काठमाडौं । लामो समय शरिर सुनिने बिरामीले केही गर्दा निको नभएपछि सिमकोट २ ठेहेका प्रेम परियार उपचारका लागि राजधानी काठमाडौंको विर अस्पताल आए । घरको आर्थिक अवस्था निकै कमजोर भएका परियार उपचारकै क्रममा लकडाउनमा काठमाडौं थुनिए । ललिपुरको एक व्यक्तीको घरमा आश्रय लिएर बसेका प्रेमले हरेक महिना विर अस्पतलामा नियमित चेकजाँच गराउने र झण्डै २ हजार बराबरको औषधी खानु पथ्र्यो । चैतको पहिलोसाता चेकजाँच गरेर एक महिनाको औषधी खाइरेहका उनलाई वैशाख महिनाको चेकजाँच गर्न र औषधी खरिद गर्ने समस्याले निकै पिरोल्यो । अन्तिममा क्विक रेस्पोन्स टिमसँगको सम्पर्कमा आएका प्रेमलाई एलिस अर्गानिक फुडको तीन हजार आर्थिक सहयोग र खाद्यन्न सहयोगले औषधीलाई नियमित गर्न र काठमडौंको संकट टार्न निकै सहज भयो । वैशाखको जेकजाँच र औषधी खरिद गर्ने रकम नभएको भए आप्mनो लाखौ खर्च गरेर काठमाडौं उपचार गर्न आएको व्यर्थ हुने बताएका प्रेमले एलिसको सहयोगलाई कहिल्यै भुलेका छैन्न् ।
तार्केश्वर नगरपालिका ६ कार्भेस्थलीमा गोलभेडाको खेती र २ गाईके दुध बेचेर आप्mनो परिवार पाल्दै गरेका सर्केघाड १ का प्रेम धामीले पनि एलिसले आफूलाई समस्यामा परेको वेला गरेको खाद्यन्न सहयोगलाई बिर्सेका छैनन् । लकडाउनका बेला केही किनेर ल्याउ भने म सँग पैशा थिएन् । घरमा खाने राहन सबै सकिएको थियो । उनले नेपालबोटसँग भने, त्यही बेला एलिसको राहत टोली आएर मलाई गरेको खाद्यन्न सहयोगले निकै ठूलो काम गर्यो ।
विभिन्न संघसंस्था र सरकारको राहत बाँडेको जानकारी पाएपनि आफूले केही नपाएको बताएका धामीले एलिस नभएको भएआप्mनो परिवार धेरै दिन भोकै बस्नु पर्ने अवस्था आउने प्रतिक्रिया दिए ।
परियार र धामी जस्तै सयौ नागरिकलाई आप्तमा परेका नागरिकलाई सहयोग गरेर एलिसले आफूलाई आप्तको सारथीका रुपमा प्रस्तुत गरेको छ ।
होटेल, रेष्टुरेष्ट भन्ने वित्तिकै हामी जो सुकैले पनि नाफा र फाइदा खान सञ्चालन गरिएका व्यवसाय भन्ने बुझेका छौं । तर विश्व समुदायलाई नै आक्रान्त पार्ने २१ औं शताब्दीको महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) ले नाफाका लागि शुरु गरिएका होटेल र रेष्टुरेंष्ट पनि विपत्मा परेका नागरिकका साहारा बन्न सक्छन भन्ने प्रमाणित यो समयमा एलिसले गरेको छ ।
बढ्दो संक्रमणलाई नियन्त्रण गर्न सरकारले गरेको लकडाउन (बन्दाबन्दी) को अवधीमा राजधानी काठमाडौं लगायत देशका विभिन्न स्थानमा आप्mनो व्यवसाय शुरु गरेको एलिस अर्गानिक फुट एष्ड रेष्टुरेंष्टले उक्त कुराको प्रमाणीत गरेको हो ।
कोरोनाको बढ्दो संक्रमणलाई नियन्त्रण गर्न नेपाल सरकारले गएको चैत ११ गतेदेखि शुरु गरेको लकडाउन (बन्दाबन्दी) ले देशका विभिन्न स्थानमा अलपत्र परेका हुम्ला लगायत एक दर्जन भन्दा बढी जिल्लाका नागरिकलाई आर्थिक, खाद्यन्न, औषधी उपचार, यातायात (गाडी तथा हवाई) भाडा सहयोग गर्यो ।
एक दर्जन जिल्लाका नागरिकलाई आर्थिक सहयोग, खाद्यन्न, यातायात भाडा र उद्धारलगायतको सहयोग गरेर एलिस अर्गानिक फुड आप्mनो व्यवसायिक परिचयलाई बदल्दै विपत्को सारथीका रुपमा आफूलाई प्रस्तुत गरेको छ । एलिसले लकडाउनको अवधीभरमा ५१ लख ६९ हजार ९९९ बराबरको रहात प्रदान गरेको जनाएको छ ।
घरघरै खाद्यान्न सहयोग
संघीय राजधानी काठमाडौंमा भएका हुम्लाका नागरिकलाई आपत्मा सहयोगको व्यवस्थाको समन्वय गर्ने हेतुले शुरु भएको हुम्ला काठमाडौं कोभिड क्विक रेस्पोन्स टिम र जिल्लाका नेताहरुसँगको समन्वयमा एलिस अर्गानिक फुडले समस्यामा परेका नागरिकलाई घरमै गएर खाद्यन्न सहयोग गरेको छ ।
अध्ययन, औषधी उपचार, रोजगार तथा अन्य विभिन्न कामले काठमाडौं लगायतका बाहिरी जिल्लामा अलपत्र परेका नागरिकलाई एलिसले भोकै नपरोस् भन्दै राहत वितरण गरेको सञ्चालक गोपाल लामा (छिरिङ) ले बताए । उनका अनुसार समस्यामा परेका नागरिकलाई घरमै गएर, काठमाडौं उपत्यका (काठमाडौं, भक्तपुर र ललितपुर) बाँके, सुर्खेतमा चामल, दाल, तेल वितरण गरिएको हो ।
‘हामीले काठमाडौंमा नेपाल कम्युनिस्ट पार्टीका नेता तथा पुर्व संविधानसभा सदस्य छिमिदोर्जे लामाको संयोजकत्वमा विभिन्न क्षेत्रबाट आएका सिफारिसका आधारमा कोठाकोठामै गएर राहत वितरण गरेका छौं ।’ लामाले नेपालबोटसँग भने, ‘बाँकेमा राणसिंह परियार, सुर्खेतमा कर्णाली प्रदेशसभाका प्रमुख प्रतिपक्ष दलका नेता तथा पुर्वमन्त्री जीवनबहादुर शाही, छवि थापा, राज रोकाया, कमल छत्याल, गणेश विकलगायतको अग्रसरतामा खाद्यन्न वितरण गर्यौ ।’
लडकडाउनकै अवधीमा कालीकोट जिल्लाका लागि जनकबहादुर शाही, मुगुमा भुपेन्द्र मल्लको अग्रसरतामा रातह वितरण तथा यात्रामा रहेका यात्रुलाई खाना र अन्य सहयोग गर्ने काम गरिएको लामाले जानकारी दिए । उनका अनुसार शुरुदेखि अहिलेसम्म ऐलिसले खाद्यन्न, औषधी उपचार सहयोग, कोठाभाड र गाडी भाडामा २५ लाख ८० हजार ५७९ बराबरको राहत सहयोग गरेएको छ ।
हुम्ला बाहिरका नागरिकलाई ९ लाख ८१ हजारको राहत
बन्दाबन्दीको अवस्थामा समस्इामा परेका हुम्ला बोहकका जिल्लाका नागरिकलाई पनि एलिस अर्गानिक फुडले राहत स्वरुप सहयोग गरेको दावी गरेको छ ।
आफूले व्यावसाय गर्दा जोडिएका जिल्लाका ग्राहक र लागनीकर्ताको सिफारिसमा अन्य (हुम्ला बाहेक) जिल्लाका नागरिकलाई ९ लाख ८१ हजार ४२० मुल्य बराबरको राहत वितरण गरिएको एलिसका सञ्चालक लामाले बताए । लामाका अनुसार काठमाडौं, भक्तपुर, ललितपुर, नुवाकोट, सोलुखुम्बु, भोजपुर, सिराह, सप्तरी, रामेछाप लगायतका जिल्लाका नागरिकलाई खाद्यन्न, औषधी उपचार र केहीलाई कोठा भाडामा सहयोग गरिएको हो ।
सहयोग पाउनेमा छिमेकी मुलुक भारतका नागरिक पनि रहेको बताएका लामाले कामको खोजीमा काठमाडौंको तिनचुलीमा बस्दै आएका ६१ जना भारतीय नागरिकलाई समते उक्त सहयोग भएको छ । लकडाउनले कतै काम गनए नपाएका उनीहरुलाई खाद्यन्न र औषधी उपचारका लागि केही रकम सहयोग गरेको बताएको एलिसले केहीलाई घर फर्किन भाडाको समेत प्रबन्ध मिलाइएको दावी गरेको छ ।
हवाई भाडामा ८ लाख सहयोग
लकडाउनले काठमाडौंमै रहेका हुम्लाका नागरिकलाई जिल्ला पठाउन हवाई भाडामा समेत सहयोग गरेको एलिसले जनाएको छ ।
केही दिनअघि काठमाडौंबाट सिधैं सिमकोट पठाउने काममा सहजिकरण गरेको एलिसकै पहलमा आर्थिक अवस्था कमजोर भएका नागरिकलाई अवस्था हेरेर भाडामा सहयोग गर्ने काम भएको राहत वितरण कामको नतृत्व गरेका नेकपाका नेता तथा पुर्व संविधानसभा सदस्य छिमिदोर्जे लामा (आशाकर) ले जानकारी दिए ।
‘विद्यार्थी, उपचार गर्न आएका बिरामी, श्रम गरेर खाने श्रमिकको आर्थिक अवस्था हेरेर हामीले हवाई भाडामा सहयोग गर्ने काम गरेका छौं’ लामाले भने, ‘उक्त रकम एलिसको आर्थिक सहयोगमा हामीले अवस्था पहिचान गरेर प्रदान गरेका हौं ।’
घर जान नपाएका १७५ जनालाई काठमाडौंबाट हुम्लाको सिमकोट पठाउने काममा व्यवस्थापन गरेको एलिसले ६७ जनालाई आंशिक तथा पूर्ण हवाई भाडा सहयोग गरेको जनाएको छ । यसैगरी बाँकी १०८ जनालाई प्रतिव्यक्ती ट्याक्सी भाडा स्वरुप सम्बन्धित व्यक्तीको हवाई टिकटमा ५०० सय आर्थिक सहयोग गरेको सञ्चालक लामाले जानकारी दिए । उनका अनुसार हवाई भाडाको सहुलियतमा ८ लाख ४ हजार रकम सहयोग गरेको छ ।
७ लाख २१ हजारको मोवाइल कोष
विभिन्न समयमा आइ पर्ने कोरोना भाइरस जस्ता महामारीलाई मध्ये जनर गरेर ७ लाख २१ हजारको आपत्कालिन कोषको स्थापना गरेको एलिसलेजनाएको छ।
आर्थिक अवस्था केही सुदृढ भएका तर तत्काल रकमको अभाव भएका नागरिकलाई लक्षित गर्दै उक्त कोष स्थापना गरेको सञ्चालक लामाले जानकारी दिए । लकडाउनकै अवस्थामा एलिसले वितरण गरेको राहतसँगै जोडेर स्थापना गरेको कोषको रकम अहिले विभिन्न व्यक्तीले फिर्ता गर्ने शर्तमा लिएका बताएका लामाले उनीहरुबाट फिर्ता भएपनि एलिसकै निगरानीमा उक्त मोवाइल कोष रही रहने बताए ।