सुर्खेत। हरेक दिन निकै धेरैको संख्यामा फैलिदैं गएको कोरोना संक्रमितको संख्या कर्णालीमा १४३३ पुगेको छ ।
शुक्रबारमात्रै २६ जनामा नयाँ कोरोना संक्रमित थपिएका छन् । प्रदेश अस्पताल/पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा २६ जना नयाँ संक्रमित फेला परेका हुन् ।
प्रदेश अस्पतालरपशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेत गरिएको परीक्षणमा २३ जनाको पोजेटिभ आएको र ती मध्ये सुर्खेत जिल्लाका १२ जना, दैलेख जिल्लाका ५ जना, सल्यान ३ जना, जाजरकोट र मुगु जिल्लाका १/१ रहेका कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयअन्र्तगतको स्वास्थ्य महाशाखाका प्रमुख डा.लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।
त्यस्तै, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा कोरोना पुष्टी भएका ३ जनामध्ये जुम्ला, काठमाडौं र सुर्खेत जिल्लाका १/१ जनामा कोरोना संक्रमण देखिएको प्रमुख डा।लक्ष्मीनारायण तिवारीले बताए । ‘कर्णालीका यो सँगै कोरोना संक्रमितको संख्या १४३३ पुगेको छ ।’ उनले भने, ‘परीक्षणको दायरा बढाएका कारणले संक्रमितको संख्या पनि बृद्धि भएको हो ।’
त्यस्तै, दैलेख अस्पताल र नारायण नगरपालिका आइसोलेसनबाट ९ जना, सुर्खेतको सिम्ता गाउँपालिकाको आइसोलेसनबाट १ जना, सुर्खेतको चिङ्गाड गाउँपालिकाको आइसोलेसनबाट ११ र सुर्खेतको मेहलकुना अस्पतालबाट ७ जना गरि २८ जनाले कोरोना संक्रमण जितेको डा। तिवारीले जानकारी बताए । ‘यो सँगै कर्णालीमा कोरोना जित्नेको संख्या ७२० पुगेको छ ।’ उनले भने,‘आज संक्रमितभन्दा जित्नेको संख्या बढेको छ ।’