हुम्ला । जिल्लाको ताजाँकोट गाउँपालिकाले आफैँ किट खरिद गरी कोरोना परीक्षणका लागि आजबाट स्वाब संकलन गर्दैछ ।
लकडाउनको अवधीमा स्वास्थ्य परीक्षणविनै गाउँपालिका बाहिरबाट आएका नागरिकलाई कोरोना भाइरसको परीक्षण गर्न गाउँपालिका आफैँ जुटेको ताँजाकोट गाउँपालिकाका अध्यक्ष बागदल मल्लले बताए। ‘बाहिरबाट आएका नागरिकलाई क्वारेष्टिनमै बसेको अवस्थामै स्वाव संकलन गरे संभावित संक्रमण फैलन नदिने सोचमा हाीले स्वाव संकलन कार्यलाई अघि बढाउने निर्णय गरेका थियौं’ अध्यक्ष मल्लले नेपालबोट सँग भने, ‘स्वाव संकलनका लागि प्रदेश र संघीय सरकरामा अनुरोध गर्दापनि समयमा उपलब्ध हुन नसक्न्े भएपछि गाउँपालिका आफैले खरिद गरेको हो ।
जिल्लामा स्थानीय स्तरबाटै भिटिएम खरिद गरी स्थानीयको स्वाब संकलनको लागि आज (शुक्रबार) गाउँपालिकामा ५ वटा केन्द्र राखी स्वाब संकलन कार्य शुरु गरेको गाउँपालिकाका स्वास्थ्य संयोजक राजेन्द्र स्यांकुले जानकारी दिए । जिल्लामा किट अभाव हुँदा कोरोना परीक्षण प्रभावित भएको वेला ताजाँकोेट गाउँपालिकाले आफैँ भिटिएम खरिद गरी आफैँ स्वाब संकलन गर्न गर्न थालेको जानकारी दिए ।
गाउँपालिकाले पाँच सय भिटिएमको स्वाब संकलन गरी ल्याव परिक्षण्का लागि आजै कर्णाली स्वासथ्य बिज्ञान प्रतिष्ठान जुम्ला पठाउने छ ।
गाउँपालिकाको ५ वटै क्वारेन्टाइनमा राखिएका नागरिकको शुक्रबार बिहानबाटै स्वाब संकलन कार्य सुरु भएको बताइएको छ ।
गाउँपालिकाको वडा नम्बर ५ मदनाको मदनदेब माध्यमिक विद्यालयमा स्वाब संकलन केन्द्र राखेर स्वाब संकलन गरी रहेको बताएका गपालिका अध्यक्ष मल्ले त्यसपछि क्रमस वडा नम्बर ४ को गोठेलबाडा र जनप्रकास माध्यमिक विद्यालय, वडा नम्बर ३ को धर्मोदय माध्यमिक विद्यालय र कुवाडीको माथी लुइयाटा भन्ने ठाउँमा केन्द्र बनाइ स्वाब संकलन गरिने छ ।
जिल्लामा स्थानीय स्तरबाटै भिटिएम खरिद गरी स्थानीयको स्वाब संकलन गर्ने यो गाउँपालिका पहिलो हो ।
गाउँ कार्यपालिकाको निर्णय अनुसार ताँजकोटले आफ्नै ५ लाख ५० हजार लगानीमा पाँच सय पिसिआर, १८० आडिटि किट खरिद गरेको स्वास्थ्य संयोजक स्यांकुले जानकारी दिए ।
गाउँपालिकाले व्यवस्थापन गरेका विभिन्न क्वारेष्टिनमा अहिले १९९ जना रहेको बताइएको छ ।