असोज २३, हिल्सा (हुम्ला) । छिमेकी मुलुक चिनसँगको सिमाना जोडिएको हुम्लामा पहिलो पटक अध्यगमन कार्यालय स्थापना भएको छ ।
संघिय सरकारका गृहमन्त्री रामबहादुर थापा बादलले चिनसँग सिमाना जोडिएको स्थान हिल्सामा अध्यागमन कार्यालयको मंगालबार (आज) उद्घाटन गरेपछि औपचारिक रुपमा अध्यगमन कार्यालयको स्थापना भएको हो ।
औपचारिक रुपमा हिल्सामा अध्यगमनको कार्यालय स्थापना भएसँगै नेपाल प्रहरीबाट हेरिने अध्यगनको काम अब निजामती कर्मचारीबाट हेर्न शुरु भएको हुम्ला जिल्लाका प्रमूख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाले जानकारी दिए ।
अध्यगमन कार्यालयको उद्घाटन हुनु निकै उपलब्धी मुलक भएको ब
ताएका गृहमन्त्री रामबहादुर थापा बादलले नेपालबोटसँग भने, “अध्ययगमन कार्यालयको स्थापनासँग हिल्सा नाका अव कर्णाली प्रदेशको मात्रै नभएर सिंगो पश्चिम नेपालकै समृद्धीको नाकाका रुपमा औपचारि ढंगले शुरु भएको छ ।”
वर्तमन सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीको पालमा चिनसँग भएको १० बुधें सहमतीमै औपचारिक रुपमा हिल्सा नाकालाई खुला नाकाका रुपमा अघि बढाउने कुरा उल्लेख भएपनि खुला नाका रुपमा सञ्चालनमा नआएको हिल्सालाई नेपाल सरकारले निकै प्राथमिकताका लिएको बताएका मन्त्री थापाले अबको केही समयमा यसको परिवर्तन हुने ठोकुवा गरे ।
प्रमूख व्यापारिक केन्द्र बन्नेमा विश्वाश
नेपाली सेनाको हेलिकोप्टरमा पुगेका गृह मन्त्री थापाले अब हुम्ला जिल्लाको मात्र नभई कर्णाली प्रदेश र नेपाल कै आशलाग्दो व्यापारिक नाकाको रुपमा स्थापित हुने विश्वाश व्यक्त गरे ।
देशको ब्यापारिक विकास र सम्बृद्धिका लागि यो नाकाले निक्कै उपलब्धि हाँसिल गर्ने छ, गृहमन्त्री थापाले भने, ‘ देशको विकास हुन हिल्सा नाकाको महत्वपुर्ण स्थान रहने छ ।’
मित्र राष्ट्र चीनको विकास र सम्बृद्धि पनि यसैमा निर्भर रहेको बताएका थापाले हिल्सा नाका भारतसँग पनि जोडिने मात्र नभई चीनहुँदै युरोपसँग पनि जोडिने भएकाले यसको आफ्नै महत्व रहेको प्रष्ट्याए ।
कार्यक्रममा कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्र बहादुर शाहीले ब्यापारिक नाकाको ढोका हिल्साको अध्यागमन कार्यालयको स्थापना संगै औपचारिक रुपमा खुलेको बताउदै यसलाई बिस्तार गर्न अझै बाँकी रहेको बताए ।
यो कार्यलाई पुर्णता दिन यस आर्थिक वर्षमा कर्णाली प्रदेश सरककारले भन्सार, अध्यागमन, क्वारेनटाईन, सीमा प्रहरी बलका संयुक्त कार्यालय सञ्चालनको लागि पुर्वाधार बिकास गर्न चार करोड बजेट बिनियोजित गरेको बताउँदै मुख्य मन्त्री शाहीले सिमानाम भौतिक पूर्वाधार निर्माणमा बजेटको अभाब भए थप बजेटको ब्यबस्था गरेर पनि यसै आर्थिक बर्षमा निर्माण कार्य पुरा गर्ने बताए ।
हिल्सामा अध्यागन कार्यालय स्थापनाका लागि धेरै अगाडी देखि प्रयास गरिएको भए पनि बल्ल सफल भएको प्रमुख जिल्ला अधिकारी माधब प्रसाद ढुगानाले बताए ।
अध्यगमन कार्यालयको उद्घाटनका गृह सचिव, भन्सार विभागका महानिर्देशक, कर्णाली प्रदेशका मुख्यमन्त्री, मन्त्री सहितको उच्च अधिकारी सहित १५ जनाको टोली सुर्खेतबाट सिमकोट हुँदै हिल्सा पुगेको थियो । नेपाली सेनाको एमआई १७ हेलिकप्टरबाट सिमकोट टेकअप गरेको उक्त टोली अहिले हिल्सामा कार्यालयको उद्घाट गरेर सिमकोट फर्किएको छ ।