सुर्खेत । कर्णालीमा आज (आइतबार) थप ५२ जना कोरोना संक्रिमण भएका पुष्टी भएको छ । योसँगै जम्मा संक्रमितको संख्या थपिएका छन् ।
प्रदेश अस्पतालरपशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको गरिएको परीक्षणमा ५२ जना कोरोना संक्रिमित थपिएका हुन् ।
कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार सुर्खेत जिल्लाका १५ र दैलेख जिल्लाका ३७ जना गरी जम्मा नयाँ संक्रमित ५२ जना रहेका छन् ।
नयाँ संक्रमित दैलेखका ३७ जना मध्ये ३५ जना नौमुले गाउँपालिकाका मात्रै रहेका छन । गाउँपालिकाको वडानम्वर नं. १, २, ३, ५, ६, ७ र ८ का ३४ जना पुरुष र एकजना महिला रहेका छन । नारायण नगरपालिकाका वडा नं. २ का दुईजना पुरुष रहेका छन् ।
त्यस्तै सुर्खेतका १५ जनामध्ये वीरेन्द्रनगरपालिका-१ का एकजना पुरुष, गुर्भाकोटा नगरपालिका वडानंम्बर १, ५, ११, १२ र १४ का ८ जना पुरुष रहेका छन् ।
लेकबेसी नगरपालिका २ का एकजना पुरुष, पञ्चपुरी नगरपालिका वडानम्बर १, २, ६ र ७ का पाँचजना पुरुष रहेका छन् ।
योसँगै कर्णालीमा संक्रमितको संख्या ९६७ पुगेको छ ।
आज९आइतबार० मात्र दैलेख अस्पतालमा २ जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १ जना गरी ३ जना निको भई डिस्चार्ज भएका छन् । संक्रमणपछि निको हुनेको संख्या ९४ पुगेको छ । कोरोनाका कारणले कर्णालीमा तीन जना मृत्यु भएको छ ।