काठमाडौं। नेपालमा आज, ३० वैशाखमा एकैदिन ८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अबेर राति विज्ञप्तिमार्फत् यसको पुष्टि गरेको हो।
मन्त्रालयले थप २६ जनामा संक्रमण भएको पुष्टि गर्दै आजसम्म देशभर २१७ जनामा संक्रमण देखिएको जनाएको छ। आज बिहान मात्र ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंको प्रयोगशालामा गरिएको परीक्षणमा राति १०स्१५ बजेसम्मको तथ्यांकअनसार थप २६ जनामा संक्रमण पुष्टी भएको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बताएका छन्।
पर्सामा मात्र १८ जना थपिएका छन्। यसअघि आज पर्सामा ३९ जनामा कोरोना भाइरस संक्रमण देखिएको थियो। मन्त्रालयका अनुसार पर्सामा ६ महिला र १२ पुरुषमा कोभिड(१९ पुष्टि भएको हो। यसमा २२, २८, २८, ३२, ४५, ६० वर्षका महिला र १६, २२, २४, २५, २५, २८, २८, ३२, ५९, ५५, ६१, ६१ वर्षका पुरुष छन्। यसैगरी, महोत्तरीमा १६ र ३५ बर्षीय पुरुष, धनुषामा २० वर्षीय महिला र ४० बर्षीय पुरुषमा संक्रमण देखिएको छ। सर्लाहीका ४५ वर्षीय एक पुरुषमा कोरोना संक्रमण देखिएको छ।
भक्तपुर र काठमाडौंमा पनि भेटिए नयाँ संक्रमित
मन्त्रालयका अनुसार काठमाडौं र भक्तपुरमा पनि संक्रमित थपिएका छन्। काठमाडौंमा ३३ वर्षीय महिला र भक्तपुरमा २५ बर्षीय महिला र २७ वर्षीय पुरुषमा संक्रमण देखिएको मन्त्रालयका सहप्रवक्ता डा। अधिकारीले बताएका छन्।
संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरू स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको डा।अधिकारीले बताएका छन्।
दुई पत्रकार पनि संक्रमित
यसअघि मंगलबार ५७ जनामा संक्रमण देखिएको थियो । उनीहरू मध्ये ३९ जना पर्साका थिए । त्यसमध्ये २५ जना वीरगञ्ज महानगरपालिकाका थिए । उनीहरु छपकैया, इनरवा, घुसुकपुर र नग्वा क्षेत्रका हुन् । र, १२ बर्षदेखि ५३ बर्ष उमेरका छन् ।
दुई जना वीरगञ्जका पत्रकार समेत छन् । नेपालमा पहिलो पटक पत्रकारमा संक्रमण पुष्टि भएको हो ।
यस्तै छिपरमाई गाउँपालिकाको मंगल माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसका १४ जना संक्रमित छन् । उनीहरु १३ वैशाखमा बागलुङबाट पर्सा आइपुगेका थिए । बाराको बिश्रामपुर गाउँपालिकाका संक्रमित १४ बर्षीय किशोर हुन् । छपकैयाका संक्रमितको कट्याक ट्रेसिङका क्रममा उनको थ्रोट स्वाब संकलन गरिएको थियो ।
कोरोना संक्रमितको संख्या बढेसँगै पर्सा र बारा प्रशासनले निषेधाज्ञा समेत जारी गरेका छन् ।