जुम्ला । यूवाहरुले संकलित फोहोर कार्यालयमा थुपारेर नगरपालिकाको ध्यानाकर्षण गराएका छन् ।
जिल्ला सदरमुकाम खलंगा बजारमा यूवाहरूले संकलन गरेको फोहोर चन्दननाथ नगरपालिका कार्यालय परिसरमा थुपारेका हुन् ।
नगरपालिकाका यूवाहरुले फोहर राख्ने स्थान कतै नभएको र अहिलेसम्म टुंगो नलगाएको भन्दै संकलित फोहर नगरपालिकाको ध्यानाकर्षण गराउन कार्यालयभित्र फालेका हुन् । यस अघि पनि उनिहरुले कार्यालयको गेटमा फोहर फालेका थिए । सदरकुकाम खलंगामा उत्पन्न फोरोर व्यवस्थापन गर्ने स्थान नहुँदा अहिले थुप्रिरहेको र यसको व्यवस्थापन हुन सकेको छैन ।
बिहिबार (हिजो) विहानै सरफाइमा उत्रेका यूवाले संकलन गरेको फोरोर जिल्ला प्रशासन कार्यालय अगाडि राख्न खोजेका थिए, तर प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले फोहोर व्यवश्थापन नगरपािलकाको जिम्मेवारी भएको बताए पछि युवाको समुहले नगरपालिका परिसरमा सिलएर फालेका हुन । ‘
फोहोरले बजारमा पाइला टेक्ने ठाउँ छैन, चोक चोकमा फोहोर थुप्रिएको छ, नगरपालिकाले व्यवस्थापनमा कुनै चासो दिएको छैन ।’ यूवा उज्वल महतले भने । जिल्लाको मुटु खलंगा दिन प्रतिदिन कुरुप बन्दै गएपछि आफूहरुले सरसफाई गरेको बताए ।
दैनिक उत्पादन हुने फोहोर कता राख्ने भन्ने टुंगो नलागेका कारण बजार क्षेत्र दुर्गन्धित बन्दै गएको सरसफाईमा सहभागि यूवा धनराज सुनारले बताए । ‘नगरपालिका र प्रशासन कार्यालय अडाडि नै फोरोर थुप्रिएको छ, तर व्यवश्थापन भएको छैन, एकातिर कोरोना बाट बच्न सरसफाई गर्नुपर्ने अर्ति सिकाउदै हिड्ने, अनि अर्कोतिर आँखा अघिको फाहोर नदेख्ने प्रवृत्ति छ’ सुनारले भने ।
चुनावताका ठुला, ठुला सपना देखाउने जनप्रतिनिधिले अहिले बजारको फोहोर पनि उठाउन तदारुकता नदेखाएको भन्दै यूवा हरिश रोकायाले दुःख व्यक्त गरे । डम्पिङ साईड नहुँदा पटक पटक सफा गरिने जुगाँड खोला पनि भरिदै गएको छ । चन्दननाथ नगरपालिकाले भने नगरपालिकाकै दुनादुनी भन्ने स्थानमा दिर्घकालिन डम्पिङ साईड निर्माण भईरहेको भन्दै आएको छ । यता नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सोभाकर रेग्मीका अनुसार सो बिषयमा आफु भर्खरै आएको हुदा बुझ्दै गरेको र तत्कालिन फोहर फाल्ने स्थान नपाएर समस्या भएको जानकारी दिएका छन् । अहिले यूवाले थुपारेको फोहोर उठाउन लागिएको फोरोर मैला व्यवश्थापन शाखा संयोजक लक्ष्मिचन्द्र न्यौपानेले बताएका छन् । डम्पिङ साइट कहिले सम्म तयार हुन्छ, अझै अनिश्चित रहेको उनले बताएका छन् ।