सुर्खेत । प्रमूख प्रतिपक्ष दल नेपाली कांग्रेस कर्णाली प्रदेशले सरकराले जारी गरेको कोभिड–१९ को राष्ट्रिय परिक्षण निर्देशिका संशोधन गरेर परिक्षणको दायरा बढाउन आग्रह गरेको छ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही मार्फत प्रधानमन्त्रीलाई १० बुधें ध्यानाकर्षण पत्र बुझाउँदै दलका नेता जीवनबहादुर शाहीले उत्तः आग्रह गरेका हुन् ।
क्वारेनटिनमा राखिएका सबैलाई पिसीआर विधीबाट परिक्षण गरे पश्चात मात्र घर पठाउने, मृत्यु भएका व्यक्तिहरुको अनिवार्य स्वाव परिक्षण गर्ने, आइसोलेसनमा रहेका व्यक्तिको परिक्षण गरेर मात्र डिस्चार्ज गर्ने व्यवस्था गरियोस् ।’ ध्यानाकर्षणमा नेता शाहीले भनेका छन्, ‘पिसीआर परिक्षणको दायारा विस्तार संगै यसको क्षमता अभिवृद्धि गर्न आवश्यक किट, उपकरण, जनशक्ति र अन्य लजिस्टिक आवश्यकताको अविलम्व व्यवस्था गरियोस् ।’ प्रत्येक जिल्लामा प्रयाप्त टेष्टिङ किट पिसीआर र अन्य स्वास्थ्य सामाग्रीहरु कम भएको उल्लेख गर्दै शाहीले तत्काल व्यवस्था गर्न माग गरेका छन् ।
क्वारेन्टिन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड २०७६ अनुसार प्रदेश र स्थानीय सरकारसंगको समन्वयमा क्वारेन्टिन सञ्चालन गरी प्रत्येक क्वारेन्टिन स्थलमा शुद्ध पिउने पानी,पोषणयुक्त खाना,सुरक्षित दूरी सिहत बस्ने व्यवस्था शौचालय उमेर स्वास्थ्य अवस्थाको अभिलेख तथा नियमित स्वास्थ्य निगरानी,आवश्यक औषधी, एम्बुलेन्स, परिक्षण तथा नियमित परामर्शको व्यवस्थाको माग गर्दै कांग्रेसले बन्दाबन्दीका कारण जोखिममा परेका अपांग, दैनिक ज्याला मजदुरी गरि जीवन निर्वाह गर्ने श्रमिक बेरोजगार, विद्दार्थी,एकल महिला,बृद्धलाई न्यायोचित ढंगले राहत वितरण को व्यवस्था गर्न आग्रह गरे ।
राहत वितरण गर्दा यस भन्दा पहिला भएको राजनीतिकरणलाई तुरुन्तै बन्द गर्न माग गरेका शाहीले विपदका कारण जोखिममा परेका सम्पूर्ण नागरिकको जीउधन सुरक्षाका लागि विशेष आर्थिक प्याकेज घोषणा गरी कार्यान्वयन गर्न सरकारसँग आग्रह गरे ।
ध्यानाकर्षण पत्र
महोदय,
मानब सभ्यताको लागि शताब्दीकै ठूलो चुनौतीका रुपमा देखा परेको कोरना महामारीको कारण हाम्रो देश आक्रान्त बनेकोछ । हाम्रो देश नेपालमा २०७६ साल माघ ९ गते कोभिड १९ को पहिलो संक्रमित व्यक्ति फेला परेको थियो । कोरना महामारी नियन्त्रण गर्ने प्रयाप्त समय हुँद हुँदै पनि सरकारी लापरवाहिका कारण पछिल्लो सरकारी तथ्यांक अनुसार १९ जना नेपालीको मृत्यु भैसकेकोछ भने देशभरिमा ६ हजार जना भन्दा बढी संक्रमीत भैसकेका छन । कोभिड १९ कै कारण उत्पन्न परस्थितिका कारण कैयन नागरिकहरुले मानसिक तनाव, रोग र भोकले जीवन गुमाइरहेका छन् । कोभिड १९ को संक्रमणबाट ज्यान गुमाउनु हुने सम्पूर्ण नेपाली दाजु भाई-दिदिबहिनीहरु प्रति नेपाली कांग्रेस कर्णाली प्रदेश सभा संसदीय दल हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ र संक्रमीत सबैमा शिघ्र स्वास्थलाभको कामना गर्दछ ।
नेपालमा यस अवधी भित्र क्वारेन्टिनमा बस्ने मानिसको संख्यादिनानुदिन बढिरहेको छ तर प्रयोगशालाको अभावका कारण परिक्षण गति शून्य छ । फलतः संक्रमित मानिसहरु कति छन् भन्ने जानकारी हुन सकिरहेको छैन् । लामो अवधी सम्म स्वासलाई प्रयोगशालमा राखी ढिलो गरी परिक्षण गर्ने कामले सही परणाम आउन सकेको छैन् । सरकारले अहले सम्म प्रयोगशाला संख्या र क्षमता बृद्धि गर्न कुनै ध्यान दिन सकेन । परिक्षण सामाग्रीको अभाव र प्रयोगशालाको कमीका कारण हाल धेरै स्थानमा क्वारेन्टिनमा राखेका व्यक्तिहरुको स्वाव संकलन गर्न समेत रोकिएकोछ । संकलन भएका स्वावको दशौ दिन सम्म पनि परिक्षण हुन सकि रहेको छैनन् । तर पनि सरकार विश्वव्यापी रुपमा नै भरपर्दो नदेखिएको अविश्वसनीय परिणाम आउने रयापिड टेष्टमा बढी विश्वस्त रहेको देखिन्छ ।
पिसिआर विधी वाट अत्यन्त न्यून ०.३२ प्रतिशत मात्र परिक्षण भएको छ, परिक्षणको ब्यापकता बढाउन सरकार अक्षम भएकोछ।सरकारले परिक्षण किटको व्यवस्था र प्रयोगशालाको क्षमता बृद्धि गर्न तर्फ ध्यान नदिई पोजिटीभ केस भएकालाई अन्तिम परिक्षण नै नगरि घर पठाउने काम गरेर कोभिड १९ संक्रमितको संख्या बढाउने काम गरेको छ ।
देशभरि निर्माण भएका सबै क्वारेन्टाईन सार्है अव्यवस्थित छन् । एउटै विद्दालयमा क्षमता भन्दा धेरै बढि मानिसहरु राखिएका छन्। क्वारेन्टिनमा शुद्ध पिउने पानी,भोजन शौचालय नुहाउने व्यवस्था लगाएत न्यूनतम आवश्यकताको पनि समुचित व्यवस्थापन भएको छैन् । क्वारेन्टिनमा नै संक्रमण फैलिने खतरा बढीछ भने मानिसहरुको मृत्यु भएको छ । मृत्यु पछि कोभिड १९ पोजिटीभ देखिने गरेका घटनाहरुले परिक्षणको दयनीय अवस्थालाई उजागर गरेकोछ । यसले सरकारको संवेदनशिलता र कार्य क्षमतामा प्रश्न उठेको छ ।
कोभिड १९ बाहेकका मुटु, क्यान्सर,फोक्सो,मृगौला चोट पटक लाग्नेलगाएतका विभिन्न विरमीहरुको स्वास्थ्य उपचारको उचित व्यवस्थापन हुन सिक रहेको छैन् । गर्भावस्थामा रहेका मिहलाहरुको अवस्था झन चिन्ताजनक रहेको छ । सरकारी अस्पतालहरुको क्षमता विस्तार, गुण स्तर वृद्धि गर्ने तर्फ पटक्कै ध्यान नदिदा सरकारी अस्पतालको सक्षमता कमजोर देखिएकोछ । अस्पतालमा राखेर उपचार गर्न नसक्ने अवस्था छ । निजी क्षेत्रका अस्पतालहरुलाई पनि सरकारले उचित समन्वय गरी सबै प्रकारका विरामीहरुलाई स्वास्थ्य उपचारको सेवा उपलब्ध गराउन सकेको छैन ।
स्वास्थ्यकर्मी,सुरक्षाकर्मी सरसफाईकर्मी र पत्रकारहरु अग्रपंक्तिमा रहेर आफ्नो कार्य सम्पादन गरि रहेका छन् । उनीहरुको व्यक्तिगत सुरक्षाको उचित प्रबन्ध हुन सकेको छैन । सरकारसंग कामका लागि प्रोत्साहित गर्ने कुनै नीति, योजना छैन् । स्वास्थ्यकर्मीको बिमा गर्ने घोषणा गरेका पनि कार्यान्वयन भएको छैन । यसरी जोखिम उठाएर काम गरि रहेका पेशा व्यवसायका मानिसहरु बारे सरकारका नीतिहरु मोन छन ।
खाडी मुलुक लगाएतका विभिन्न देशमा नेपाली दददीबहिनी दाजुभाइह विचल्लीमा परेका छन् । विभन्न देशमा गर्भावस्थामा रहेका नेपाली ददी बहिनीहरो थप पीडा छ । विदेशमा विविध कारणले जीवन गुमाएका नेपालीको शव ल्याउन नसक्दा परिवारजनले असिम पीडा भोगिरहेका छन् । उनीहलाई घर फर्काउने कार्यमा बढी समस्या उत्पन्न भएको छ । बढी जोखिममा रहेकालाई प्रथिमकता दिनु पर्नेमा राजनीतिक भनसुनमा आधारमा उद्धार गर्ने प्रयत्न भैरहेको छ । विदेशवाट आफ्नो मुलुक फिर्ता हुने नागरिकहरुले सरकारकै व्यक्तिहरुको आडमा अत्याधिक महंगो चाटर दर तिर्नु पर्ने अवस्था रहेकोछ । यसमा सरकारी नियन्त्रण हुन सकि रहेको छैन् ।
राहत पाउनु पर्ने लसबै मानिसहरुलाई आवश्यकताको आधरामा न्यायपूर्ण ढंगले राहत वितरण गर्नु पर्नेमा सत्ता पक्षीय राजनीतिक दवावका आधारमा राहत वितरण गर्ने गरी राहतमा राजनीति भइरहेको छ । एकद्धार प्रणालीका नाउमा राहत वितरणमा व्यापक भेदभाव र दुरुपयोग गरिएको छ ।
लकडाउनका कारण देशको आर्थिक जीवन अस्तव्यस्त भएको छ । उद्दोग,पर्यटन,यातायात तथा अन्य सेवासँग जोडिएका हजारौं उद्दोग व्यवसाय ठप्प भएका छन् भने त्यसमा कार्यरत लाखौं श्रमिकहरु र साना उद्दमी व्यवसायीहरु समेत वेरोजगार भएका छन् । विदेशबाट समेत लाखौं नेपालीहरु वेरोजगारीका कारण फर्किदै छन् । त्यसले लाखौं नागरिकहरुको आर्थिक अवस्था नाजुक भएको छ । यस्तो अवस्थामा यी उद्दोग र कृषि क्षेत्रलाई समेत चलाएमान गर्न नागरिकहको जीवनमा आउका संकटलाई कम गर्न सरकार गम्भीर नभएकोनेपाली कांग्रेस करणाली प्रदेश सभा संसदीय दलको ठहर छ । सरकारले नेपाली कांग्रेसले दिएको सुझावलाई बेलैमा ग्रहण गरि प्रति कार्यमा ध्यान दिएका भए यस्तो भयाभह अवस्था कदाचित हुने थिएन भन्ने हाम्रो विश्वास हो ।
अत, कोभिड १९ को प्रकोप नियन्त्रण, यसका अल्पकालिन र दिर्घकालिन नकरात्मक प्रभाव न्यूनिकरण,जनताको सरोकार र आवश्यकताका विषयलाई सम्बोधन गरी जनताहरुलाई विपदवाट जोगाउन तत्काल निम्न लिखित कार्य गर्न नेपाली कांग्रेस प्रदेश सभा संसदीय दल नेपाल सरकारको ध्यानाकर्षण गर्दछ ।
- सरकारले मिति २०७७ जेष्ट २० गते कोभिड १९ को परिक्षणका सम्बन्धमा सरकाले जारी गरेको राष्ट्रिय परिक्षण निर्देशिका लाई तुरुन्तै संशोधन गरी आरटी पिसीआर विधिबाट परिक्षण गर्नु पर्ने दायारा विस्ता गरी क्वारेनटिनमा राखिएका सबैलाई पिसीआर विधीबाट परिक्षण गरे पश्चात मात्र घर पठाउने,मृत्यु भएका व्यक्तिहरुको अनिवार्य स्वाव परिक्षण गर्ने, आइसोलेसनमा रहेका व्यक्तिको परिक्षण गरेर मात्र डिस्चार्ज गर्ने व्यवस्था गरियोस् ।पिसीआर परिक्षणको दायारा विस्तार संगै यसको क्षमता अभिवृद्धि गर्न आवश्यक किट, उपकरण, जनशक्ति र अन्य लजिस्टिक आवश्यकताको अविलम्व व्यवस्था गरियोस् । प्रत्येक जिल्लामा प्रयाप्त टेष्टिङ किट पिसीआर र अन्य स्वास्थ्य सामाग्रीहरु तत्काल पठाईयोस् ।
- कोभिड १९ को नियन्त्रण र जनातको स्वास्थ्य सुरक्षाको लागि आवश्यक पर्ने सबै सामाग्रीको तत्काल आपूर्ति गरियोस् । कोरना संक्रमणको उपचारका लागि डेडिकेटेड अस्पतालाई आवश्यक उपकरण,सामाग्री, औषधी, स्वास्थ्यकर्मीको सुरक्षा सामाग्री, आइसोलेसन बेड र जनशक्तिको व्यवस्था अविलम्व गरियोस् ।
- कोभिड १९ बाहेक अन्य रोगका सम्बन्धमा खोप,औषधी,प्रतिरोधात्मक, उपचरात्मक सबै सेवा विना अवरोध पाउने सुनिश्चितता गरियोस् । लकडाउनका अवधीमा सयौकडौं मानिसहरुले आत्महत्या गरेका छन् । यस्ता समस्याको समधानका लागि आवश्यक कार्य गरियोस् ।
- क्वारेन्टिन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड २०७६ अनुसार प्रदेश र स्थानीय सरकारसंगको समन्वयमा क्वारेन्टिन सञ्चालन गरी प्रत्येक क्वारेन्टिन स्थलमा शुद्ध पिउने पानी,पोषणयुक्त खाना,सुरक्षित दूरी सिहत बस्ने व्यवस्था शौचालय उमेर स्वास्थ्य अवस्थाको अभिलेख तथा नियमित स्वास्थ्य निगरानी,आवश्यक औषधी, एम्बुलेन्स, परिक्षण तथा नियमित परामर्शको व्यवस्था गरियोस् ।
- क्वारेन्टिन निर्माण सञ्चालन र व्यवस्थापनका लागि स्थानीय तहलाई आवश्यक आर्थिक र प्राविधिक स्रोत सुनिश्चित गरियोस्।
- कोभिड १९ नियन्त्रण गर्न काम गर्न नसकेको सरकारवाट स्वास्थ्य सामाग्री खरिदमा अनियमितता भएको विषय सार्वजनिक भएको छ । यस सम्वन्धमा पनि तत्काल सार्वजनिक रुपमा जानकारी गराईयोस् ।
- बन्दाबन्दीका कारण जोखिममा परेका अपांग, दैनिक ज्याला मजदुरी गरि जीवन निर्वाह गर्ने श्रमिक बेरोजगार, विद्दार्थी,एकल महिला,बृद्धलाई न्यायोचित ढंगले राहत वितरण गरिने व्यवस्था गरियोस् र राहत वितरण गर्दा यस भन्दा पहिला भएको राजनीतिकरणलाई तुरुन्तै बन्द गरियोस् ।
- विपदका कारण जोखिममा परेका सम्पूर्ण नागरिकको जीउधन सुरक्षाका लागि विशेष आर्थिक प्याकेज घोषणा गरी कार्यान्वयन गरियोस् ।
- विभिन्न मुलुकमा विचलल्लीमा परेका नेपाली नागिरकलाई सुरक्षित र मर्यादापूर्वक अविलम्व स्वदेश ल्याउने व्यवस्था गरियोस् र विदेशमा रहेका नागरिकहरुले उद्दारका क्रममा तिर्नु परेको महंगो हवाइ दरमा एकरुपकता ल्याई नियन्त्रण गरियोस् । विदेशमा विवध कारणले जीवन गुमाएका नेपालीहरुको शव ल्याउन आवश्यक काम होस् ।
- जीवन निर्वाहको चुनौतिबाट गुज्रिरहेको वर्तमान अवस्थामा कृषि क्षेत्रलाई उच्च प्राथामिकतामा राखि बीउ विजन, कृषि औजार र मलको सहज उपलब्धता, कृषि उत्पादनको बजार स्निश्चितता र अन्दान मार्फत कृषक र कृषि क्षेत्रलाई तत्काल सहयोग पुर्याइयोस् ।
जय नेपाल !
जीवनवहादुर शाही
नेता, नेपाली कांग्रेस प्रदेश सभा संसदीय दल
वीरेन्द्रनगर सुर्खेत ।