सुर्खेत । प्रमुख प्रतिपक्ष दल नेपाली कंग्रेसका कर्णाली प्रदेश संदिय दलका नेता जीवनबहादुर शाहीले कारोना भाइरसको संकटमा प्रदेश सरकारले भ्रष्टाचार गरेको आरोप लगाए ।
कर्णाली प्रदेश सरकारका काम कारबाहीका बारेमा आप्mनो धारणा प्रस्तुत गर्न आयोजना गरेको भर्चुअल (जुम) पत्रकार सम्मेलनमा नेता शाहीले यस्तो आरोप लगाएका हुन् ।
कोरोना भाइरसको संक्रमणलाई बढ्न नदिन दुई महिनाको यथेष्ठ समय हुँदाहुँदै पनि प्रदेश सरकारले प्रभावकारी तयारीको काम नगरेको आरोप लागाउँदै नेपाली कंग्रेसका केन्द्रिय सदस्य समेत रहेका नेता शाहीले सरकारले हरेक काममा मौखिक र लिखित रुपमै भ्रष्टाचार गरेको दावी गरे ।
'लकडाउन (बन्दाबन्दी)को समयमा संघीय सरकारले विभिन्न नीति बनायो तर कर्णाली प्रदेश सरकारले त्यस्तो कुनै नीति बनाएन', शाहीले भने, 'बिहान निर्णय गर्ने वेलुका निर्णयको उल्लंघन गर्ने सरकारले कोरोना भाइरसको संकटमा मौखिक र लिखित रुपमा भ्रष्टाचार गर्यो ।'
चालु आर्थिक वर्ष सकिन लाग्दा प्रदेशको विकासे बजेट चैत मसान्तसम्म ९ दशमलव ०३ प्रतिशत मात्रै खर्च भएको उल्लेख गरेका शाहीले कर्णालीमा सरकारबाटै लकडाउनको नीयम उल्लंघन भएको अरोप लगाए । 'लकडाउन (बन्दाबन्दी) को समयमा सामाजिक विकास मन्त्रालयबाट पिसिआर नगरेका व्यक्तीको नाममा नक्कली रिर्पोट बनाउने काम भयो', उनले भने, 'उद्धारका नाममा आफन्त र आप्mनो निर्वाचन क्षेत्रलाई मात्रै केन्द्रित गरेर अलपत्र परेकालाई लिने र खुवाउने कामले पनि प्रदे सरकारले गरेको भ्रष्टाचारलाई सहजै बुझ्न सकिन्छ ।'
प्रदेश सरकारबाट विभिन्न क्षेत्रमा गरेको चिकित्सकको व्यवस्थाप्रति असन्तुष्टि जनाएका शाहीले पछिल्लो पटक आफूले निर्वाचन जित्नमा सरकारका काम केन्द्रित रहेको उल्लेख गरे ।
चीनको वुहानको जस्तो प्रतिकार्य योजना बनाउने उद्घोष् गरेको कर्णालीमा सरकारकै अपरिपक्वताका कारण पछिल्लो अवस्था आएको दावी गरेको उनले बाहिरबाट प्रदेशमा भित्रिएकालाई तत्काल आरडिटि र पिसिआर परिक्षण गर्नुपर्ने माग गरे ।