सुर्खेत । कर्णाली प्रदेशमा बिहीबार (आज) थप ५५ जनामा कोरोना भाइरस (कोभिड(.१९) को संक्रमण पुष्टि भएको छ ।
प्रदेश राजधानी सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपक्षी रोग अन्वेषण केन्द्रको प्रयोगशालमा भएको परीक्षणबाट थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
थपिएका संक्रमितमध्ये दैलेखका ४८ जना, सुर्खेतका ६ जना र काठमाडौंका एकजना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका डा। लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।
दश वटा जिल्ला भएको कर्णालीमा रुकुमपश्चिम बाहेकका नौ वटा जिल्लामा यो सँगै कर्णालीमा कोरोना संक्रमितको संख्या ७६३ पुगेको छ । रुकुम पश्चिममा भने हालसम्म कोरोना संक्रमण देखिएको छैन ।
दैलेखको डुंगेश्वर पाउँपालिका वडा नं.१, ३, ४, ५ र ६ का ६ महिनाको शिशुसहित ३९ जना रहेका छन् । त्यसमध्ये चारजना महिला र ३५ जना पुरुष रहेका छन । दैलेखका ९ जना संक्रमित पुरुषको स्थानीय तहको नाम भने खुलेको छैन ।
त्यस्तै सुर्खेतको चिङ्गाड गाउँपलिका वडा नं। १, २ र ४ का ६ जना पुरुष रहेका छन् । एकजना काठमाडौंको बुढानीलकण्ठ नगरपालिका वडा नं। २ घर भए हाल चिङ्गाड ५ बस्दै आएका एकजना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
कर्णालीमा बिहीबारसम्म संक्रमितको संख्या ७६३ पुगेको छ । हालसम्म सबैभन्दा धेरै दैलेखका ४३४ जनामा कोरोना पुष्टि भएको छ ।
संक्रमितको संख्या सल्यानमा १३७, सुर्खेतमा ११२, कालीकोटमा २८, जुम्लामा २४, जाजरकोटमा ८, मुगुमा २, डोल्पा र हुम्लामा एक/एक संक्रमित छन् ।