खड्क सुनार
मुगु । छायाँनाथ रारा नगरपालिका जिल्लाको एक मात्रै नगरपालिका हो । जिल्ला सदरमुकाम गमगढी क्षेत्रको नगरपालिका भएपछि यसको वजन र सान अँझै बेग्लै छ ।
नयाँ संविधानले स्थानीय तहलाई कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको अधिकार समेत दिएपछि थप ओजनदार भएका स्थानीय तहका प्रतिनिधिहरु बेर्फुसदिला मात्रै होइन् उनीहरुको जीवनशैली नै फरक भएको छ । वर्षको एक पटक नीति तथा कार्यक्रम र बजेट सार्वजनिक कार्यक्रम भनेपनि झन त्यसको महत्व र स्थानीय जनप्रतिनिधिको व्यस्तता हुने नैं भयो ।
वर्षभरीका कार्यक्रमहरु सार्वजनिक गर्ने ऐतिहाँसिक दिनलाई भव्य बनाउने काममा सबै नगरवासी तल्लीन रहने भएपछि आफू नैं नराम्रो समाचारको शिकार बनुला भन्ने कस्लाई पोलाग्छ र ? तर बिडम्बना बिहिबार विकट हिमाली जिल्ला मुगुको छाँयानाथ रारा नगरपालिकाका प्रमुख हरिजंग शाहीलाई त्यस्तै भयो ।
सदरमुकाम स्थित अनुशा होटेल एण्ड लजको सभाहलमा नगरपालिकाको सातौ नगरसभा उद्घाटनका लागी तय भएको थियो ।
देशका तीनै तहमा झण्डै दुई तिहाईको सरकार सञ्चालन गरेको नेपाल कम्युनिस्ट पार्टी भएपनि छायानाथ रारामा ठिक उल्टो छ । त्यहाँ प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका तर्फबा प्रमुखले निर्वाचन जितेर आएका छन् । गाउँ सभा र कार्यपालिकामा केही अल्पमत भएपनि प्रमुखका हिसाबले काम गर्दा सधैंै नगरका हरेक काममा विवाद र किचलो छायानाथ राया नगरपालिकाक लागि सामान्य जस्तै हो । संविधानमै स्थानीय तहले असार १० गते नीति तथा कार्यक्रम सार्वजनिक गर्ने व्यवस्था भएपनि छायानाथ राराले विविध समस्याका वावजुत बिहिबार अर्थात ११ गते आफ्नो आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम तय गरेको थियो ।
नगर कार्यपालिकामा समेत खासै सहमती नभएपछि तय भएको कार्यक्रमको उद्घाटन सत्र असन्तृष्ट सदस्यहरुको नाराबाजी विच शुरु भएको थियो । तरपनि नगरप्रमुख हरिजंग शाहीले दियोमा बत्ती बालेर उद्रघाटन गरे ।
शुरुमा जतिसुकै विवाद भएपनि औपचारिक सत्र शुरु भएपछि खासै अप्रिय घटना होलान भन्नेमा प्रमुख शाही र प्राय कर्मचारीलाई पनि लागेको थिएन् । उद्घाटन गर्न प्रमुख शाहीले वत्ति बालिरहेके अवस्थामा बाहिरबाट खुर्सानीको धुलो प्रहार भयो ।
नगरप्रमुख हरिजंग शाहीले दियो बालेर उद्घाटन गदै गर्दा असन्तुष्ट पक्षका नगर कार्यपालिकाका सदस्य कर्ण कुलालले नगर प्रमुख माथी खुसार्नीको धुलो प्रहार गरे । नगरप्रमुखलाई लक्षित गरि खुसानी प्रहार गरेपनि खुसानीको धुलो सुरक्षार्थ खटिएका सुरक्षाकर्मी र कर्मचारीलाई पनि परेको थियो । औपचारिक कार्यक्रममै प्रमुखमाथि धुलो प्रहार भएपछि वातावरण निकै तनावग्रस्त मात्रै भएन एकआपसमा भौतक रुपमै हातहालहालको अवस्था सृजना भयो ।
स्थानिय सरकार संचालन ऐन २०७४ विपरित विषयगत समितीहरुको बैठक बसाली आधीजसो वडाहरुका योजनाहरु नगरपालिकामा पेश नहुदै नगरसभा बोलाएको आरोप लगाउदै नगरपालिकाकाका ७ वटा वडाका वडा अध्यक्ष सहित ३७ जना नगर कार्यपालिका सदस्यहरुले प्रकृगत रुपमा गएर नगरसभा गर्न माग गर्दै नाराबाजी गरे । असन्तृष्ट पक्षले नाराबाजी गरेपनि मेयर पक्ष सदस्यहरुको तालीका विच नगरप्रमुखले सदरमुकाम गमगढीमा रहेको अनुशा टप होटेलको सभाहलमा नगरपालिकाको सातौ नगर सभाको उद्घाटन गरेपछि अवस्था अप्रिय बन्न पुगेको असन्तुष्ट पक्षले बताएको छ ।
नगर कार्यपालिकाको बैठकमा नै विवाद बढ्दै गएपछि असन्तृष्ट पक्षका मागलाई लिएर हिजो (बुधबार) विहान देखि प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार निरौला र प्रहरी नायव उपरिक्षक भुवनेश्वर प्रसाद साहको आग्रहमा जिल्ला प्रशासन कार्यालयमा दिउसो १ बजेसम्म सहमतीका लागी बैठक बसेको थियो । १ बजे नेपाली काँगे्रसका जिल्ला सभापती खड्क बहादुर शाही र नेकपाका स्थानिय नेताहरु मंगलबहादुर शाही र धर्मबहादुर शाहीको उपस्थितीमा नगरप्रमुखले सातौ नगरसभा उद्घाटन गर्ने र सभाले आगामी २५ गते पुनः सभा बैठक बोलाउने र यस विचको समयमा सबै नगरसभा सदस्यहरु विच सहमती गर्ने निर्णय भएर नगरसभा उद्घाटन गर्ने एक प्रकारको सहमती भएको थियो । तर नगरसभा उद्घाटन स्गथमा गएर असन्तुष्ट पक्षले सहमतीको उलंघन गदै असन्तृष्ट पक्षले अवरोध र नाराबाजी गरेको नगरप्रमुख हरिजंग शाही पक्षको आरोप छ ।
यता असतुष्ट पक्षले मेयर शाही संधै आफना सदस्यहरुलाई प्रलोभनमा पारेर आफनो बहुमत जुटाई आफनो स्वार्थ पुरा गर्दै गएको आरोप लगाउँदैं आएको छ । असन्तुष्ट पक्षको नेतृत्व गरेकी नगरकी उपप्रमुख सुन्तलाा रोकायाले नेपालबोटसँग भने, शुरुदेखि नैं यो पटक हामी सहमती, सहकार्य र समझदारीमा नगरसभा गरौ भन्दा पनि सहमती नगरेर प्रमुख शाहील्े बल मिचाई बाट नगरसभा उद्घाटन गरेपछि अवस्था अप्रीय बनेको हो ।
खुसानी प्रहार गर्ने कार्यपालिका सदस्य कुलाललाई प्रहरीले नियन्त्रणमा लिएकोे छ ।