काठमाडौं। कोरोना भाइरस (कोभिड १९) को संक्रमणले विश्वमा अहिलेसम्म ४ लाख ७३ हजार ४ सय ६२ जनाले ज्यान गुमाएका छन्।
विश्वका दुई बढी देशका ९१ लाख ८० हजार ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकोवल्डोमिटर्सको जनाएको छ।
विश्वमा रहेका संक्रमितमध्ये आधाभन्दा बढी ४९ लाख १६ हजार १ सय १७ जना उपचारपछि संक्रमणमुक्त भएर घर फर्किसकेका छन्।
हाल विश्वमा ३७ लाख ९० हजार ४ सय ३२ जना संक्रमित उपचारत छन्। उपचारत मध्ये ५७ हजार ८ सय ८४ जनाको स्वास्थ्य अवस्था गम्भीर छ भने ३७ लाख ३२ हजार ५ सय ४८ जनाको अवस्था सामान्य रहेको छ।
नेपालमा हालसम्म ९ हजार ५ सय ६१ जनामा कोरोना भाइरस संक्रमण रहेको पुष्टि भएको छ। नेपालमा रहेका संक्रमित मध्ये २३ जनाको मृत्यु भइसकेको छ भने २ हजार १ सय ४८ जना डिस्चार्ज भएका छन्। नेपालमा कोरोनाको पहिलो संक्रमण गत ९ माघमा फेला परेको थियो।
विश्वमा कोरोना भाइरसको संक्रमित पहिलो पटक सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको वुहानमा देखिएका थिए। यो भाइरस फैलिएर अहिले विश्वका २ सय १३ देश तथा क्षेत्रमा पुगेको छ।
वल्डोमिटर्सको तथ्याङ्कअनुसार कोरोना भाइरस संक्रमितको सबैभन्दा ठूलो संख्या अमेरिकामा छन्। अमेरिकामा हिजोसम्म २३ लाख ८८ हजार १ सय ५३ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ। यहाँ हालसम्म १ लाख २२ हजार ६ सय १० जनाको कोभिड(१९ बाट मृत्यु भएको छ।
ब्राजिलमा कोरोना संक्रमित ११ लाख ११ हजार ३ सय ४८ जना पुगेका छन्, जसमध्ये ५१ हजार ४ सय ७ जनाको मृत्यु भएको छ।
रुसमा ५ लाख ९२ हजार २ सय ८० जना कोरोना संक्रमित रहेकोमा ८ हजार २ सय ६ जनाले ज्यान गुमाएका छन्।
भारतमा कूल संक्रमित ४ लाख ४० हजार ४ सय ५० पुगेको छ। यीमध्ये १४ हजार १५ जनाको मृत्यु भएको छ।
बेलायतमा कोरोना ३ लाख ५ हजार २ सय ८९ जना संक्रमित पुगेका छन्। जसमध्ये ४२ हजार ६ सय ४७ जनाको मृत्यु भएको छ।