एजेन्सी । चीनले तयार गरेर कोरोना भाइरस (कोभिड १९) विरुद्धको अर्को भाइरसको परिक्षण प्रभावकारी र सुरक्षित देखिएको छ।
समाचार संस्था रोयटर्सका अनुसार चाइना नेशनल बायोटेक ग्रुप (सिएनबिजी) ले मानिसमा गरिएको दोस्रो चारणको क्लिनिकल रिजल्ट पनि सार्वजनिक गरेको छ ।
कम्पनीले क्लिनिकल ट्रायलमा भ्याक्सिन सुरक्षित र प्रभावकारी देखिएको छ । यसअघि चाइना नेसनल फार्मास्युटिकल ग्रुप सिनोफर्मले तयार गरेको भ्याक्सिन सफल भएको थियो । उक्त भ्याक्सिन आउँदो मंगलबार चीनको बेइजिङ, वुहान र संयुक्त अरब इमिरेट्स ९युएई०मा तेस्रो चरणको क्लिनिकल ट्रायल हुँदैछ ।
सिएनबिजीले तयार गरेको भ्याक्सिन सफलता प्राप्त गर्ने दोस्रो हो । संसारमै सफलता प्राप्त गर्ने यो दोस्रो र यसअघि पनि सिनोफर्मको भ्याक्सिन पहिलो हो । संसारभर १३ कम्पनीले कोरोनाविरुद्धको भ्याक्सिन बनाइरहेका छन् । त्यसमध्ये चिनियाँ ५ कम्पनीले ८ वटा कोरोनाविरुद्धको भ्याक्सिन उत्पादन थालेका छन् । अहिलेसम्मको परीक्षणमा चिनियाँ दुईवटा कम्पनी सबैभन्दा सफल देखिएका छन् ।
सिएनबिजीले समाजिक सञ्जाल वीच्याटमार्फत पहिलो र दोस्रो चरणको क्लिनिकल ट्रायलमा १ हजार १ सय २० जनामा परीक्षण गरिएको र भ्याक्सिन प्रभावकारी तथा सुरक्षित रहेको जानकारी दिएको छ । भ्याक्सिन परीक्षण गरिएका व्यक्तिमा कोरोनाविरुद्धको एन्टिबडी उच्च मात्रामा उत्पादन भएको पाइएको छ ।
चिनियाँ वैज्ञानिक र कम्पनीले विभिन्न ८ वटा भ्याक्सिन बनाउने अनुमति प्राप्त गरेका छन् । यी सबैले मानिसमा प्रयोगको चरणमा भ्याक्सिन पुराएका छन् । अहिलेसम्मको अवस्था हेर्दा चीन सबैभन्दा धेरै अगाडि देखिएको छ । अमेरिका र बेलायती कम्पनी भन्दा पनि चीन भ्याक्सिनको क्षेत्रमा धेरै अगाडि गएको छ ।
सिएनबिजीले तेस्रो चरणको क्लिनिकल ट्रायलमा हजारौँ व्यक्तिमा परीक्षणको तयारी गरेको छ । विभिन्न देशसँग साझेदारी गरेर भ्याक्सिन तयार गर्ने कम्पनीको तयारी छ । तेस्रो चरणको नतिजा अनुसार भ्याक्सिनलाई बजारमा लैजान भौतिक संरचना बनाउन चिनियाँ कम्पनी लागी परेको छ ।