हुम्ला
सँधै विकट र दुर्गमताको प्रयााका रुपमा चिनिएको हुम्लालाई चिनाउ जिल्लाका स्थानीय तह केन्द्रित हुन थालेका छन् ।
पर्यटक प्रवद्र्धन र स्थानको पहिचना दिने कार्यक्रमहरु अघि सारेर जिल्लाका स्थानीय तह पर्यटन प्रवद्र्धनको क्षेत्रमा अघि बढेका छन् ।
जिल्ला पर्यटनको मुख्य आकर्षणको केन्द्र भएको निष्कर्ष निकाल्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रचार प्रसार गर्न स्थानिय तहले पयैटन विषेश कार्यक्रम ल्याउन थालेका हुन ।
पर्यटन प्रवद्र्धनको लागि कतै वृत्तचित्र निर्माण त कतैे पर्यटन महोत्सवको कार्यक्रमका साथ जिल्लाका स्थानीय तह पर्यटक क्षेत्रमा हस्तक्षेपकारी ढंगले अघि बढेका छन् । जिल्लाको सदरमुकाम समेत रहेको सिमकोट, छिमेकी मुलुक चिनको स्वाशासित क्षेत्र तिब्बतसँग सिमासँग जोडिएको नाम्खा र जिल्लाको मध्ये क्षेत्रको सर्केगाड गाउँपालिकाले पछिल्लो समयमा पर्यटन प्रर्वद्धनका क्षेत्रमा हस्तक्षेपकारी ढंगले अघि बढेका छन् ।
आन्तरिक तथा बाह्य पर्यटकलाई जिल्ला पुग्न जानकारी नभएकोले जिल्लाका पर्यटकिय क्षेत्र, धार्मिक स्थल र जैविक विविधता जस्ता क्षेत्रप्रति आकर्षण गर्न यस्तो कार्यक्रम ल्याएको स्थानिय तहका पदाधिकारीले बताउने गरेका छन् ।
सात वटा गाउँपालिका भएको हुम्लामा चिनको सिमामा रहेको नाम्खा गाउँपालिकाले यहि भाद्रको १९ र २० गते लिमी उपत्यकामा पर्यटन महोत्सवको तयारी गरिरहेको प्रमुख प्रशासकिय अधिकृत बमबहादुर सुनारले बताए । पर्यटन महोत्सवको निकै रप्mतारका साथ हाल तयारी भईरहेको सुनारको भनाई छ ।
जिल्लामा रहेका स्थानिय र राष्ट्रिय स्तरका पत्रकार, सम्पूर्ण कार्यलय प्रमुख, स्थानियवासी, विदेशी पाहुनालाई लक्षित गरी यो महोत्सव सञ्चालन हुने भएको गाउँपालिकाले दावी गरेको छ । स्वदेशी र विदेशी पर्यटकको मूख्य रोजाई रहने नाम्खा गाउँपालिकाको लिमि उपत्यकामा दुर्लभ वन्यजन्तु, पशुपंछी र सुन्दर वस्ती मुख्य आकर्षणको केन्द्र रहने छन् ।
लिमी उपत्यकामा बस्ने लामा जातीको विशेष परिहन, रहनसहन र चालचलन समेत पर्यटन महोत्सवमा लामा सँस्कृतीका झाँकी पनि आकर्षणका केन्द्र रहने बताईएको छ । यस भन्दा अघि सयौंको वृत्तचित्र र जडिबुटी, वन्यजन्तु र पशुपंछीको अध्ययन भएको यस गाउँमा जंगली चौंरी हाल विश्वमा नै दुर्लभ भएको जनावर फेला परेको छ ।
त्यसै गरी २० भन्दा बढी विश्वमा दुर्लभ भएका चराचुरुङ्गी पनि यस क्षेत्रमा पाईने गरेको छ । हुम्लाको हिमाल पारीको गाउँ भनेर चिनिने यस गाउँमा छुट्टै पहिचान सहितको चालचलनले आन्तरिक र बाह्य पर्यटकको मन जित्ने गरेको छ । यहाँबाट चिनको पुराङ्ग काउण्ट्रीमा रहेको पवित्र धार्मिकस्थल मानसरोवर कैलाशको पनि दर्शन गर्न सकिने भएकोले पनि अझ गाउँको महत्व बढेको छ ।
गाउँपालिकाको आर्थिक प्रवद्र्धन गर्नपनि यो महोत्सव सहायकसिद्ध हुने र गाउँपालिकाको मूख्य आयको रुपमा हेरिएको पर्यटन व्यवसायको प्रचारको लागि हाल तयारी भव्य भएको गाउँपालिका अध्यक्ष विष्णु लामाले बताए । ईसिमोडको आर्थिक सहयोग र हिमाली शिक्षा र विकासको व्यवस्थापनमा गाउँपालिकाको सहकार्यमा महोत्सव हुन लागेको बताएका गाउँपालिका अध्यक्ष लामाले रेडियो कर्णाली आवाजसँग भने “लिमी पर्यटन महोत्सव हुम्ला पहिचान दिलाउने कोषे ढुङ्गा सावित हुनेछ ।”
हाल हुम्लाको सिमकोट ट्रान्जिट हुँदै नाम्खा गाउँपालिकाको हिल्सा हेलिप्याडमा अवतरण गरी हजारौं विदेशी पर्यटक कैलाश मानसरोवर जाने गरेको भएपनि नाम्खा गाउँपालिकाको पर्यटकिय क्षेत्रको प्रचारप्रसार गरी आगामी दिनमा सम्वद्ध पर्यटकिय स्थल निर्माण गर्नलागि महोत्सव सुरु गर्ने तयारी गरिएको अध्यक्ष लामाले बताए ।
चालु आर्थिक वर्षमा अझै जिल्लाका पर्यटकिय स्थललाई विश्वमा वृत्तचित्र निर्माण गरी यसको दायरलाई फराकिलो बनाउनको लागि तयारी भईरहेको बताईएको छ ।
उता सदरमुककाम रहेको सिमकोट गाउँपालिकाले बुराउसेमा रहेको होमस्टेको केही प्रवधनात्मक कार्यक्रम सञ्चालन गर्ने र अन्इ कार्यक्रम सञ्चालन गर्ने गाउँपालिकाका प्रशासकिय अधिकृत अर्जुन दर्जीले बताए । उनका अनुशार हाल सामान्य रुपमा भएको होमस्टेलाई यही आर्थिक वर्षमा व्वस्थित बनाउँदै आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बनाइने छ ।
जिल्लाको मध्य क्षेत्रमा रहेको सर्केघार्ड गाउँपालिकाले पनि आप्mनौ क्षेत्रमा भएका पर्यटकिय क्षेत्रको प्रचार प्रसार र प्रवद्र्धन गर्न वित्तचित्र सहायक सिद्ध हुने भन्दै वृत्तचित्र बनाउने गाउँपालिकाका प्रशासकिय अधिकृत यज्ञश्वर पाण्डेले बताए ।
गाउँपालिका भित्रका सम्भावित पर्यटकिय क्षेत्र, त्यस क्षेत्र पुग्न आवश्यक पर्ने सामाग्री, मौसम र ऐतिहासिक तथा पौराणिक विषयमा जानकारी दिन वृत्तचित्र सहयोगि हुने भन्दै निर्माणमा जोड दिएको पाण्डे बताए ।
सर्केगाड गाउँपालिका अन्तरगत रहेका हिमताल, हिमाल, लोपोन्मुख जडिबुटी, त्यहाँ मनाईने साँस्कृतिक चालचलन, अपार जलभण्डार क्षेत्रका रुपमा चिनिएकोे सर्केगाड गाउँपालिकामा कर्णाली करिडोर मार्फत सडमसञ्जालमा छिटै जोडिने भएकाले पर्यटन क्षेत्रको पूर्वाधार निर्माणका रुपमा गाउँपालिकाले आप्mना गतिविधी अघि बढाउन थालेको अध्यक्ष कृष्ण रोकायाले बताए ।
सिमकोट हुँदै मुगुको रारा तालसम्म पैदल यात्रा गर्ने पर्यटक, कर्णाली नदीमा र्याफ्ङ्गि र कायाकिङ्ग गर्ने पर्यटकपनि सर्केगाड गाउँपालिकामा आउन सक्ने प्रमूख प्रशासकिय अधिकृत यज्ञश्वर पाण्डेको भनाई रहेको छ ।
हवाई माध्यमबाट जिल्लामा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई धेरै दिन सिमकोटमा रहन सक्ने वातावरण सिर्जना गर्न स्थानीय पर्यटकिय तथा धार्मिक क्षेत्रको पहचिान दिन वृतचित्रको निर्माण गरिने सिमकोट गाउँपालिकाले जनाएको छ । वृत्रभित्रलाई स्थानिय र राष्ट्रिय सञ्चारका माध्यममा प्रशारण गर्ने र युट्युबको माध्यमबाट सार्वजनिक गर्ने तयारी गरेको सिमकोट गाउँपालिकाका कार्यकारी अधिकृत अर्जुन दर्जीले बताए ।
त्यसका लागि सिमकोटले यस आर्थिक वर्षमा मात्रै ५ लाखको रकम विनियोजन गरेको छ । हरेक वर्ष आन्तरिक र बाह्य पर्यटक गरी हुम्लामा १५ देखी २० हजार पर्यटक भित्रिने गाउँपालिकाको तथ्याँक छ ।
जिल्लाका हरेक गाउँपालिकासँग सडक सञ्जाल विस्तार गरी यातायातको साधन सुचारु गर्न सकिएमा अझै पर्यटकको लहर फैलाउन सकिने अवस्था भएपनि हाल कर्णाली करिडोरको निर्माण हुँदै गरेकोले हुम्लालाई भर्जिन जिल्लाकै रुपमा विकास गरिँदै आएको यहाँका जानकारले बताउने गरेका छ्न । हुम्ला भ्रमणको लागि आउने पर्यटकलाई सहज हवाई टिकटको सहज व्यवस्था गर्न सकिए हुम्लाका स्थानिय तहले ठूलो फाईदा लिन सक्ने अवस्था रहेको छ । हाल ऐतिहाँसिक, पर्यटकिय, पर्यावरणिय र जैविक विविधताका हिसाबले पनि उपयुक्त क्षेत्रका रुपमा रहेको हुम्लालाई प्रवद्र्धनात्मक रुपमा पहिचना गराउँदै विद्यमान हुम्लाको बिम्ब सुधार गर्दै जाने हो भने हुम्लाको पर्यटकनले आफूलाई मात्र नभएर प्रदेश र संघिय सरकारलाई समेत ठूलो टेवा पुर्याउने देखिन्छ ।