सुर्खेत । कर्णाली प्रदेशसभा सदस्य ठम्मरबहादुर विष्टले कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाहीसँग जोडिएर प्रेस स्वतन्त्रताको विषय उठ्नु निकै गम्भीर विषय भएको बताएका छन् ।
प्रदेशसभाको शुक्रबार (आज) को बैठकमा बोल्दै उनले नेपाली पत्रकारहरुको छाता संस्था नेपाल पत्रकार महासंघ केन्द्र, प्रदेश र जिल्लाबाट प्रकाशित बिज्ञप्तिमा पत्रकार र संचारमाध्यमलाई हतोत्साहित हुने गरि सभामुखले भूमिका खेलेको समाचार सार्वजनिक हुनुले संसद सदस्यको हैसियतले आफूलाई लज्जित बनाएको र यसबारे सम्बन्धित पक्षबाट स्पष्ट जवाफको माग गरे । ‘ १६ हजारभन्दा बढी सदस्य रहेको नेपाली पत्रकारहरुको छाता संस्थाबाट सभामुखको भूमिकाप्रति टिप्पणी उठाउँदै सचेत गराइएको छ । ’ उनले भने, यो विषयलाई सभामुखमार्फत स्पष्ट पारियोस ।
संसदमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीले गाडी खरिद गरेको विषयलाई बचाउ गरेर सुविधा नलिने भनेर सार्वजनिक रुपमा घोषणा गरेपनि अन्तिममा सभामुखलाई झन विवादमा तानेको उनको भनाई थियो । उनले भने, के यो संसद संबिधानतः प्राप्त प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध नभएकै हो रु अहिले बहसको बिषय बनेको छ ।
संचार माध्यमको बिचारसँग सहमत हुन नसकेपनि बिचार प्रवाह गर्न पाउने उनीहरुको अधिकारप्रति संसद लडिरहनुपर्ने उनले सुझाव दिए । प्रतिपक्ष र मिडिया कमजोर हुँदा जनताका आवाज बुलन्द नहुने तर्फ संकेत गर्दे प्रथम जननिर्विाचित प्रधानमन्त्री विपि कोइरालाले तत्कालिन अवस्थामा प्रतिपक्ष कमजोर हुँदा मिडियालाई बलियो बनाउनुपर्ने भूमिका खेलेको उदाहरणपनि सदस्य विष्टले दिएका थिए ।
सभामुख राजबहादुर शाहीले नियम मिचेर महंगो गाडी खरिद गरेको र गाडीको भुक्तानी दिन सरकारलाई दवाव दिइरहेको समाचार सुर्खेतबाट प्रकाशित कर्णालीपत्र दैनिक र नयाँपत्रिका राष्ट्रिय दैनिकमा समाचार प्रकाशित प्रकाशित भएका थिए । समाचार प्रकाशित भएलगत्तै अन्य विभिन्न अनलाइनमा कर्णालीपत्र दैनिकका प्रधभान सम्पादक तथा नेपाल पत्रार महासंघका पूर्व केन्द्रिय कोषध्यक्ष सुर्यमणी गौतमलाई जोडेर चरित्र हत्य गर्ने खालका विभिन्न समाचार प्रकाशित भएका थिए । प्रकाशित समाचारप्रति ध्यानाकर्ष गर्दै नेपाल पत्रकार महासंघ केन्द्र, कर्णाली प्रदेश र सुर्खेत जिल्लाले बिरोध जनाएका छन् ।
प्रदेशसभामा सांसद विष्टले बोलेको भडियो जस्ताको तस्तै
भिडियो सौजन्यः सुनगाभा टेलिभिजन सुर्खेत