सुर्खेत । कर्णाली प्रदेशमा थप ११६ जनामा कोरोनाको संक्रमण भएको पुष्टि भएको छ ।
प्रदेश अस्पतालरपशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा कोरोनाका थप १६ जना संक्रमित भेटिएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।
महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीका अनुसार प्रदेश अस्पताल÷पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेत गरिएको परीक्षणमा दैलेखका १० जना, सल्यानका ५ जना र सुर्खेतका १ जना संक्रमित भेटिएको हो । कर्णाली प्रदेशमा हालसम्म संक्रमितको संख्या ६५७ पुगेको छ ।
६५७ संक्रमितमध्ये दैलेखमा ३६७, सुर्खेतमा ९२, सल्यानमा १२४, जुम्लामा २२ कालिकोटमा २८, मुगुमा २, डोल्पा १ हुम्लामा १ र जाजरकोटमा ५ जना कोरोना संक्रमित रहेका छन् ।
कर्णाली प्रदेशमा बाहिरी जिल्लाका बाजुरा १, अछाम १०, बझाङ १ जना, हुम्ला १, जाजरकोट १, रामेछाप १ र गोरखा १, रहेका छन् । कोरोनाका कारणले कर्णालीमा तीन जना मृत्यु भएको छ ।