ठमाडौं । स्वास्थ्य तथा तथा जनसंख्या मन्त्रालयले आज एकैदिन ९० जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७७२ पुगेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ३५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाको छ । रुपन्देहीको प्रदेशिक प्रयोगशालामा गरिएको परीक्षणमा ७ जनामा पोजेटिभ देखिएको छ । सेती प्रयोगशालामा गरिएको परीक्षणमा २ जनामा पोजेटिभ देखिएको छ ।
सुर्खेत प्रदेशिक अस्पतालमा गरिएको परीक्षणमा १२ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरण अनुसार पीसीआर विधिबाट कुल ५४ हजार ४ सय २४ वटा नमुना परीक्षण गरिएको छ । आरडीटी विधिबाट कुल ९७ हजार ९ सय ६७ जनाको परीक्षण गरिएको छ ।
नेपालगंजमा थप ७ जनामा पनि कोरोना संक्रमण देखिएको छ । उनीहरूको भेरी अस्पतालमा गरिएको परीक्षणमा नमुना परीक्षणमा उनीहरूमा कोरोना पोजेटिभ देखिएको छ ।
२४ घण्टाको अवधिमा पीसीआर विधिबाट ३ हजार ७ सय ८२ नमुना परीक्षण गरिएको छ । आरडीटी विधिबाट २ हजार ७ सय ७५ जनाको परीक्षण गरिएको छ ।
प्रदेश १ बाट ३६ जना, प्रदेश २ बाट ७६ जना, बागमती प्रदेशबाट ११ जना, गण्डकी प्रदेशबाट २ जना, प्रदेश ५ बाट ३५ जना र सुदूरपश्चिम प्रदेशबाट ५ जना गरी कुल १ सय ५५ जना संक्रमित उपचारपछि डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो विवरणअनुसार ५५ हजार २ सय ८२ जना क्वारेन्टाइनमा रहेका छन् । क्वारेन्टाइनमा बस्नेको संख्या अहिलेसम्मकै उच्च रहेको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।