काठमाडौं। सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ, शिक्षा, कृषि, रोजगारी र आर्थिक पुररुत्थान सरकारको मुख्य प्राथमिकता भएको बताएकी छन्।
संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति भण्डारीले विकासका निर्माणको लक्ष्यमा कोरोना महामारीले असर गरेको बताइन। आगामी वर्षमा सरकारकारको मुख्य प्राथमिकता फेरिएर स्वास्थ, शिक्षा, कृषि, रोजगारी र आर्थिक पुररुत्थानमा केन्द्रित भएको उनको भनाइ छ।
सरकाले कोभिड(१९ ले पारेको प्रभावको अध्ययन गरिरहेको र त्यसकैको आधारमा आगामी दिनमा आवागमन सुचारु गर्ने, विकासका गतिविधि नियमित गर्ने योजना बनाइने राष्ट्रपति भण्डारीले बताइन्।
त्यसैगरी, श्रमिक, साना किसान, विपन्न वर्गलाई लक्षित गरी स्वास्थ्य, शिक्षा र रोजगारी सिर्जनाका विशेष कार्यक्रम सञ्चालन गर्ने सरकारको योजना रहेको उनले बताइन। महामारी लामो समयसम्म फैलिएमा सरकारका यी कार्यक्रमलाई पनि पुनःप्रथामिकीकरण गरेर लैजाने उनको भनाइ छ।
नेपालमै विश्वस्तरीय स्वास्थ्य र शिक्षा पाउने व्यवस्था मिलाउने र त्यसमा लगानीका लागि निजी क्षेत्रलाई समेत प्रोत्साहन गर्ने सरकारको नीति भएको उनले बताइन्। निरोगी नेपाल निर्माणको मूल नारा लिएर सरकारले काम गरिरहेको उनले संसदलाई जानकारी गराइन्।
नेपालको कृषि क्षेत्रलाई आत्म निर्भर र व्यवसायिक बनाउने नीति सरकारको रहेको राष्ट्रपति विद्यादेवी भण्डारीले बताइन् । नीज.जि बाँजो जग्गा, कान्लामा समेत तरकारी, विरुवा लगायन र शहरी क्षेत्रमा गमला र कौशी खेतीलाई प्राथमिकता प्रदान गरिने सरकारी नीतिलाई सहयोग गरिन ।