सुर्खेत । मंगलबार बिहान कालिकोटको नरहरिनाथ गाउँपालिका–१ लालीघाटमा टिपर दुर्घटनाको कारण चालकसँग यात्रुको विवाद भएको खुलेको छ । भारतबाट आएका आएका यात्रुलाई रास्कोट नरपालिकाले क्वारेन्टाइनमा राख्नका लागि टिपरमा लैजादै गर्दा दुर्घटना भएको हो ।
भारत गुजरातबाट आएका १८ जना र भारतका अन्य ठाउँबाट आएका २१ जनालाई रास्कोट नगरपालिकाले लालीघाट बजारबाट रास्कोट नगरपालिकासम्म लैजानका लागि रास्कोटमा लैजानका लागि टिपर आएको टिपरमा यात्रारत रास्कोट नगरपालिका–१ दानबहादुर बमले बताए । ‘समान बढी थियो ।
सबैलाई एक पटक जानुहुन्न भन्ने बिषयमा विवाद भएको हो ।’ उनले भने,‘हामीले बाटो अप्ठयारो भएका कारणले एकै पटक सबै यात्रु जानुहुँदैन भन्यो । तर, चालकले सबैसँगै लैजान खोजेँ म टिपर ओर्लिए लगत्तै दुर्घटना भयो ।’
टिपर चालक रंगनाथ सिंम्खडासँग यात्रुको विवाद भएको कुरा जानकारी आएको, दुर्घटना पश्चात चालक फरार रहेको र अहिले प्रहरी पक्राउ गरेर घटनाका बिषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख श्यामबाबु ओलियाले बताए ।
‘घटनाका अनुसन्धान भइरहेको छ । दुर्घटनामा बिषयमा अनुन्धानपछि मात्र थाहा होला ।’ उनले भने,‘अहिले यसै भन्न मिल्दैन् ।’
घटनामा परि २ जनाको मृत्यु भएको ३ जना नदीमा वेपत्ता भएको र ८ जना घाइतेका भएको रास्कोट नगरपालिका प्रमुख काशीचन्द्र बरालले बताए । ‘घटनाका बिषयमा चालकलाई समातेर अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ ।’ उनले भने,‘चालक र यात्रुहरु विवाद भएको मैले पनि जानकारी पाएको छु ।’
नगर प्रमुख बरालका अनुसार अहिले अन्यलाई रास्कोट नगरपालिकाले स्थापना गरेको क्वारेन्टाइनमा राखिएको बताए ।
गम्भीर घाइतेको हेलिकप्टरबाट उद्दार
घटनामा परि गम्भीर घाइतेका दुई जनालाई कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही आफै हेलिकप्टरमा गएर उद्दार गरेका हुन् ।
गम्भीर घाइते भएका दुई जनामध्ये एक महिला र एक जना पुरुष रहेको रास्कोट नगरपालिका प्रमुख बरालले जानकारी दिए ।