सुर्खेत । कर्णालीमा कोरोना संक्रिमितको संख्या ९१६ पुगेको छ ।
प्रदेश अस्पतालरपशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा शनिबार( आज) थप ७० जनामा कोरोना संक्रिमण देखिएपछि यो संख्या ९१६ पुगेको हो ।
कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश अस्पतालरपशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेत जिल्लाका ४० र दैलेख जिल्लाका ३० जना गरी जम्मा नयाँ संक्रमित ७० जना रहेका छन् । योसँगै कर्णालीमा संक्रमितको संख्या ९१६ पुगेको छ ।
नयाँ संक्रमण पुष्टि हुने सुर्खेतका ४० जनामध्ये गुर्भाकोट नगरपालिकाका १२ जना, भेरीगंगा नगरपालिकाका १० जना, बराहताल गाउँपालिकाका ९ जना, चौकुने गाउँपालिकाका ८ जना र वीरेन्द्रनगरका १ जना रहेका छन् । त्यस्तै, दैलेखका ३० जनामध्ये आठबीस नगरपालिकाका २० जना, नौमुले गाउँपालिकाका ९ जना र डुङ्गेश्वर गाउँपालिकाका १ जना रहेका छन् ।
संक्रमितमध्ये दैलेखमा ५०९, सुर्खेतमा १९७, सल्यानमा १३७, जुम्लामा २४ कालिकोटमा २८, मुगुमा २, डोल्पा १ हुम्लामा १ र जाजरकोटमा ८ जना कोरोना संक्रमित रहेका छन् ।
कर्णाली प्रदेशमा बाहिरी जिल्लाका बाजुरा १, अछाम १०, बझाङ १ जना, हुम्ला १, जाजरकोट १, रामेछाप १, गोरखा १ र काठमाडौं १ जना रहेका छन् ।
आज (शनिबार) मात्र दैलेख अस्पतालमा ५ जना र दुल्लु अस्पतालमा ४ जना गरी ९ जना निको भई डिस्चार्ज भएका छन् । संक्रमणपछि निको हुनेको संख्या ९१ पुगेको छ । कोरोनाका कारणले कर्णालीमा तीन जना मृत्यु भएको छ ।