काठमाडौं । कोरोना भाइरस ९कोभिड-१९० को संक्रमणबाट विश्वभर ६३ लाख ६२ हजार १४० जना संक्रमित भएका छन् भने ३ लाख ७७ हजार १५२ जनाको मृत्यु भएको छ ।
वर्ल्डओमिटरका अनुसार उपचार गराइरहेका ३० लाख ८४ हजार ८४४ जना मध्ये ५३ हजार ४०७ जनाको स्वास्थ्य अवस्था जटिल रहेको छ भने २९ लाख १४४ जना उपचार पछि निको भएर घर फर्केका छन् ।
संयुक्त राज्य अमेरिकामा १८ लाख ५९ हजार ३१५ जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ भने १ लाख ६ हजार ९२५ भन्दा धेरैको ज्यान गएको छ ।
ब्राजिलमा कोरोना संक्रमितको संख्या ५ लाख २९ हजार ४०५ पुगेको छ भने ३० हजार ४६ भन्दा बढिको मृत्यु भइसकेको छ ।
रसियामा कोरोनाबाट संक्रमित हुनेको संख्या ४ लाख १४ हजार ८७८ पुगेको छ भने मृत्यु हुनेको संख्या ४ हजार ८१५ पुगेको छ ।
स्पेनमा २ लाख ८६ हजार ७१८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ भने २७ हजार १२७ भन्दा बढीको मृत्यु भइसकेको छ ।
त्यस्तै बेलायतमा कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार ३३२ पुगेको छ । त्यहाँ ३९ हजार ४५ भन्दा बढिको मृत्यु भएको जनाएको छ ।
इटालीमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ३३ हजार १९७ पुगेको छ भने मृत्यु हुनेहरुको संख्या ३३ हजार ४७५ पुगेको छ ।
त्यस्तै फ्रान्समा कोरोनाबाट संक्रमित हुनेको संख्या १ लाख ८९ हजार २२० पुगेको छ । त्यहाँ २८ हजार ८३३ भन्दा बढिको मृत्यु भइसकेको छ ।
यस्तै भारतमा १ लाख ९८ हजार ३७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने मृत्यु हुनेहरुको संख्या ५ हजार ६०८ पुगेको छ ।