काठमाडौं। कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्यामा २७९ जना थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सातवटै प्रदेशबाट संकन गरेको विवरण अनुसार पछिल्लो २४ घण्टामा उक्त संख्या पिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा गरिएको नमूना परीक्षणमा क्रममा नयाँ संक्रमित थपिएका हुन्।
यो सँगै नेपालका ७२ जिल्लाका गरेर देशभर कोरोना संक्रमितको संख्या चार हजार ३६४ पुगेको छ। जसमा ४०५५ पुरुष र महिला ३०९ जना रहेको मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।
उनका अनुासर नयाँ संक्रमित मध्ये मोरङका ८, झापाका ५, चितवनका २, उदयपुरका ४, नवलपुरका १, सर्लाही २७, कपिलवस्तुका ४८, नवलपरासी पश्चिम ५, पाल्पाका १२, प्युठान ६, रुपन्देही ७, बाँके ३, बर्दिया १, सप्तरीका ६, दैलेखका २५, जाजरकोटका ३, सुर्खेतका ९, दार्चुलाका १, कैलालीका १२, कञ्चनपुरका २, डडेल्धुराका १, धादिङका १६, धनुषाका ११, गोरखा ४, नुवाकोटका १, रौतहटका ५३, सिन्धुपाल्चोकका २, सिरहाका १ जना छन्।
'आजसम्म नेपालका विभिन्न स्थानमा रहेका आइसोलेसनमा ३६७५ जना छन्प्र' वक्ता प्राध्यापक डाक्टर गौतमले भने, 'कोरोनाकै कारण अहिलेसम्म मृतकको संख्या १५ पुगेको छ भने ६७४ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन्।'
पछिल्लो २४ घण्टामा ४४१४ पीसीआर र ६७२२ वटा आरडीटी विधिबाट नमुना परीक्षण भएका छन्। आजसम्म एक लाख १० हजार ७४४ पीसीआर र एक लाख ७२ हजार ८८० आरडीटी विधिबाट नमूना परीक्षण भएका छन्।
देशैभर आजसम्म क्वारेन्टाइनमा एक लाख ७२ हजार २६६ जना छन्।