काठमाडौँ । एतिहाँसक दिनका रुपमा चित्रित गरिएको शनिबार नेपालको नक्सा संशोधनमा सहभागि नभएका पूर्वराज्य मन्त्री डोल्पा जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्य धनबहादुर बुढाले आफू उपस्थित हुन नपाएको प्रष्टिकरण दिएका छन् ।
एतिहाँसिक दिनमा पनि संसदमा उपस्थित नभएको बारेमा सामाजिक सञ्जाल र सञ्चार माध्यममा अनेकन रुपमा टिकाटिप्पणी हुन थालेपछि पूर्वराज्य मन्त्री समेत रहेका सांसद बुढाले वक्तव्य जारी गरेरै आफू अउपस्थित नहुनुको कारण बारे खुलाएका छन् ।
शनिबार बसेको प्रतिनिधिसभाको सभाको बैठकले लिपुलेख, म्पिीयाधुरा र कालापानी क्षेत्र समेटिएको नयाँ नक्सासहित संविधानको पक्षमा मत दिएका छन् र नक्सा दुई तिहाई भन्दा बढी मतले संशोधन विधेयक पारित भएको छ ।’ आफ्नो वक्तव्यमा बुढाले भनेका छन्, ‘यो ऐतिहाँसिक र महत्वपूर्ण निर्णयमा म सहभागि हुन नपाउँदा दुःखी छु ।’
आफ्नो खुट्टा मर्केको र सुगरको मात्र बढेकाले चिकित्सकको सल्लाह अनुसार आफू सदनमा जान नसकेको जानकारी सांसद बुढाले स्पष्ट पारेका छन् ।
यि हुन संशोधनमा उपस्थित नहुने सांसद
इतिहाँसमा विरलै हुने प्रतिनिधिसभाको दलीय एकता भएको शनिबारको संविधान संशोधन विधेयकमा प्रतिनिधिसभाका २७५ सदस्य मध्ये २५८ जनाले मतदान गरे । संसदमा उपस्थिति शत प्रतिशत सांसदले नै विधेयकको पक्षमा मतदान गरेपनि १७ जना सांसद देशको छुटेको भूमि फिर्ता ल्याउने ऐतिहासिक निर्णयमा मतदान गर्ने अवसरबाट छुटेका छन्। त्यस्तो महत्वपूण दिनमा पनि सहभगि नहुने १७ जना सांसदको बारेमा अहिलेपनि सामाजिक सञ्जालमा नेपाली नागरिकले निकै कौतुहल भएर टिकाटिप्पणी गरिरहेका छन् ।
१७ मध्ये त्यस्तो एतिहाँसीक अवसरमा आफू सहभागि भएर मत दिन पाउने अवसर हुँदाहुँदै पनि १२ जना सांसद अनुपस्थित रहे भने चार जना सांसद विभिन्न कारणले यस अघि नैं निलम्बित अवस्थामा छन्।
संसदको सभामुुखको भूमिका रहेका अग्निप्रसाद सापकोटाले पक्ष विपक्षमा बराबर मत नभएकाले निर्णायक मत दिन पाएनन्। बाँकी ११ जना सांसदमध्ये अमृतादेवि अग्रहरी, गोपालबहादुर बम, दुलारी देवी खत्वेनी, धनबहादुर बुढा, नागेन्द्रकुमार चौधरी, प्रमोद शाह, शिवकुमार मण्डल, सरिता गिरी रहेका छन्। संसद सचिवालयका अनुसार सूर्यनारायण यादव, सूर्यबहादुर केसी, हरिबोल गजुरेल, ज्ञानकुमारी छन्त्याल पनि मतदान गर्न अनुपस्थित रहे।
विभिन्न मुद्धामा सांसदहरु विजयकुमार गच्छदार, मोहम्मद आफ्ताब आलम, हरिनारायण रौनियार, र रेशम चौधरी निलम्बित अवस्थामा छन्। गच्छदार र रौनियार भ्रष्टाचार मुद्दाका कारण निलम्बित भएका हुन् भने आलम र चौधरी व्यक्ति हत्याको अभियोगमा निलम्बित भएका हुन्।