एजेन्सी । संयुक्त राज्य अमेरिकाको टेक्सास प्रान्तस्थित हस्टन शहरका एक प्रहरी अधिकारीले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अहिले भइरहेको आन्दोलनबारे आफ्नो मुख बन्दै राख्न सुझाव दिएका छन्। ट्रम्पले गर्भनरहरूलाई आन्दोलन दबाउन सुझाएपछि उनले त्यस्तो सुझाव दिएका हुन्।
गर्भनरहरूले अनन्दोलनलाई नियन्त्रमा लिन सकेजति कडा बन्ने जुक्ति सुझाउँदै ट्रम्पले ट्वीटमा लेखेका थिए( ‘जब लुटपाट हुन्छ तब गोली चल्न थाल्छ।’ त्यही ट्वीटको प्रतिक्रिया दिँदै हस्टनका प्रहरी प्रमुख आर्ट एक्भेडोले त्यस्तो प्रतिक्रिया दिएका हुन्।
१२ जेठ ९२५ मे० मा मिनेसोटाको मिन्नेपोलिस शहरका अधिकारीहरूबाट एक अश्वेत नागरिक जर्ज फ्लोयडको निधन भएपछि अमेरिकाभर आन्दोलन उठेको छ। प्रदर्शनकारीहरूले विभिन्न स्टोरहरू लुटपाटसमेत गरेका छन् भने प्रहरीमाथि आक्रमण गरेका छन्।
“अमेरिकाका राष्ट्रपतिलाई यो देशका प्रहरी प्रमुखहरूको तर्फबाट म भन्न चाहन्छुः रचनात्मक सुझाव दिन सक्दैनौ भने कृपया आफ्नो मुख बन्द राख”, सीएनएनसँगको कुराकानीमा एक्भेडोले भनेका छन्।
१९ जेठमा गर्भनरहरूसँगको भिडिओ कन्फ्रेन्समा राष्ट्रपति ट्रम्पले गर्भनरहरूसँगको राष्ट्रव्यापी आन्दोलनलाई नियन्त्रणमा लिन नसकेको भन्दै आलोचना गरेका थिए। उनले गर्भनरहरूलाई ‘कमजोर’ भएको आरोप लगाउँदै आन्दोलन दबाउन उनीहरूले ‘नेसनल गार्ड’ प्रयोग गर्न सक्ने सुझाव दिएका थिए। नेसनल गार्ड अमेरिकाको आन्तरिक मामिलामा परिचालन हुने सेना हो।
“उनीहरूलाई दबाउनुपर्छ। यदि तपाईं उनीहरूलाई दमन गर्नुहुन्न भने समय बर्बाद गर्नुहुन्छ। उनीहरू तपाईंमाथि हाबि हुन्छन्”, ट्रम्पले गर्भनरहरूसँग भनेका थिए।
एक्भेडोले ट्रम्पले २१(२२ वर्षका युवाहरूको जीवन जोखिममा पारेको आरोपसमेत लगाएका छन्।
“यो दमन गर्ने विषय होइन। यो मन र मस्तिष्क जित्नुपर्ने बेला हो। स्पष्ट बनौं, हामी दयालुपन र कमजोरीबीच अलमल छैनौं”, सीएनएनसँगको कुराकानीमा एक्भेडोले भने, “यदि तपाईंसँग भन्ने कुरा केही छैन भने नबोल।”
“अहिले हामीलाई नेतृत्वको सबैभन्दा ठूलो खाँचो छ र नेतृत्वको आधारभूत विशेषता भनेकै रचनात्मक सुझाव दिने हो। यो हलिउड होइन, अहिले साँच्ची नै मानिसहरूको जीवन जोखिममा छ”, उनले टिप्पाणी गरेका छन्।
प्रहरी अधिकारी डेरेक चाउभिनले फ्लोयडलाई नक्कली २० डलर प्रयोग गरेको भनेर नियन्त्रणमा लिएका थिए। उनले हतकडी लगाइसकेपछि पनि उनको घाँटी अठ्याएका थिए।
प्रत्यक्षदर्शीले उनलाई छोड्दिन चिच्याइरहेको थिए र फ्लोयडले सास फेर्न गाह्रो भयो भनेर अत्तालिइरहेको भिडिओ सार्वजनिक भएपछि आन्दोलन शुरू भएको हो। अमेरिकामा यसैगरी प्रहरी(प्रशासनले अश्वेत(अमेरिकीलाई दुर्व्यवहार गर्ने भन्दै देशैभर आलोचना भइरहेको छ।