सल्यान । कोरोना संक्रमणको लक्षण देखा पर्ना साथ संक्रमितलाई अस्पताल लैजानु पर्ने हो । अझ संक्रमण पुष्टी भएपछि त क्वारेन्टाइनमा राख्नै हुँदैन तर कर्णालीको कालीकोट र सल्यानमा शनिबार कोरोना संक्रमण पुष्टी भएका ४३ जनालाई अझै क्वारेन्टाइनमा राखिएको छ ।
कालीकोट शुभकालिका र महावै गाउँपालिकाका कोरोना संक्रमित तिलागुफा नगरपालिका–६ सत्यदेवी माध्यमिक विद्यालयको क्वारेन्टाइनमा रहेका छन । १८ जना कोरोना संक्रमितसँगै अहिले विद्यालयमा १ सय २६ जना रहेका छन्न।
कोरोना संक्रमितहरुसँगै विद्यालयमा अहिले १ सय ३६ जना रहेको कोरोना संक्रमित छुट्टै नराख्दा अहिले अरुमा कोरोना संक्रमणको डर बढेको शुभकालिका गाउँपालिका अध्यक्ष खडानन्द चौलागाईले बताए । ‘संक्रमितसँगै अन्यलाई एउटै ठाउँमा राखिएको छ ।’ उनले भने,‘संक्रमितलाई अलग्गै नराख्दा अरुमा संक्रमणको डर रहेको छ ।’
आफुले कोरोना संक्रमितलाई आइसोलेसन भर्ना गर्नका लागि प्रदेश सरकार अन्य अस्पतालमा प्रयास गरिरहेको अध्यक्ष चौलागाईले बताए ।कोरोना संक्रमितलाई जिल्ला अस्पतालको आइसोलन भर्ना गर्ने वा जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा भर्ना गर्ने विषयमा छलफल भइरहेको जिल्ला स्वास्थ्य सेवा कार्यालय कालिकोटका सूचना अधिकारी कटकबहादुर महतले बताए । ‘कोरोना संक्रमितलाई कहाँ अस्पतालमा भर्ना गर्ने भन्ने बिषयमा अहिले छलफल भइरहेको छ ।’ उनले भने,‘जुम्ला वा जिल्ला अस्पताल कालिकोट कहाँ उपचार गर्ने भन्ने बिषयमा छलफलपछि मात्र थाहा हुन्छ ।’
सल्यानका २५ संक्रमितसँगै ३ सय ९३ क्वारेन्टाइनमा
सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा संक्रमित २५ जना कोरोना संक्रमित अहिले बनगाड क्याम्पस र प्रभाकर माध्यमिक विद्यालय क्वारेन्टाइनमा रहेका छन । शनिवार साझ कोरोना संक्रमण पुष्टी भएपनि आइतवार ११ बजेसम्म उनीहरुलाई कहाँ लैजाने भन्ने अलमल छ । भारतबाट जेठ ८ गते आएका ३ सय ९३ जनालाई बनगाढ कुपण्डिे नगपालिकाको दुई वटा शैक्षिक संस्थामा क्वारेन्टाइनमा राखिएको थियो । भारतबाट आएर बनगाड क्याम्पस र प्रभाकर माध्यमिक विद्यालयको क्वारेनटाइनमा रहेका ३ सय ९३ जनाको पीसिआर चाँजको लागि स्वाब संकलन गरिएकोमा २५ जनामा कोरोना संक्रमण देखिएको हो ।
जिल्लामा भारत लगायत अन्य मुलकबाट आएका मध्ये ७ सय ६७ जनाको पीसिआर गरिएको छ । ती मध्ये ९६ जनामा गरिएको परीक्षणमा शनिबार २५ जनामा संक्रमण पुष्टी भएको छ । बाँकीको परीक्षण नै भएको छैन । नगर प्रमुख गोबिन्द पुनले तत्कालै अस्पताल पठाउनुपर्ने भएपनि अझै टुंगो लागी नसकेको बताए ।
प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले संक्रमित मध्ये १० जनालाई जिल्ला अस्पतालको आइसोलेशन र १५ जनालाई सर्खेत पठाउने तयारी भइरहेको जानकारी दिए ।
जेठ ८ गते सार्वजनिक बस चढी आएका थिए संक्रमितहरु बन्दाबन्दीको बिचमा यही जेठ ८ गते संक्रमितसहित झन्डै ४ सय एकैदिन जिल्ला भित्रिएका थिए । झन्डै २० देखि २५ गाडीमा आएका सबै विनास्वास्थ्य परीक्षण जिल्ला भित्रिएका थिए ।