खड्क सुनार
मुगु । जिल्लाको शान्ति शुरक्षा तथा अन्य विभिन्न कसुरका सम्बनधका नागरिकका गुनासा सुन्न टेलिफोनको व्यवस्था गरिएको छ ।
१५ वटा प्रहरी चौकी भएको जिल्लाका नागरिकका गुनासा सहितका विभिन्न विषयमा भएका जिज्ञासाहरु राख्न पहलिो पटक औपाचारि रुपमा टेलिफोनको व्यवस्था गरिएको हो ।
जिल्लासँग जोडिएका आन्तरिक तथा बाह्य नाकमा हुने चोरी पैठारी, विभिन्न क्षेत्रबाट भित्रिने नागरिकको सम्बन्धमा जानकारी दिन र स्थानीय स्तरमा भएका विभिन्न अपराध तथा शान्ति शुरक्षामा खलल पार्ने विषयका बारेमा कुनै पनि नागरिकले जानकारी दिन उक्त फोनमा सम्पर्क गर्न सकिने व्यवस्था गरिएको कर्णाली ग्रामिण उत्थान तथा समाज विकास केन्द्र (सिडिएस पार्क) नामक गैर सरकारी संस्थाले जनाएको छ ।
कुनै जानकारी पाउने वित्तिकै तत्कालै उत्तः नम्बरमा फोन गरेर नेपाल प्रहरीलाई जानकारी दिने, केही सुझाव सल्लाह दिन उक्त फोनको व्यवस्था गरिएको संस्थाका अध्यक्ष अजबहादुर शाहीले जानकारी दिए ।
‘साविकको कर्णाली क्षेत्रका गाउँहरुमा वालविवाहको दर बढी हुने गरेको छ,’ शाहीले नेपालबोटसँग भने, ‘अहिलेको अवस्थामा वाल बिवाहको दरलाई न्यूनिकरण गर्न, समाजमा हुने शान्ति सुरक्षासँग सम्बन्धित घटना र अन्य अवाछित गतिविधिलाई रोक्न हामीले स्थानीय प्रशासनसँगको सहकार्यमा यस्तो फोनको व्यवस्था गरेका हौं ।’
जिल्ला भित्रका विकृति विसंगति, जघन्य अपराध, चोरी, डकैतीलगायत शान्ति सुरक्षा अमन चयन कायम गर्न जिल्लाका विभिन्न सरकारी तथा गैरसरकारी निकायसँग समन्वय एवम् सहकार्य गर्ने बताएका मुगुका प्रहरी प्रमुख भुवनेश्वरप्रसाद शाहले त्यसैको उदारहणका रुपमा गुनासो सुनुवाइ गर्न फोनको व्यवस्था गरिएको बताए ।
यसभन्दा अघि अपेक्षित रुपमा जिल्लाका संघसंस्थाबाट खासै सहयोग नपाएको गुनासो गरेका प्रहरी नायव उपरिक्षक शाहले पछिल्लो पटक शान्ति सुरक्षा र सामाजिक विकृती न्यूनिकरणमा स्थानीय प्रहरी प्रशासनसँग गरेको सहकार्यप्रति सिडिएस पार्क मुुगुलाई धन्यवाद दिए ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आफ्ना जिज्ञासाहरु मेटाउनको प्रत्येक प्रहरी चौकिमा मोवाइल फोनको व्यवस्था गरिएका ९ वटा होडिङबोर्ड संस्थाका तर्फबाट जिल्ला प्ररही कार्यालय मुगुलाई हस्तान्तरण गरिएको छ ।
।