सुर्खेत । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कर्णाली प्रदेश सहइन्चार्ज यमलाल कँडेलले कोरोना भाइरस (कोभिड १९) को संकटको वेला कर्णाली प्रदेश सरकारले उद्धारका नाममा आप्mनो वरिपरी घुम्ने, निमित भेटघाट गर्ने र हात मिलाउनेलाई मात्रै पोस्ने काम भएको आरोप लगाएका छन् ।
कर्णाली प्रदेशसभाको आइतबार देखी शुरू भएको बजेट अधिवेशनलाई संबोधन गर्दै प्रदेशसभा सदस्यसमेत रहेका नेता कंडेलले प्रदेश सरकारले संकटको वेला गरेका सत्रियताका र गरेका कामका आधारमा आफूले गरेको दुई महिनाको अनुभवबाट यस्तो देखिएको बताए ।
एउटा किसान खेतबारीमा जान नपाएर घण्टौ चोकमा बस्नुपर्ने अवस्था भएको तर राहतको नाममा केही व्यवसायीहरूले कमाउ धन्दा चलाएको उनको भनाई थियो । बिपतिको बेला सामाजिक विसंगति, बिकृती बढ्दै गएको र यसको नियन्त्रणमा लाग्न प्रदेश सरकारलाई उनले सुझाव दिए ।
सिमित साधनका बाजजुदका पनि केही कामहरू भएको तर त्यसलाई व्यवस्थित गर्न नसक्दा पछिल्ला दिनहरू भयावह हुने उनको भनाई थियो । उनले जथाभावी बजेट बाँडने काम गलत भएको बताए । ‘कति दिन हो कोरोना आतंक हुने, फिक्स छैन,’ उनले भने, ‘ढुकुटी सकिदै गयो भने हामी कहाँ जाने ? तपाईले बाँडेका पैसा खर्च गर्न नसकिने भनेकै बेलामा पैसा गयो त । दामासाहीको रुपमा हामीलाई पैसा आउँछ । जथाभावी पैसा बाँडदै गएको खण्डमा समस्या हुन्छ । ख्याल गर्नुहोस ।’
एक्लै घुम्दा कोरोना भेटिन्छ कि भन्ने सोचेर समुहमा घुम्न गएको भन्दै सरकारले गरेको निर्णइ निकै अपरिपक्क भएको उल्लेख गरेका नेता कंडेलले सामाजिक दुरी कायम गरेर भएपनि काम गर्नुपर्ने बताए । ‘बन्दाबन्दीबाट निश्चित व्यक्तिले फाइदा लिएका छन् । निर्माण सामाग्री प्रयोग भइरहेका छैनन्, मूल्य बढेको बढ्यै छ । यसमा सरकारले समन्वय गर्न आवश्यक छ । क्वारेन्टाइनमा लट अनुसार राखौं,’ उनले थपे ।
सरकारले राहत र उद्धारका नाममा गरेको खर्चप्रति संकेत गर्दै कँडेलले भने
तपाईले वितरण गरेको ढुकुटी कहिलेसम्म वितरण गर्ने हो ? वितरण गर्न जान्नु भयो त म भन्न सक्दिन तर खर्च गर्न सक्दैन भन्दाभन्दै बजेट किन जाँदैछ ? । आफैले गरेको निर्णयको कार्यान्वयन पक्षमा निकै फितलो भएको बताउँदै कँडेलले सरकारले लगाएाके बन्दाबन्दीमा सरकारका मन्त्रीहरु सामाजिक दूरी कायम गर्ने भन्ने नाममा नारा जुलुस गर्ने, अंकमाल गर्ने प्रवृती राम्रो नभएको टिप्पणी गरे ।