनिबार थ्रोट स्वाब संकलन गरिएका ९० जनाको परीक्षणमा नौ जनाको कोरोना पोजिटिभ र २१ जनाको नेगेटिभ रिपोर्ट आएको हो। अझैं ६० जनाको परीक्षण गर्न बाँकी नै छ।
६० जनामा परिवारका ७ जना सदस्य पनि छन्। उनीहरुलाई नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको छ।