भिमबहादुर परियार
हुम्ला । ,जिल्लाका ७ वटै गाउँपालिकामा रहेका विभिन्न क्वारेन्टिनमा ९ सय १६ जना नागरिकलाई राखिएको छ । जिल्ला प्रशासन कार्यालय हुम्लाले दिएको जानकारी अनुसार जिल्ला बाहिरबाट गएका उक्त नागरिकलाई क्वारेन्टिनमा राखिएको हो ।
कोरोना भाईरसका कारण लकडाउनको समयमा सरकारबाट उद्धार गरिएका वा नेपाल भित्र र बाहिरबाट आएका नागरिकलाई क्वारेन्टिनमा राखिएको सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालले जानकारी दिएका हुन् । जसमा भारतबाट बाजुरा हुँदै जिल्लामा आएका २२ जना रहेका छन् भने अरु सबै नेपालका विभिन्न सहरबाट आएका नागरिक रहेका छन् ।
जिल्ला बाहिरबाट आएका नागरिकलाई सरकारले निर्धारण गरेको अवधीसम्म विषेश निगरानीमा राख्ने व्यवस्था अनसार उक्त संख्याका नागरिकलाई क्वारेष्टिनमा राखिएको हो ।
सम्बन्धित नागरिक रहेको वडास्थित साम्दायिक विदालयमा राखिएको क्वारेन्टिनमा उक्त नागरिकलाई राखिएको सहायक प्रमुख जिल्ला अधिकारी हमालले जानकारी दिए ।
खानको लागि खाद्य संस्थानबाट चामल उपलब्ध गराएको बताएका हामालले उनीहरुलाई स्वास्थ्य परिक्षण गर्ने किटको अभावले अहिले सामान्य चेकजाँच मात्र गरिने काम भएको छ ।
जिल्लाको क्वारेन्टिनमा बस्नेमा चंखेली गाउँपालिकामा २ सय ६६ जना, सर्केगाड गाउपालिकामा ६२ जना, ताजाकोट गाँउपालिकामा १ जना, अदानचुली गाँउपालिकामा १ सय १९ जना, खार्पुनाथ गाँउपालिकामा १ सय ३६ जना, नाम्खा गाँउपालिकामा ८० जना र सिमकोट गाँउपालिकमा २ सय ५३ जना रहेका छन् ।
जसमा ६७ जना घर पठाई सकिएको छ ।