एजेन्सी । कोरोना भाइरस (कोभिड-१९) प्रभावित पारेको विश्वको पहिलो शहरका रुपमा रहेको अमेरिकाको न्युयोर्कमा डिजिटल बोर्ड ट्रम डेथ क्लक शुरु भएको छ ।
औपचारिक तथ्याङ्क अनुसार अहिलेसम्म ८५ हजार १९७ जनाको मृत्यु भएको अमेरिकामा २७ हजार २ सय ९० जना न्युयोर्कका मात्रै रहेका छन् ।
न्युयोर्क राज्यको म्यानहाटनस्थित टाइम्स स्क्वायरको एक भवनको टुप्पोमा नयाँ बोर्ड जडान गरेर शुरु भएको डेथ क्लकलाई लिएर अहिले शंशार भर निकै आश्चर्यका साथी हेरिएको छ । डिजिटल बिलबोर्डमा अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको अध्यावधिक संख्या देखिन्छ । यो कुनै सरकारले जडान गरेको वा आवश्यकताका लागि भनेर जडान गरिएको भने होइन ।
संसारकै चर्चित पर्यटकीय गन्तब्य न्युयोर्कको म्यानहाटनको गगनचुम्बी भवनको टुप्पोमा बोर्ड राख्नुलाई धेरैले आश्चर्य मानिरहेका छन् । यो बोर्डको नाम देशकै राष्ट्रपतिको नामबाट राखिएको छ ।
‘ट्रम्प डेथ क्लक’ नाम दिइएको यो बोर्ड फिल्म निर्माता युजिन जरेकीले डिजाइन गरेका हुन् । डिजिटल बोर्डलाई ‘ट्रम्प डेथ क्लक’ नाम राख्नुको कारण उनले भनेका छन्, ुराष्ट्रपति डोनाल्ड ट्रम्पले समयमा नै कोरोनालाई सकारात्मक सम्बोधन गरेको भए अमेरिकामा धेरै मानिसको मृत्यु हुने थिएन ।त्यसैले यो बोर्ड राखिएको हो ।ु
५६ फिट लम्बाइको बोर्डमा अमेरिकामा मृत्यु हुनेको संख्याको साथमा ट्रम्प प्रशासनको फितलो ब्यबस्थापनको कारणले मृत्यु हुनेहरुको अनुमानित संख्या समेत देखाइने गरेको छ ।
अमेरिकामा मंगलवार ८० हजार ६ सय ८४ को मृत्यु हुँदा ‘ट्रम्प डेथ क्लक’ मा ४८ हजार ६ सय ६८ को मृतकको संख्या देखाएको थियो ।
शुक्रबार जडान गरिएको उक्त घडिका परिकल्पनाकार जरेकीले ट्रम्पले समयमा नै कोरोनालाई सम्बोधन गरेको भए अहिलेको क्षति नहुँने दावी गर्छन् ।
जरेकीले मार्च १६ मा बन्द गर्ने विद्यालय र मार्च १६ देखि लागू गरिएको सामाजिक दूरीको नियम चाँडै लागू गरिएको भए धेरै क्षति नहुने दावी गर्छन् ।
हाल अमेरिकामा ६० प्रतिशत थप मानिसको मृत्यु राष्ट्रपतिको गैह्र जिम्मेवारीको कारण भएको दावी छ । जरेकी सण्डेन्स फिल्म फेस्टिबलमा दुई पटक अवार्ड विजेता व्यक्ति हुन् ।