सुर्खेत । नेपालको स्वास्थ्य क्षेत्रको सुधारका लागि सत्याग्रहको शुरुवात गरेको डा. गोविन्द केसी अहिले हुम्लाका नागरिकको निशुल्क स्वास्थ्य परिक्षणमा तल्लीन छन् ।
देश कोरोना भाइरसको संक्रमणले लकडाउन (बन्दाबन्दी) को अवस्थामा भएपछि बिहिबार हुम्लाको ताँजकोट गाउँपालिका पुगेका डा. केसी स्थानीय मैला स्वास्थ्य चौकीमा बसेर बिरामीहरुकाने निशुल्क चिकित्सकिय परिक्षण गरिरहेको स्वास्थ्यचौंकी इन्चार्ज ढकाललेधनराज जानकारी दिए ।
चालामो समयदेखि दुर्गमका बस्तीहरु उपचारमा खटिएका डा. गोविन्द्र केसी हुम्ला पुगेको छन् । सुदुरपश्चिमको बाजुराबाट दुई दिन हिडेर हुम्लाका बिरामीको उपचार गर्न हुम्ला पुगेका हुन् ।
‘बाजुराको मार्तडीबाट पैदल हिँडेर बिहिबार हाम्रो (मैला) स्वास्थ्य चौकीमा पुग्नु भएका डा. केसीले आज (शुक्रबार) देखि दुई दिनसम्मका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्नु भएको छ’, स्वास्थ्य चौकी इन्चार्ज ढकालले नेपालबोटसँग भने, ‘स्वास्थ्य शिविरमा डा. केसीले पहिलो दिन आज हड्डी तथा हाडजोर्नी सम्बन्धी स्वास्थ्ष्य परिक्षण गर्नु भएको छ ।’
शनिबार स्वास्थ्य परिक्षण गर्न बाँकी रहेका ताँजकोट गाउँपालिकाका नागरिकको स्वास्थ्य परिक्षण सकेर आइतबारदेखि अदानचुली गाउँपालिकामा जाने योजना डा. केसीको रहेको डा. केसीलार्य उदृत गर्दै स्वास्थ्य चौकी इन्चार्ज ढकालले जानकारी दिए । स्वास्थ्य उपचार सेवाबाट बञ्चित दुर्गमका जनतालाई सेवा प्रदान गर्न डा. केसी औषधि बोकेर आफै विभिन्न ठाउँ पुग्ने आफ्नो योजना अनुसार केसी हुम्ला र बाजुराको सिमानामा रहेका दुर्गम गाउँ पुगेका हुन् ।
हरेक शिसाबले हुम्लाको सदरमुकाम सिमकोटदेखि निकै विकट पालिकाका रुपमा रहेका अदानचुली र ताँजकोटका बिरामीको निःशुल्क स्वास्थ्य परिक्षण गरेपछि डा. केसी पैदलबाटोबाटै बाजुरा हुँदै फर्किने कार्यक्रम रहेको बताइएको छ ।
ताँजकामेटको मैला स्वास्थ्य चौकीमा बिरामीको निःशुल्क स्वास्थ्य परिक्षणपछि डा. गोविन्द केसी ।