काठमाडौँ । नेपालमा आज ६२९ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएपछि कूल संक्रमितको संख्या १० हजार ७२८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित ‘प्रेस ब्रिफिङ’मा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थप ६२९ जनामा कोरोनाको संक्रमण देखिएको बताएका छन् ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार, बुधबार १ सय १० जना महिला र ५ सय १९ जना पुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।
बुधबारसम्म पीसीआर विधिबाट ६ हजार ८ सय २८ र आरडिटी विधिबाट १२ हजार १ सय १२ जनाको कोरोना परीक्षण गरिएको छ । अहिलेसम्म पीसीआर परीक्षणको संख्या १ लाख ९३ हजार १ सय ९४ पुगेको छ ।
आरडिटी विधिबाट २ लाख ८३ हजार ६ सय ९६ जनाको परीक्षण भएको छ । बुधबार १ सय १४ जना संक्रमित डिस्चार्ज भएसँगै अहिलेसम्म २ हजार ३ सय ३८ जना संक्रमित निको भएर घर फर्किएका छन् ।
अहिले देशका विभिन्न अस्पतालमा ८ हजार ३ सय ६६ जना उपचाररत रहेका छन् । क्वारेन्टिनमा ७८ हजार ६ सय ३९ जना रहेका छन् । अहिलेसम्म कोरोनाबाट २४ जनाको मृत्यु भएको छ ।
त्यस्तै नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको कुल संख्या २४ रहेको छ । नेपालमा कोरोनाभाइरस संक्रमणबाट निको हुनेको संख्या दुई हजार ३३८ पुगेको छ । पछिल्लो २४ घन्टामा ११४ जना ‘डिस्चार्ज’ भएका छन्।
अहिलेसम्म ७७ मध्ये ७६ जिल्लामा कोभिड-१९ पुगेको पुष्टि भएको छ।