ड्क सुनार
मुगु । छायाँनाथ रारा नगरपालिकाले जिल्ला कारागार भवनमा रहेको प्रारम्भिक आईसोलेसन सेन्टरमा सरसफाई सामग्री र लैङ्गीकमैत्री शौचालय तथा स्नान घर निर्माण गरेको छ ।
५० बेडको क्षमता भएको प्रारम्भिक आइसोलेसन सेन्टरमा ४ वटा लैङ्गिकमैत्री शौचालय तथा २ वटा स्नान घर निर्माण गरिएको जिल्ला बिपद व्यवस्थापन समितिका सदस्य तथा नेपाल रेडक्रस सोसाइटी मुगुका सभापति जयबहादुर मल्लले जानकारी दिए ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण भारतमा अलपत्र परेका नागरिकलाई मुगु जिल्लाका ४ वटै स्थानीय तहले उद्धार गरी ल्याउने क्रम जारी छ ।
भारत तथा बाहिरिए जिल्लाबाट बाट आउने नागरिकहरु कोरोना संक्रमित हुनसक्ने अवस्थालाई ध्यानमा राखी पूर्व तयारी स्वरुप जिल्ला बिपद व्यवस्थापन समितिको अगुवाईमा निर्माण गरिएको प्रारम्भिक आइसोलेसन सेन्टरमा खानेपानी तथा सरसफाइलाइ मध्यनजर गर्दै सरसफाइ सामग्री सहितका ४ वटा लैङ्गिकमैत्री शौचालय तथा २ वटा स्नान घर निर्माणमा सहयोग गरिएको गैर सरकारी संस्था हिमाली ग्रामीण युवा समाज विकास केन्द्र (हिरिसडेक) मुगुका कार्यकारी निर्देशक मिनबहादुर रावलले जानकारी दिए ।
कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि जिल्ला विपद व्यवस्थापन समितिको तर्फबाट आव्हान गरिएको मुगुका सहायक प्रमुख जिल्ला अधिकारी केसब ज्ञवालीले बताए । कोरोना भाइरसको महामारीले विश्व नै आतंकित भईरहेका बेला सरकारी, गैर सरकारी कार्यालय, नागरिक समाज, रेडक्रस, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल तथा अन्य सहयोगी निकायहरु एकताबद्ध भएर कोरोना विरुद्धको लडाईमा जुट्न आव्हान गर्दछु’ सहायक प्रमुख जिल्ला अधिकारी ज्ञवालीले भने ।
ज्ञवालीका अनुसार मुगु जिल्लामा खासै अन्य जिल्लाको जस्तो मुगुमा कोरोनाको संक्रमीत हुनेको संख्या बढ्दो नभए पनि पूर्व तयारी स्वरुप स्थानिय तहहरु र जिल्लाका सबै सरोकारवालाहरु संग सहकार्य गरि अघि बढ्ने काम भैरहेको छ ।